Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

देश बर्बाद हुन लाग्यो भन्दै गृहमन्त्रीले यसो भनेपछि...

इटहरी । गृहमन्त्री रामबहादुर थापाले अहिलेको परिपार्टी कायम रहे देश सकिने चेतावनी दिएका छन् । त्यसकारण तस्करबिरुद्ध निर्ममतापूर्वक लाग्नुपर्नेमा उनको जोड छ । देशका तस्करसहित गुण्डा, भ्रष्टाचार, लागुऔषध कारोबारी, महिलामाथि हत्याहिंसा र बलात्कार गर्ने्बिरुद्ध सरकार र जनता मिलेर ठूलै क्रान्ति गर्नुपर्ने बताएका छन् । गृहमन्त्री थापाले इटहरीमा आयोजित कार्यक्रममा बोल्दै भने, ‘अहिलेकै अवस्था कायम रहेमा देश बर्बाद हुनेवाला छ ।’ उनले बेलैमा तस्कारलाई रोक्न नसकेमा मधेस–तराई मरुभूमि हुने जिकिर गरे ।’ ‘पारि इन्डियामा नेपालका संखुवा पाइन्छ भनेर बोर्ड राखिएको छ अरे’, उनले भने, ‘वन जोगाउन नेपाली सेना परिचालन गर्न जरुरी छ ।’ थापाले समाजलाई पुरै सुधार गर्नका लागि शिक्षक, विद्यार्थी, महिलालगायतलाई सहभागी गराई आन्दोलन गर्न सक्नुपर्ने बताए । ‘समाजवादको आन्दोलन, समतामूलक समाज निर्माण माथिबाट होइन, तलबाट गर्नुपर्छ । आन्दोलन जनताले गर्ने हो’, उनले भने । थापाले आन्दोलनलाई एउटा अभियानको रुपमा लगेमा मात्र अहिलेको समस्या समाधान हुने दावी गरे । लागूऔषध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका हिंसा न्यूनीकरण कार्यक्रममा उनले भने, ‘हामीले आफैभित्र पनि एउटा ठूलो शुद्दीकरण अभियान चलाउनु जरुरी छ । क्रान्तिभित्र क्रान्ति गर्नुपर्छ । निर्ममतापूर्वक शुद्धिकरण गर्नु पर्छ ।’ समाज बनाउने अभियानमा लाग्नेभित्र शुद्धिकरण गरिएन भने जनताले समृद्धि र सुशासन प्राप्त गर्न नसकने जिकिर गरे । ‘अब हामी नयाँ फ्रेजमा आएका छौं । संविधानले नयाँ फ्रेजलाई इंगित गरेको छ । अबको हाम्रो लक्ष्य भनेको जति पनि समस्या छन, अप्ठ्याराहरु छन, त्यसको समाधान भनेको समाजवाद हो’, उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy