नेपालगञ्ज, बाँके, ४ असोज । सार्वजनिक यातायातका चालकको आन्दोलनका कारण भारतबाट स्वदेश फर्कंदै गरेका यात्रु नेपालगञ्जमा अलपत्र परेका छन् । भारतमा रोजगार गरी पर्व मनाउन घर फर्कंदै गरेका प्रदेश नं ५ र कर्णाली प्रदेशका पहाडी जिल्लाका सर्वसाधारण तीन दिनदेखि नेपालगञ्जमा अलपत्र परेका हुन् । नेपालगञ्ज बसपार्कमा बस चल्ने आशामा यात्रु दिनभर धाउने गरेका छन् । बस सञ्चालन नहुँदा घर जान नपाएको जाजरकोट भेरीगङ्गा नगरपालिकाका शिवकुमार वलीले बताए । भारतबाट घर जाने र उपचारका लागि नेपालगञ्ज आएका सर्वसाधारण गाडी नचलेका कारण अलपत्र परेको वलीले जानकारी दिए। सार्वजनिक यातायात सञ्चालन नगरेर घरमै थन्काउँदा सयौँको सङ्ख्यामा यात्रु गन्तव्यमा पुग्न नसकेर नेपालगञ्जमै अलपत्र परिरहेको भेरी अञ्चल यातायात व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष शोभाखर पौडेलले बताए । चालक र मालिक आफैँ भएका सार्वजनिक बस फाट्टफुट्ट सञ्चालनमा आए पनि अन्य बस सञ्चालन गर्न चालकले नमानेको उनले बताए । दिनभर यात्रुलाई जम्मा गरे पनि अन्तिममा चालकले गाडी चलाउन इन्कार गर्ने गरेको पौडेलको भनाइ छ । सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै असोज १ गतेदेखि चालक आन्दोलित भएका हुन् । नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिको बन्द आह्वान भनिए पनि नेपालगञ्जमा आन्दोलन नेतृत्वविहीन छ । “यहाँ कसैले चला वा नचला भन्ने भन्दापनि स्वस्फूर्तरुपमा बन्द भएको छ । केन्द्रबाट पर्चा, पम्प्लेट बाँडेकाले नचलाएका हुन्”, चालक इन्द्र थापाले भने । मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ चालकमैत्री नभएकाले चालकहरु आन्दोलनमा उत्रिनु परेको उनले बताए। भेरी यातायात प्रालिका महासचिव उमेश गुरागार्इंले सार्वजनिक यातायातका चालकको आन्दोलनका कारण पर्वको मुखमा व्यवसायी पीडित भएको बताए । यात्रुको चाप हुने बेला गरिएको आन्दोलनले यात्रुसँगै व्यवसायीसमेत पीडित हुनु परेको उहाँको भनाइ छ । व्यवसायी र सङ्घ–संस्थासँग समन्वय नगरी गरिएको चालकको आन्दोलन निष्कर्षमा पुग्न कठिन देखिएको उनले बताए । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...


प्रतिकृया लेख्नुहोस्: