Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

प्रदेश ३ को १३ जिल्लामा सामाजिक विकास कार्यालय खोलिने

हेटौँडा । प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयले पारदर्शी कार्यपद्दति कायम गर्न आज पत्रकार सम्मेलन गर्दै दुई महिनाको प्रगति विवरणसहित प्रतिवेदन सार्वजनिक गरेको छ ।

मन्त्रालयको रु दुई अर्ब ९९ करोड ९८ लाख ६ हजारको वार्षिक स्वीकृत जम्मा बजेटलाई विभिन्न क्षेत्रमा विभाजन गरिएको छ । केन्द्र सरकार र मन्त्रालय सहितको कूल बजेट रु चार अर्ब २१ करोड ८५ लाख रहेको छ । जसअन्तर्गत स्वास्थ्य, सामाजिक विकास, शिक्षा, विविध कार्यक्रम तथा प्रशासनिकजस्ता क्षेत्रमा उक्त बजेट विभाजन गरिएको छ । छुट्याइएको बजेट तथा निर्माण गरिएका कार्यक्रमको त्रैमासिक रूपमा सार्वजनिक गर्ने गरेको प्रतिवेदन प्रस्तुतकर्ता सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनाराण पौडेलले जानकारी दिए । मन्त्रालयको वार्षिक कूल कार्यक्रम तथा सङ्घीय सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण गरिएका कार्यक्रमको बारेमा समेत जानकारी दिइएको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा प्रदेशस्तरीय प्रयोगशाला सम्बन्धी मापदण्ड निर्धारण, आर्र्युेवेदिक तथा वैकल्पिक चिकित्साको प्रदेशस्तरीय नीति तयार गर्ने जस्ता कार्य सम्पन्न गरिने सचिव पौडेलले बताए । त्यसैगरी पत्रकारको प्रश्नको जवाफमा सामाजिक विकासमन्त्री युवराज दुलाल सरदले प्रथम त्रैमासिक अवधिमा प्रदेश प्राविधिक शिक्षा परिषद् स्थापना र सञ्चालन गर्न बनेको विधेकको मस्यौदा तयार भई सदनमा पेश गरिएको जानकारी दिए । त्यसैगरी उनले स्वयम्सेवक परिचालन कार्यविधि निर्देशिकासमेत तयार भइसकेको बताए । मन्त्री दुलालले अबको दोस्रो त्रैमासिक अवधिमा द्वन्द्व प्रभावितको लागि स्वरोजगारमूलक तालीम सञ्चालन गरिने, आपतकालीन बाल उद्धार कोष सञ्चालन गर्ने, जिल्लास्तरीय रङ्गशाला निर्माण कार्यक्रमलगायतका धेरै कार्यक्रम गरिने बताए । साथै उनले प्रदेश नं ३ अन्तर्गत १३ जिल्लामा सामाजिक विकास कार्यालय खोल्ने तयारी भइरहेको र त्यहाँबाट शिक्षा, स्वास्थ्य कार्यक्रम सञ्चालन रेखदेख, नियन्त्रण गर्ने कार्य हुने बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy