Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कांग्रेसका नेताले भने –माओवादीको पूनर्निर्माणको कामबाट चकित छौ

दोलखा, एकिकृत नेकपा माओवादीको श्रम शिविर अन्तर्गत दोलाखामा जिलुको सर्व माध्यामिक विद्यालय पुगेको थियो । एमाओवादी नेता तथा पुर्व उपप्रधानमन्त्री नारायणकाजी श्र्रेष्ठको नेतृत्व तथा वाइसिएलका अध्यक्ष गणेशमान पूनको फिल्ड कमाण्डमा करिब ७० जनाको टोलीले सर्व माध्यामिक विद्यालयको नौ कोठे भवन निर्माण गर्र्यो । वाइसिएल, विद्यार्थी, भोजापुराको माओवादी टोली तथा जिल्लाका स्थानिय माओवादीहरुले ४ दिन लगाएर नौ कोठे विद्यालय भवन निर्माण गरे । माओवादी विद्यार्थी संगठनका कार्यरत इन्जिनियरहरुका अनुसार ५ वर्षसम्म टिकाउ हुने भवन हो त्यो । विहिबार भवन हस्तान्तरण कार्यक्रममा जिल्लाका जिल्ला प्रशासन अधिकारी प्रेमलाल लामिछाने, जिल्ला शिक्षा अधिकारी लोक बहादुर लोप्चन, कांग्रेसका जिल्ला सचिव केशव चौलागाई, राप्रपाका क्षेत्रिय अध्यक्ष विष्णु श्र्रेष्ठ लगायतहरु कार्यक्रममा पुगे । \"dolkha2\"स्थानियहरु खुशिले गदगद थिए । यसपुर्व नै माओवादीको टोलीलाई स्थानियहरुले खुशि हुँदै खशि काटेर ख्वाएको समाचार आइसकेको छ । केही समय नाचगान गरे । हस्तान्तरण तथा बिदाई कार्यक्रम चल्यो । जिल्ला अधिकारी लामिछाने, जिल्लाशिक्षा अधिकारी लोप्चन लगायतले धन्यवाद दिए । दूबैले धन्यवाद भन्दा राम्रो शब्द खोजीरहेका झै गरे । तर भेट्टाएनन्– फेरी धन्यवाद दिए । कांग्रेस नेता चौलागाइ बोल्न थाले । बोल्न बिचैमा रोकेर खल्तीको खादा झिके अनि मन्चमा बसिरहेका वाइसिएलका अध्यक्ष तथा माओवादीका पोलिटव्यूरो सदस्य गणेशमान पूनलाई खादा ओढाए । अंकमाल गरे । फेरी बोल्न मन्चमा फर्किए । भने ‘हाम्रो पार्टीले पनि चार दिनमा यस्तो चमात्कार गर्न सक्दैन । हामी पनि गर्छौ तर यसरी गर्न सक्दैनौं । तपाईहरु साच्चिकै महान । युद्धबाट निर्माण भएका सेनाजस्तै । यो पुननिमार्णको नेतृत्व तपाईहरुलाई नै दिए हुन्छ ’ उनको खुशिको कुनै सिमा थिएन । अध्यक्ष पुन पट्टी फर्कर्दै कुरा राख्दै गरे । बोलीसकेपछि फेरी फर्किए र पुनलाई अंकमाल गरे । राप्रपा नेताको पालो आयो । उनले त झन हाकाहाकी भनिदिए ‘कम्युनिष्टहरु श्र्रममा विश्वास गर्छन, स्पातले बनेका हुन्छन् भनेर पढेको थिएँ । साच्चै आज जिलुमा देख्न पाइयो ।’ उनिपनि गदगद देखिए, थपे ‘यसले हाम्रो कम्युनिष्टहरुलाई बुझ्ने धारणा नै बदलियो’ । गणेशमान पुनले सबैलाई धन्यवाद दिए । भने ‘यो काम महान होइन, सेवा हो’ थपे ‘तपाईहरुको माया कहिल्यै भुल्दैनौ’ । र कार्यक्रम सकियो । यो पनि पढ्नुहोस्
माअाेवादीले विद्यालय बनाइदिएपछि दोलखाका स्थानीयले खुशी हुँदै खसी काटे   
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies