Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

प्रदेश ३ को १३ जिल्लामा सामाजिक विकास कार्यालय खोलिने

हेटौँडा । प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयले पारदर्शी कार्यपद्दति कायम गर्न आज पत्रकार सम्मेलन गर्दै दुई महिनाको प्रगति विवरणसहित प्रतिवेदन सार्वजनिक गरेको छ ।

मन्त्रालयको रु दुई अर्ब ९९ करोड ९८ लाख ६ हजारको वार्षिक स्वीकृत जम्मा बजेटलाई विभिन्न क्षेत्रमा विभाजन गरिएको छ । केन्द्र सरकार र मन्त्रालय सहितको कूल बजेट रु चार अर्ब २१ करोड ८५ लाख रहेको छ । जसअन्तर्गत स्वास्थ्य, सामाजिक विकास, शिक्षा, विविध कार्यक्रम तथा प्रशासनिकजस्ता क्षेत्रमा उक्त बजेट विभाजन गरिएको छ । छुट्याइएको बजेट तथा निर्माण गरिएका कार्यक्रमको त्रैमासिक रूपमा सार्वजनिक गर्ने गरेको प्रतिवेदन प्रस्तुतकर्ता सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनाराण पौडेलले जानकारी दिए । मन्त्रालयको वार्षिक कूल कार्यक्रम तथा सङ्घीय सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण गरिएका कार्यक्रमको बारेमा समेत जानकारी दिइएको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा प्रदेशस्तरीय प्रयोगशाला सम्बन्धी मापदण्ड निर्धारण, आर्र्युेवेदिक तथा वैकल्पिक चिकित्साको प्रदेशस्तरीय नीति तयार गर्ने जस्ता कार्य सम्पन्न गरिने सचिव पौडेलले बताए । त्यसैगरी पत्रकारको प्रश्नको जवाफमा सामाजिक विकासमन्त्री युवराज दुलाल सरदले प्रथम त्रैमासिक अवधिमा प्रदेश प्राविधिक शिक्षा परिषद् स्थापना र सञ्चालन गर्न बनेको विधेकको मस्यौदा तयार भई सदनमा पेश गरिएको जानकारी दिए । त्यसैगरी उनले स्वयम्सेवक परिचालन कार्यविधि निर्देशिकासमेत तयार भइसकेको बताए । मन्त्री दुलालले अबको दोस्रो त्रैमासिक अवधिमा द्वन्द्व प्रभावितको लागि स्वरोजगारमूलक तालीम सञ्चालन गरिने, आपतकालीन बाल उद्धार कोष सञ्चालन गर्ने, जिल्लास्तरीय रङ्गशाला निर्माण कार्यक्रमलगायतका धेरै कार्यक्रम गरिने बताए । साथै उनले प्रदेश नं ३ अन्तर्गत १३ जिल्लामा सामाजिक विकास कार्यालय खोल्ने तयारी भइरहेको र त्यहाँबाट शिक्षा, स्वास्थ्य कार्यक्रम सञ्चालन रेखदेख, नियन्त्रण गर्ने कार्य हुने बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending