जापानमा ज्वालामुखी बिस्फोट: उच्च सर्तकता अपनाउन आग्रह
जेष्ठ १५ गते, २०७२ शुक्रवार 29th May, 2015 Fri१६:१८:४७ मा प्रकाशित
टोकियो, जापानमा शुक्रबार बिहान ज्वालामुखी बिष्फोटन हुँदा करिब १०० मानिसहरुलाई स्थानान्तरण गरिएको छ । जापानको दक्षिणी भाग कुचिनोइराबुमा अवस्थित एक टापुमा ज्वालामुखी बिस्फो.टन भएको हो ।
घटनापश्चात् जापानको जल तथा मौसम विभागले खतराको जानकारी दिँदै टापुमा बस्दै आएका १४० बासिन्दालाई स्थानान्तरणको आदेश दिएको छ ।
ज्वालामुखीले अहिलेसम्म केही पनि भौतिक र मानवीय क्षती नपुर्याएको विभागले जानकारी दिएको छ । स्मरण रहोस्, ८ महिना अघि मध्य जापानमा भएको ज्वालामुखी बिस्फोटनमा कम्तीमा पनि ५७ को मृत्यु भएको थियो ।
ज्वालामुखीबाट निस्केको पाइरोक्ल्याष्टिकको बहाव, ढुङ्गाको बाक्लो धारा र तातो हावा टापुको उत्तर पश्चिम किनारामा पुगेको विभागले जानकारी दिएको छ ।
जापानी प्रधानमन्त्री सिन्जो एबेले आपतकालीन प्रतिक्रिया समूह खडा गरेको छ टापुमा बस्ने सबैलाई जसरी हुन्छ सुरक्षित गर्न आदेश दिएको बताएका छन् ।
उनले स्थानीयलाई उच्च सर्तकता अपनाउन पनि आग्रह गरेका छन् ।
स्रोतः दि गार्जियन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: