Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

कुकुरको यस्तो भाग्यः उपहारमा पायो सुनले बनेको हिराजडित एप्पल वाच

बेइजिङ, यसलाई कुकुरको भाग्य भनूँ वा मालिलको कुकुरप्रतिको अथाह माया जसका कारण यी दुबै इन्टरनेटमा मानिसहरुका लागि कौतुहलको विषयमा बनेका छन् । चीनमा वांग केक नामको एउटा यस्तो घरपालुवा कुकुर छ जसले आफ्नो अगाडिको दुबै खुट्टामा सुनबाट बनेको हिराजडित एप्पल वाच बाँध्ने गर्दछ । यो कुकुरलाई यो महँगो घडी उपहारमा दिइएको हो । इन्टरनेटमा भाइरल चीनको एक धनाढ्यको यो कुकुरको फोटो इन्टरनेटमा भाइरल बनिरहेको छ । वांग केकेका मालिकले कुकुरको दुबै खुट्टामा बाँधीको एप्पल घडी भएको फोटो इन्टरनेटमा पोष्ट गरेका छन् । यति मात्र होइन, फोटोको तल लेखिएको छ – ‘मसँग छ नयाँ घडीहरु । म सँग चारवटा घडी हुन आवश्यक छ किनभने मेरो चारवटा खुट्टा छ ।’ यहि कुराले मानिसहरुमाझ खलबली मच्चिएको छ । सबैभन्दा धनी व्यक्तिको छोरोको हो यो कुकुर वांग केके नामको यो कुकुर साइबेरियन हस्की प्रजातीको हो । यसको मालिक चीनमा रियल स्टेटको बादशाह भनिने जियानलिनका २७ वर्षीय एक्लो सन्तान वांग सिकोंगको हो । वांगले कुकुरप्रति अथाहा माया दर्साउन उनले कुकुरका लागि दुईवटा एप्पल वाच उपहारस्वरुव दिने सोचे । सिकोंगका बुवा चीनका सबैभन्दा धनी व्यक्तिको हो जसको कारोबार ३४ अर्ब डलरको हो । सुन र हिरा जडित छ यो घडी यो कुकुरले लगाएको घडी सुनले बनेको छ र यसमा हिरा जडान गरिएको छ । यसको मूल्य १० हजार डलरदेखि १७ हजार डलर बिच रहेको छ । केकेको नीजि वेइबो अकाउन्टसमेत रहेको छ जहाँ आइफोनमार्फत उनले लगाएको एप्पलको घडीको पाँच तस्बिर पोष्ट गरिएको छ । यद्यपी कुकुरलाई दुईवटा घडी उपहारमा दिनु फजुल खर्च र अनैतिक व्यवहार मानिएको छ जसलाई चीनको कम्युनिष्ट पार्टी सरकारले पनि निन्दा गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy