अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशका लागि आफूले मनोनयन गरेका ब्रेट क्याभानोमाथि लागेको यौन दुर्व्यवहारबारे संघीय जाँच ब्यूरोमा अनुसन्धान गर्न निर्देशन दिएका छन्।
यसअघि सिनेटको न्यायिक समितिले सर्वोच्च अदालतका लागि क्याभानोको मनोनयन अनुमोदन गर्न मतदान गरेको थियो। तर न्यायिक समितिले क्याभानोको नाम अनुमोदन गर्नुअघि रिपब्लिकन सांसदहरूले अनुसन्धान हुने भन्ने बुझाइमा मात्रै उक्त कदमको समर्थन गरेका थिए। फलस्वरूप क्याभानोलाई सिनेटको पूर्ण बैठकले अनुमोदन गर्ने प्रक्रिया एकसाताका लागि धकेलिएको छ। पुनरावेदन अदालतका न्यायाधीश क्याभानोले आफूविरुद्ध कम्तीमा तीन महिलाले लगाएको यौन दुर्व्यवहारको आरोप अस्वीकार गरेका छन्। गत बिहीवार न्यायिक समितिले क्याभानोलाई आरोप लगाउने महिला क्रिस्टिन ब्लाजे फोर्डको बयान सुनेको थियो। क्यालिफोर्नियामा मनोविज्ञानसम्बन्धी प्राध्यापक फोर्डले सन् १९८० को दशकमा आफूहरू किशोर उमेरमा हुँदा क्याभानोले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। न्यायाधीश क्याभानोले पनि बयान दिएका थिए। बयानका क्रममा उनले आफूमाथिको आरोप रुष्ट हुँदै अस्वीकार गरेका थिए। उनले डेमोक्र्याटसहरूले प्रक्रियालाई राजनीतिकरण गरेको र आफू र आफ्नो परिवारको नाममा हानी पुर्याउन खोजेको आरोप लगाएका छन्।अस्वीकार
आफ्नो कदमबारे घोषणा गर्दै ट्रम्पले भने, \"मैले संघीय जाँच ब्यूरोलाई न्यायाधीश क्याभानोमाथिको आरोपमाथि पूरक अनुसन्धान गर्न निर्देशन दिएको छु। सिनेटले अनुरोध गरेकोले अबको जाँच सीमित हुनेछ र एकसाता भन्दा कम समयमा पूरा हुनुपर्नेछ।\" यो जाँचबुझमा एफबीआइले विगतमा पूरा भइसकेको न्यायाधीशको पृष्ठभूमिबारे पुन: जाँच गर्छ। यसको अर्थ पूराना साक्षीकोमा जाने वा नयाँसँग कुरा गर्ने हुनसक्छ। शुक्रबारको न्यायिक समितिको बैठकमा डेमोक्र्याट्सहरूको ३६ वर्षअगाडिको घटनाका साक्षी अर्थात् क्याभानोका साथी भनिएका मार्क जजलाई उपस्थित गराउने प्रयासलाई रिपब्लिकनहरूले विफल बनाएका थिए। बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: