अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीश पदमा राष्ट्रपति ट्रम्पले मनोनित गरेका ब्रेट क्याभानोले उनीविरुद्ध लागेका यौन आक्रमणका आरोपहरूको कडा खण्डन गरेका छन्।
सिनेटको सुनुवाइ समितिमा उनीमाथि आरोप लगाएकी क्रिस्टिन ब्लाजे फोर्डले पनि बयान दिएकी छन्। क्याभानोका कारण आफ्नो जीवनमा भयंकर असर परेको उनले बताइन्।के भनिन् फोर्डले ?
बयान दिने क्रममा क्रिस्टिन ब्लाजे फोर्डले विगतमा भएको घटना स्मरण गर्दै त्यतिखेर क्याभानोले उनको मुख थुनेर बलात्कारको प्रयास गर्दा आफ्नो ज्यानै जान लागेको जस्तो डर लागेको बताइन्। आँसु थाम्ने प्रयास गर्दै बोलेकी उनले त्यतिखेर आफू १५ वर्षकी भएको र त्यस्तो आक्रमण गर्ने शतप्रतिशत क्याभानो नै भएको बताइन्। क्याभानोले आफ्नो लुगा जबरजस्ती खोलिदिएको, ओछ्यानमा पल्टाइदिएको र दुर्व्यवहार गरेको भन्दै सो घटनाले जीवनभर प्रभाव पारिरहेको फोर्डले बताइन्।क्याभानोको जवाफ के थियो ?
क्याभानोले उनीमाथि लागेका आरोपहरूलाई आक्रोशपूर्ण रूपमा अस्वीकार गरे। क्याभानोले अन्य महिलाले लगाएका आरोप पनि अस्वीकार गरे। उनले भने, \"मेरो नाम र मेरो परिवार ध्वस्त पार्ने तपाईँको नियोजित अभियानले मलाई पाखा लगाउन सक्दैन। मेरो परिवारका विरुद्धको हिँसाको दुष्टतापूर्ण धम्कीले मलाई पाखा लगाउन सक्दैन। शायद अन्तिम मतदानमा म हारौँला। तर म मैदान छाडेर भाग्दिन।\" विपक्षमा रहेका मानिसहरूले आफ्नो मनोनयन रोक्न व्यापक अभियान गरेको उनले बताए। राष्ट्रपति ट्रम्पले उनको बयानलाई इमानदार भन्दै सिनेटलाई उनलाई अनुमोदन गर्न भनेका छन्।सुनुवाइ किन महत्त्वपूर्ण ?
ती बयानले अमेरिकाको सबभन्दा शक्तिशाली न्यायालयको स्वरूप एक पुस्ताकै निम्ति निर्धारण गर्न सक्छ। सिनेटको पूर्ण बैठकमा सो मनोनयनलाई मतदानमा लैजानु अघि उक्त समितिले त्यसको अनुमोदन गर्नुपर्छ। सो समितिको अर्को बैठक शुक्रवार बस्दैछ। तर समितिका सभापति रिपब्लिकन सिनेटर चक ग्रास्लेले अझै ढिलाइ हुन सक्ने संकेत दिएका छन्। समितिमा रहेका सबै १० जना डेमोक्र्याटिक सिनेटरहरूले चाहिँ राष्ट्रपति ट्रम्पलाई उक्त मनोनयन तत्काल फिर्ता लिन आह्वान गरेका छन्। आगामी महिना हुने संसदीय चुनाव अगाडि नै उक्त मनोनयन अनुमोदन गरिसक्न रिपब्लिकनहरू चाहन्छन् किनकी यतिखेर सिनेटमा उनीहरूको पक्षमा ५१ सदस्य र विपक्षीका पक्षमा ४९ सदस्य छन्। चुनावपछि आफ्नो सिट घट्न सक्ने उनीहरूलाई लागेको छ। अमेरिकाको सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीश जीवनभर सो पदमा रहने व्यवस्था छ। बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: