Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

प्रधानमन्त्रीको भारत भ्रमण स्थगित

काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालाले यसै महिनाको अन्तिम साता गर्ने भनिएको भारत भ्रमण स्थगित भएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–नयाँदिल्लीस्थित दक्षिणएसियाली विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने क्रममा प्रधानमन्त्री कोइराला भारत जान लागेका थिए। विश्वविद्यालयले अन्तिम समयमा आएर दीक्षान्त कार्यक्रम नै स्थगित गरेपछि प्रधानमन्त्रीको भारत भ्रमण रोकिएको हो। प्रधानमन्त्रीको भ्रमण औपचारिक बनाउन नेपाल र भारत सरकारबीच गृहकार्य भए पनि अन्तिम समयमा आन्तरिक कारण देखाउँदै विश्वविद्यालयले समारोह एक वर्षका लागि सारेको हो। प्रधानमन्त्री कोइराला जेठ २५ गते भारत जाने तय भएको थियो। प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले भने देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र महाभूकम्पपछिको राहत व्यवस्थापनमा सरकार लागेका कारण प्रधानमन्त्रीको भारत भ्रमण स्थगित भएको दाबी गरे। ‘नयाँ सरकारबारे अहिले दलहरूबीच छलफल जारी छ। प्रधानमन्त्रीज्यू यही सरकारलाई राष्ट्रिय सहमतिको स्वरूप दिने पक्षमा हुनुहुन्छ। त्यसैगरी महाभूकम्पपछिको राहत बाँड्ने कामले समेत पूर्णता पाइसकेको छैन। यी दुई कुरालाई हेरेर प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणको टुंगो हुन नसकेको हो’ भट्टराईले भने। भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले दक्षिणएसियाली विश्वविद्यालयको दीक्षान्त समारोह स्थगित भएको जानकारी आएको बताए। उनले भने, ‘दीक्षान्त स्थगन भएसँगै प्रधानमन्त्रीज्यूको भारत भ्रमणको अर्को मितिबारे गृहकार्य भइरहेको छ।’ राजदूत उपाध्यायले प्रधानमन्त्रीको औपचारिक भारत भ्रमणबारे छलफल जारी रहेको बताए पनि सल्लाहकार भट्टराईले भने त्यसबारे अनविज्ञता प्रकट गरे। ‘प्रधानमन्त्रीज्यूले औपचारिक भ्रमण नै गर्ने कि भन्ने हाम्रो सोचाइ थियो र गृहकार्य पनि भएको थियो। तर अब नयाँ भ्रमण कहिले भन्ने निश्चित छैन ।’ भट्टराईले भने। भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले समेत प्रधानमन्त्रीको अर्को भ्रमण मितिबारे निक्र्योल भइनसकेको बताए।प्रधानमन्त्री कोइरालालाई जेठ २९ गतेका लागि निर्धारित दक्षिणएसियाली विश्वविद्यालयको दीक्षान्त समारोहमा अतिथिका रूपमा निमन्त्रणा गरिएको थियो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending