Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २८औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकप्रति सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दै छोराछोरीको कमाइको निश्चित प्रतिशत बाबुआमाका लागि छुट्टयाउनै पर्ने कानूनी व्यवस्था गरिने बताएकाे छ । ज्येष्ठ नागरिक अनुभवका खानी रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले जीवनका विभिन्न उकाली–ओराली पार गर्दै असीम ज्ञान, सीप र अनुभव सङ्गालेका देशका आदरणीय बुबाआमाको कदर र सम्मान गर्न नसक्ने समाज सभ्य कहलिन नसक्ने उल्लेख गरेकाे छ । “त्यस्तो समाज अघि बढ्न पनि सक्दैन”, प्रधानमन्त्रीले भनेको छ, “ज्येष्ठ नागरिकका अनुभव देश निर्माणका लागि महत्वपूर्ण हुन्छ । त्यसैले एक पटक फेरि म ज्येष्ठ नागरिकको हकहित संरक्षण र सम्वद्र्धनका लागि सरकारको प्रतिबद्धता दोहो¥याउन चाहन्छु ।” संयुक्त राष्ट्र सङ्घको आह्वानमा यस वर्ष ज्येष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौँ भन्ने मूल नाराका साथ आज ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । यस अवसरमा नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले संयुक्तरुपमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दैछन् । नेपालमा स्वास्थ्य सेवामा बढ्दो पहुँच, आर्थिकस्तरमा भएको प्रगति, खाद्यान्नको पर्याप्ततालगायतका कारण व्यक्तिको औषत आयु बढिरहेको छ । “यसले गर्दा समाजमा आउँदा दिनमा ज्येष्ठ नागरिकको जनसङ्ख्यामा वृद्धि हुँदै जानेछ तर बदलिएको परिवारिक संरचना तथा व्यक्तिको जीवनशैली र रोजगारीका लागि युवाको विदेशिने क्रमका कारण घरघरमा ज्येष्ठ नागरिक एक्लिएका छन्”, प्रधानमन्त्रीले भनेक छन्, “कतिपय अवस्थामा ज्येष्ठ नागरिकले आफन्तबाटै अपहेलित र उपेक्षित भएर जीवन बिताउनु परेको छ । सरकार ज्येष्ठ नागरिकका यस्ता समस्याप्रति गम्भीर छ ।” ज्येष्ठ नागरिकको दैनिकीलाई सहज बनाउन ज्येष्ठ नागरिक भत्ताका अतिरिक्त सरकारले यसै आर्थिक वर्षदेखि ज्येष्ठ नागरिक बीमा कार्यक्रम पनि सञ्चालन गरेको प्रधानमन्त्रीले उल्लेख गरेको छ । प्रधानमन्त्रीले बाबुआमाबाट सन्तानले अंश दाबी गर्ने तर वृद्ध अवस्थामा बाबुआमाको उपेक्षा गर्ने प्रवृत्तिको अन्त्य गर्न सरकार कटिबद्ध बताएको छ, “त्यसैले छोराछोरीको कमाइको निश्चित प्रतिशत बाबुआमाका लागि छुट्टयाउनै पर्ने कानूनी व्यवस्था गरिने भएको छ । यससम्बन्धी कानूनी प्रावधानको व्यवस्था गर्न ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा आवश्यक संशोधन गर्ने प्रक्रिया अघि बढिसकेको छ”, प्रधानमन्त्रीले भनेको छ, “ज्येष्ठ नागरिकको उचित र सम्मानित व्यवस्थापन वृद्धाश्रम निर्माण गरेर होइन, सन्तानले नै वृद्ध बाबुआमाको रेखदेख गर्नु पर्दछ भन्ने हाम्रो सामाजिक मान्यताको प्रवद्र्धन गरेर मात्र सम्भव छ ।” प्रधानमन्त्रीले वृद्ध बाबुआमाको रेखदेख पारिवारिक वातावरणमा हुन सकेको खण्डमा फरक पुस्ताबीचको अन्तक्र्रिया बढ्ने उल्लेख गरेको छ । “अग्रजका अनुभवबाट छोरानाति पुस्ताले पनि शिक्षा ग्रहण गर्न सक्दछन् । त्यसैले ज्येष्ठ नागरिक समाजका मार्गदर्शक हुन् भन्ने कुरा हामीले कहिल्यै भुल्नु हुँदैन” प्रधानमन्त्रीले भनेका छनै ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy