Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

अफगानिस्तानको तारिफ योग्य खेल, अफगानिस्तानसँग भारत बराबरीमा रोकियो

काठमाडौं। यूइएइमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको खेलमा भारत र अफगानिस्तानबिचको खेलमा बराबरी भएको छ । पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा २५२ रन बनायो । जवाफी ब्याटिङ गरेको भारतले ४९ ओभर पाँच बलमा २५२ रन बनायो । अफगानिस्तानको टिमले भारतलाई जित निकाल्न दिएन । अफगानिस्तानको बलिङ र ब्याटिङ दुवै उत्कृष्ट देखियो । भारतका लोकेश राहुलले ६० तथा अम्बाती रायडुले ५७ रन बनाए । यस्तै दिनेश कार्तिकले ४४ तथा रवीन्द्र जडेजाले २५ रन बनाए । भारतलाई अन्तिम ओभरमा सात रन चाहिएको थियो । स्पिनर राशिद खानले बलिङ गरिरहेका थिए । भारतका खलिल अहमद र रवीन्द्र जडे्जा क्रिजमा थिए । ओभरको दोस्रो बलमा जडेडाले चौका प्रहार गरे । अर्को बलमा जडेडाले नै एक रन लिए । त्यसपछि स्ट्राइक खलिललाई गयो । राशिदको चौथो बलमा खलिलले एक रन बनाए । पाँचौ बलमा जडेजा क्याच आउट भए । योसँगै खेलमा बराबरी भयो । अफगानिस्तानका आफताब आलम, मोहम्मद नबी र राशिद खानले दुई दुई विकेट लिए । यस्तै जावेद अहमदीले एक विकेट लिए। यसअघि ब्याटिङ गरेको अफगानिस्तानले ओपनर मोहम्मद शहजादको शतकको सहयोगमा ८ विकेटको क्षतिमा २५२ रन बनायो । शहजादले ११६ बलमा १२४ रन बनाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE