Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

जीवित भेटिने आस मरेको छैन अझै

स्याफ्रु (रसुवा), वैशाख १२ को महाभूकम्प र त्यसपछिका अनुकम्पनले उनलाई पटक–पटक झस्काइरहन्छ। भूकम्पका प्रत्येक धक्कासँगै आफन्त नभेटाउदाँको पीडाले उनको मन काप्न थाल्छ। भूकम्प जानु सात दिनअघि घरबाट हिँडेका थुमन– ६ का फुर्पा तामाङ लाङटाङको हिमपहिरोमा बेपत्ता भएको महिना दिन बित्यो। पहिरो खस्यो भन्ने मात्र सुनेकी आमा रोप्पाले छोरो जीवितै भेटिने आसा मारेकी छैनन्। ‘महाभूकम्पको महिना दिन बित्यो, लास भेटिएको छैन, छोरो जीवितै फर्किएला भन्ने आस छ ।’ उनले भनिन्। छोरा खोज्न जान लाग्दा उनलाई गाउँलेले रोके। गाउँलेले छोरो जिउँदो छ भने पनि यत्तिका दिनसम्म नआउँदा उनको मन आत्तिएको छ। उनी छोरो पुरिएको ठाउँसम्म हेर्न जान चाहन्छिन् तर सबैले नजान अनुरोध गरिरहेका छन्। ‘लास भेटिएको भए पनि मन सम्हाल्ने ठाउँ हुन्थ्यो तर कुनै सुइँको नपाउँदा मनभित्र पीडाको आगो दन्किरहेछ’ उनी भन्छिन्। छोरो पहिरोमा पर्यो भन्ने सुनेदेखि उनका आँखा ओभाएका छैनन्। प्रष्टसँग बोल्न पनि सक्दिनन्। कोही भेटे छोराको खबर के छ भनेरसोध्छिन्। छोरा खोज्दै उनी पटक–पटक जिल्ला प्रशासनसम्म पनि पुगिन् तर हिमपहिरोको खतरा देखाएर जान सम्भव नभएको जवाफमात्रै पाइरहिन्। थुमनबाट चार घन्टा हिँडेर स्याफ्रु आइपुगेकी उनी छोरो खोजिदिन सबैसँग हारगुहार गरिरहेकी छन्। थुमन– ७ कै सोनाम वाङ्दी लामा पनि हिमपहिरोमा हराइरहेका भाइ खोज्दै भौंतारिएका छन्। लाङटाङ पहिरोमा पुरिएका भाइ मिङमार ग्याल्जेनको अवस्था थाहा पाउन उनी आतुर छन्। तर, प्रशासनले सुरक्षाको कारण देखाउँदै उनलाई लाङटाङ जान दिएको छैन। थुमनका मात्रै चारजना हिमपहिरोमा बेपत्ता छन्। तीमध्ये थुमन– ३ का सिङ्गे घले र थुमन– ७ का फुर्पुतर्के तामाङको अहिले सम्म अत्तोपत्तो छैन। परिवार गुमाउँदाको पीडाले मन भतभती पोलिरहेछ लाङटाङका निमा तामाङलाई। ‘दुःख बिसाउने ठाउँसम्म छैन, सबै आफैंजस्तै छन्,ु उनले भने। श्रीमती र आमा–बाबुको अझै अत्तोपत्तो छैन। १४ वर्षीय छोरा छिरिङ र १२ वर्षीया छोरी उनको आडभरोसा छन्। नेपालीमात्रै होइन, विदेशीहरू पनि आफन्तको खोजीमा रसुवा आएर फर्केका छन्। अप्रिल २३ मा तामाङ सम्पदा मार्ग हुँदै लाङटाङ पुगेका बेल्जियमका २४ वर्षीय फान्कोइस उरवानी पहिरोमै बेपत्ता छन्। ‘लाङटाङ जाँदैछु भनेर २३ अप्रिलमा खबर गरेको थियो’ फान्कोइसका दाजु हरमाइन उरवानीले भने । त्यहाँदेखि सम्पर्क छैन। भाइ खोज्न लाङटाङ जाने योजना बनाएर आएका उनले त्यहाँ जाने अनुमति पाएनन्। ‘भाइ खोज्नका लागि मैले नेपाल सरकारसँग अनुमति मागेँ तर दिएनन्’ उनले भने, ‘हिमपहिरो बगिरहेको छ, खतरा छ भनेपछि रित्तोहात फर्कंदैछु।’ उनीजस्तै थुप्रै विदेशी नागरिक आफन्तको खोजीमा दिनहुँ रसुवा आइरहेका छन्। तर प्रशासन र प्रहरीले सुरक्षाको कारण देखाउँदै लाङटाङ जान रोक लगाइरहेको छ। पटक पटकको अनुकम्पनले हिमाल हल्लिरहेकाले पहिरो जाने क्रम जारी छ। जोखिम मोलेर केही शव निकालिए पनि धेरैको खोजी हुन सकेकै छैन। आजको नागरिक दैनिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending