Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

'न रह्याे बाटो, न रह्याे घर' अब कहाँ जाने ?

धादिङ, भूकम्प आउँदा लडेको घरको संरचनाले थिचेर घाइते भएकी लापा गाविस– २, तेनतेतकी ४८ वर्षीया देउमाया तामाङ अस्पतालले घर फिर्ता गरेपछि बिचल्लीमा परेकी छन् ।

घर जानका लागि उनको घर छैन । भूकम्पले नै घर लड्यो । माथिबाट आएको पहिराले गाउँ पुरियो । एउटा घरले च्यापेर उनकी पाँच वर्षीया छोरी मनीषाको मृत्यु भयो ।

घरमा बस्ने ठाउँ छैन । बाटो पनि पहिराले लडाएको जाने बाटोसमेत छैन । मृत्यु भएकी छोरीको घर नजिकै खाडल खनेर पुरेपछि देउमायालाई उनका श्रीमान्ले अस्पताल ल्याएका थिए । अस्पताल आइपुग्दा समेत पाँच दिनपछि मात्र श्रीमान्ले बोकेर ल्याएका थिए । खरबारीको घाँस काटी डोरी बनाएर उनलाई त्यही डोरीले बाँधेर झर्लाङसम्म ल्याइएको थियो ।

झर्लाङमा हेलिकप्टरले सदरमुकाम लान्छ भनेर कुर्दाकुर्दै एक दिनपछि सेर्तुङतर्फ लगिएको थियो । विकट गाउँमा पानीमा भिजेर बसेपछि वैशाख १२ गते घाइते भएर खुट्टा भाँचिएकी देउमायालाई पाँच दिनपछि अर्थात् १६ गते मात्र अर्को हेलिकप्टरले सदरमुकाम ल्यायो । उनको खुट्टाको उपचार गर्न नै समस्या परेको थियो ।

जिल्ला अस्पतालले उनलाई खुट्टा भाँचिएकाले साधारण बिरामी भनेर घर फिर्ता गरिदियो । उनी अलपत्र परिन् । अहिले नीलकण्ठ स्रोत केन्द्रमा भेटिएकी देउमायालाई सदरमुकाममा त्रिपालसमेत कसैले दिएन ।

बजारमा टोल सुधार समितिले त्रिपाल बाँड्यो, उनलाई बजारको मानिस होइन भनेर दिएन तर घर नभत्केको व्यक्तिले पनि त्रिपाल लगेर राखे । कहिले अर्काको त्रिपालको आड लाग्दै त कहिले स्रोतकेन्द्र भवनको बलेसीमा बसेर भाँचिएको खुट्टा घिसार्दै गरेकी देउमायासँग वैशाखीसमेत छैन ।

न उनी वैशाखी किन्न सक्छिन् न उनी खानेकुरा किनेर खान सक्छिन् ? \'सरकारले समेत हामीहरुलाई हेरेन\' देउमायाले मलिन अनुहार बनाउँदै भनिन् \'सरकारसँग मेरो कुरा पुर्याइदिनुस् ।\' रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE