Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

प्रहरी र सशस्त्र बलबीच सम्बन्ध चिसियो

काठमाडौं, शक्तिशाली भूकम्पपछि राहत र पुर्ननिर्माणको जिम्मेवारी पाएर सँगसँगै खटिइरहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको सम्बन्ध विवादित नियमावलीले चिस्याएको छ। आजको नागरिक दैनिकमा खबर छ–विपतपछि खोजी र राहत जारी रहेकै बेला गृह मन्त्रालयले सशस्त्रलाई पक्राउ तथा पक्राउपुर्जी जारी गर्ने अधिकार दिने गरी सशस्त्र प्रहरी बलको नियमावली बनाएर प्रस्ताव मन्त्रिपरिषदमा पुर्‍याएपछि दुई संगठनबीच सम्बन्ध चिसिएको हो। अहिले प्रहरी र सशस्त्र दुवै संगठनका उच्च अधिकारी नियमावलीको पक्ष र विपक्षमा लबिङ गर्न सक्रिय छन्। मन्त्रिपरिषद विधेयक समिति पुगेको प्रस्तावित नियमावली संशोधन गराउन प्रहरी अधिकारी र प्रस्तावित नियमावली जस्ताको त्यस्तै पास गराउन सशस्त्रका अधिकारी प्रभावकेन्द्र धाइरहेको स्रोत बताउँछ। यस्तो अधिकार सशस्त्रलाई दिँदा आफ्नो कार्यक्षेत्र मिचिने तथा एकै प्रकृतिको कामको जिम्मेवारी दुइटा संगठनले पाउँदा जटिल हुने भन्दै सो प्रावधान संशोधन गराउन प्रहरी प्रमुखसहितका उच्च अधिकारी प्रधानमन्त्री कार्यालय, मुख्यसचिव, गृहमन्त्री र गृहसचिवसम्म पुगिरहेका छन्। हालको सशस्त्र प्रहरी ऐन, ०५८ ले केही अपराधमा पक्राउ गर्ने अधिकार दिएको तर पक्राउ गर्दाताका दिनुपर्ने पक्राउपुर्जीको अधिकार नहुँदा अप्ठेरो परेको भन्दै पक्राउपुर्जीको अधिकारसहितको नियमावली ल्याउन सशस्त्रका नेतृत्व र उच्च अधिकारी शक्तिकेन्द्र धाइरहेका छन्। प्रहरी–सशस्त्र बल टकराव यो पहिलो भने होइन। माओवादी द्वन्द्वताका सेनाले आदेश नमानेको भन्दै सरकारले सेना–प्रहरीका इच्छुकलाई मिलाएर २०५७ मा अर्धसैनिक बल संरचनाको सशस्त्र बल गठन गरेदेखि नै यी दुवै संगठनबीच पटक–पटक कार्यक्षेत्र विवाद हुँदै आएको छ। गठनताका राष्ट्रिय संकटका बेलामा नेपाली सेना मातहत परिचालित हुने र शान्ति सुरक्षा खलल पुगेको अवस्थामा प्रहरीलाई सघाउने गरी ब्यारेकीय अवधारणामा गठन भएको सशस्त्रले आफ्नो भूमिका बढाउँदै ब्यारेकबाहिर पनि सक्रिय हुने मोह बढाएपछि प्रहरी र सेनासँग समेत बेलाबखत कार्यक्षेत्र टकराब हुने गरेको छ। प्रहरीबाट अलि टाढा, सेनासँग अलि निकट रहने अवधारणाअनुसार गठन भएको सशस्त्र अवस्थाअनुसार कहिले प्रहरीजस्तो, कहिले सेनाजस्तो बन्न खोज्दा गठन गर्दाको अवधारणा नै भातभुंग भएको जानकारहरू बताउँछन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending