Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

चिहान भएको गुफामा भेटियो प्राचीन भट्टी र मदिरा

अनुसन्धानकर्ताहरूले इजरेलको हाइफास्थित एउटा प्रागैतिहासिक गुफामा मदिरा बनाउने सबैभन्दा पुरानो भट्टी फेला पारेका छन् ।

त्यहाँ १३ हजार वर्षअघि अन्न कुहाएर बनाइएको मदिराको अंश पनि भेटिएको छ । अर्धफिरन्ते सिकारीहरूको चिहानको अध्ययन गर्ने क्रममा त्यहाँ प्राचीन भट्टी भेटिएको हो । यसअघि पाँच हजार वर्षदेखि मात्र अन्न कुहाएर मदिरा बनाउन थालिएको भन्ने मान्यता थियो । तर यो नयाँ प्रमाणले मदिराको इतिहासमा परिवर्तन हुने देखिन्छ । रोटी बनाउँदा मात्रै मदिराको उत्पादन हुन्थ्यो भन्ने पुरानो मान्यतालाई पनि यसले फेरिदिनेछ । तर अनुसन्धानकर्ताहरूका अनुसार रोटी पहिला कि मदिरा पहिला बनाउन थालिएको हो त्यो भन्न चाहिँ गाह्रो छ । \'जर्नल अफ आर्किअलजिकल साइन्स: रिपोर्ट्स\' को अक्टोबर अङ्कमा प्रकाशित लेखमा मदिरा मृतकको सम्मानमा आयोजना हुने भोजका लागि बनाइने गरेको तर्क गरिएको छ । \"यो मानवनिर्मित सबैभन्दा पुरानो मदिरा भएको प्रमाण हो,\" अनुसन्धानको नेतृत्व गरेकी स्यान्फर्ड विश्वविद्यालयकी प्राध्यापक ली लिउले स्यान्फर्ड न्यूजलाई बताइन् । लिउका अनुसार अनुसन्धानकर्ताहरूले अहिले ती नटुफियन मानिसहरूले कस्ता वनस्पति खान्थे भनेर खोजी गर्दैछन् । नटुफियनहरू पुरापाषाणयुगदेखि नवपाषाणयुगसम्म अस्तित्वमा थिए । अनुसन्धानकर्ताहरूले गहुँ र जौबाट बनेको मदिराका अंश गुफाभित्र ढुङ्गाको सतहमा बनाइएका खोबिल्टामा भेटेका थिए । त्यही अंशको वैज्ञानिक विश्लेषण गरिएको थियो । साठी सेन्टिमिटरसम्म गहिरा ती खोबिल्टाहरू ओखलका रूपमा, अन्नपात भण्डार गर्न, ओट, दाल एवम् बोटबिरुवाबाट सङ्कलित रेसा जस्ता सामग्री पिस्न र पकाउन प्रयोग गरिन्थ्यो । प्राचीन मदिरा लेदो हुन्थ्यो। हिजोआज उत्पादन गरिने बियरभन्दा यो धेरै भिन्न देखिन्थ्यो भन्ने आकलन गरिएको छ । अनुसन्धानटोलीले प्राचीन मदिराजस्तै पदार्थ बनाएर गुफामा भेटिएको अवशेषसँग तुलना गरेको छ । त्यसका लागि अन्नलाई उमारेर त्यसबाट माड बनाइयो र पिसिएको लेदोलाई तताइयो। त्यसमा यिस्टयुक्त मर्चा हालेर फर्मेन्टेशन गराइयो । त्यो प्राचीन मदिरा भने आधुनिक बियरभन्दा सम्भवत: दुर्बल थियो । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE