Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

काठमाडौंको जमिन ‘तरलीकरण’

काठमाडौ, महाभूकम्प र त्यसपछिका सयौं पराकम्पनको थर्काइका कारण काठमाडौंका विभिन्न स्थानको जमिन तरलीकरण (लिक्विफ्याक्सन) भएको तथ्य सार्वजनिक भएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ– महाभूकम्पकै हल्लाइले जमिन तरलीकरण भएपछि बोझ थेग्न नसकेर कयौं घरहरू दलदलभित्र धस्सिएको विशेषज्ञहरूले बताएका छन्। बाक्लो बस्ती भएको क्षेत्रमा भने तरलीकरणको समस्या देखिएको छैन। ‘थर्काइले जमिन तरलीकरण भएपछि कतिपय घर र तलाहरू जमिनभित्र धस्सिए,’ त्रिवि भूगर्भशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. मेघराज धितालले शुक्रबार भने, ‘हल्लाइले कतिपय ठाउँमा मूल फुटेको देखियो, प्रेसरले केही स्थानमा बालुवा र साना कण बाहिर निस्किएका छन्।’ काठमाडौंमा बालाजु, माछापोखरी, नयाँ बसपार्क, गोंगबु, गोलढुंगालगायत क्षेत्रमा तरलीकरणकै कारण घर जमिनभित्र धस्सिएको धितालले बताए। ती स्थानमा कतिपय घर जमिनभित्र धस्सिएका छन् भने धेरै घर ढल्किएका छन्। जमिन तरलीकरण भएको क्षेत्र बसोबासका हिसाबले जोखिमयुक्त मानिन्छ। त्यस्तो जमिन जुनसुकै बेला पनि धस्सिन वा भासिन सक्ने भन्दै विज्ञहरूले सतर्कता अपनाउन चेतावनी दिएका छन्। भूगर्भविद्हरूका अनुसार ठूला भूकम्पपछि जमिन तरलीकरण हुने समस्या अत्यधिक हुन्छ। खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक डा. सोमनाथ सापकोटाका अनुसार १९९० सालको भूकम्पपछि पनि काठमाडौंको जमिन ‘लिक्विफ्याक्सन’ भएको थियो। प्रा.डा. धितालका अनुसार दलदल भएको, विगतमा पानी धेरै समय जमेको, माटाले पुरेर उठाइएको जमिनमा तरलीकरणको समस्या बढी हुन्छ। गोंगबु, माछापोखरी, नयाँ बसपार्क क्षेत्र त्यस्तै प्रकृतिको जमिन हो। त्यस्तो जमिनमा बनेका संरचनामा ठूलो धक्का थेग्न सक्ने क्षमता कम हुन्छ। भूकम्पको कम्पन थेग्न नसकेकै कारण त्यस्तो जमिनमा निर्मित संरचना धस्सिएको भूगर्भविद्हरूको भनाइ छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE