Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

एमाओवादी प्रस्तावमा जेठ मसान्तसम्म ओली यसरी बन्दैछन् प्रधानमन्त्री

काठमाडौं, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता डा. बाबुराम भट्टराईबीच शुक्रबार यसै महिनाको अन्त्यसम्म ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ– दुई पार्टीका शीर्ष नेताहरूबीच बालकोटस्थित ओली निवासमा शुक्रबार बिहान भएको छलफलअनुसार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा विपत्तिको सामना गर्ने क्षमता वर्तमान सरकारमा नरहेकाले राष्ट्रिय सहमतिको सरकार गठनका लागि मार्गप्रशस्त गर्न ओली र दाहालले प्रस्ताव गर्न आग्रह गरेका गरेका हुन् । महाविपत्तिको एक महिनासम्म सरकारले गरेको उद्धार र राहतकार्य यथोचित नभएको हुँदा वर्तमान नेतृत्व नै परिवर्तन गरेर संविधानसभामा प्रतिनिधित्व गर्नै सबै दल संलग्न राष्ट्रिय सहमतिको सरकारको विकल्प नरहेकोमा एमाले र एमाओवादीबीच एकमत बनेको छ। एमाओवादीका नेता भट्टराईले नेताहरूबीच नयाँ ढंगमा राष्ट्रिय विपत्तिको सामना कसरी गर्ने र त्यसका लागि राजनीतिक शक्ति सम्पूर्ण रूपमा नै एक गराउने भन्ने विषयमा गम्भीर छलफल भएको बताए। उनले भने, ‘एमाओवादीका लागि सरकार ठूलो कुरा होइन। मूल कुरा लामो समयदेखि थाती रहेको संविधान निर्माणलाई तीव्रता दिनु र पुनर्निर्माण तथा नवनिर्माणको विषयलाई केन्द्रमा राख्नु हो। यसका लागि राष्ट्रिय सहमतिको सरकार अपरिहार्य छ। सोही विषयमा ओलीजीसँग हाम्रो वार्ता भएको हो।’ राष्ट्रिय सहमतिका साथ मुलुकमा देखिएको विपत्ति सामना गर्ने क्षमता आफूहरूले प्रधानमन्त्री सुशील कोइरालामा नदेखेको भट्टराईले बताए। ‘यो महाविपत्तिमा परेका जनताको आत्मविश्वास जगाउने समय हो’ उनले भने, ‘यद्यपि सुशीलजीको लोकतन्त्रप्रतिको निष्ठामा भने शंका गर्न मिल्दैन।’ एमालेका एक वरिष्ठ नेताले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘यो महिनाको अन्तिमसम्ममा ओली प्रधानमन्त्री हुनेछन्। यसका लागि एमाओवादी नेतृत्वको प्रस्ताव आएको हो।’ कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठकमा ओली र दाहालले सोहीअनुसारको एजेन्डा प्रस्तुत गर्ने जानकारी उनले दिए। राष्ट्रिय विपत्तिले राष्ट्रिय एकताको आवश्यकता बढाएको सन्दर्भमा लचिलो भएर संविधानका अन्तरवस्तुमा समेत सहमति खोज्न सकिनेबारे छलफल अगाडि बढिरहेको उनले बताए। उनले भने, ‘भूकम्पबाट आएको विपत्तिको सामना, संविधान निर्माण र स्थानीय निर्वाचनसमेतका लागि ओली नेतृत्वको सरकार अघि बढाउने गरी विशेष गृहकार्य अन्तिम चरणमा पुगेको छ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending