Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

यसरी कब्जा गरिएकाे थियाे अर्थमन्त्रीका पीएबाट जस्ता

काठमाडौंबाट १४ गते राती १० बजे चारवटा आइचरमा जस्ता नुवाकोटको कविलास जाँदैछ भन्ने जानकारी प्राप्त भएको थियो  । त्यही जानकारी पछ्याउदै जाँदा  त्यो आइचर कबिलास गएर रमेश महतको घरमा गएको थाहा भयो  । त्यहि अपलोड भयो । त्यो गाडिहरु फर्कियो ।  १५ गते दिउसो नै त्यो जस्तापाता केहि उनको घरवरिपरि झारेर काठमाडौं लैजाने कुरा रहेछ । उनीहरुको लागि गाडि चाहियो ।   लोकल टिपरहरु थिए  । यहाँका भाइहरु नै डाइभर थिए । उनीहरुलाई  नदिएर अलि टाढाको डाइभर खोजियो । महतको घर सम्मको लागि रित्तै जानु भन्दा  २० बोरा सिमेन्ट र बालुवा लैजाने कुरा भयो  । सिमेन्ट र बालुवा महतको घरमा आप्लोड भयो ।  डाइभर गलेका थिए । रमेश महतका बुवाले २७० बण्डल जस्ता  लोड गरेर फाँटमा ल्याउन भनेपछि त्यो फाँट तिर झारियो । थान्सीङ १ छहरे बजारमा चार जनालाई मिश्र होटलमा खाना अर्डर गरिएको रहेछ ।  डाइभरका अनुसार खाना पाकेको थिएन । उनीहरुलाई रमेश बुढाथोकी भन्ने व्यक्तीलाई स्कटिङ गरेर फाँटमा झारेका थिए । बुढाथोकी काँग्रेसको भद्रटार गविसको इकाइ सदस्य हुन् । खाना खाने बेला जस्ता गाडिबाट झार्न डाइभरले आग्रह गरे  । तर बुढाथोकीले मानेन् । उनले भाडा २० हजार दिन्छु काठमाडौं लिएर हिड भनेर डाइभरलाई त्यहि दबाब दिन थाल्यो । कोटेश्वर सम्मको २० हजार भाडा उचित हुँदा हुदै पनि केही शंका लागेरै डाइभरले मानेन । डाइभरले २५ हजार चाहिन्छ भनेपछि बुढाथोकीले रमेश महतलाई फोन लगायो । [caption id=\"attachment_21095\" align=\"alignleft\" width=\"300\"]\"स्थानियवासी स्थानियवासी जनक थपलीया[/caption] महतले दबाब दिइरहे २० हजारमा लैजानको लागि तर डाइभरले मानेन । त्यहाँ बार्गेनीङ भयो । २० र २५ को विषयमा लामो समय गलफत्ति भयो । त्यो बार्गेनिङ स्थानिय र होटलवालाले सुने उनीहरुलाई शंका भयो । त्यहिको टिपरलाई पनि नदिने टाढाको भाइलाई दिने अनि बार्गेनिङ पनि चलिरहेको देखेपछि ठूलै हल्लाखल्ला हुन गयो । राहतको लागि थुप्रीएका धेरैको कान सम्म यो कुरा पुग्यो । यो टिफरमा के रहेछ एक जनाले हेरे । एक्कासी जस्ता छ भन्ने वित्तिकै २ मिनेट मै मान्छे जम्मा भए ।  राहतको प्रतिक्षामा चोकचोकमै जम्मा भएका स्थानियको भिड नै लाग्यो । गाडि माथी उक्लेर जस्ता हारालुछ गर्न थाले  । जस्तामा नेपाल इन्भेष्टमेन्ट बैंक लेखिएको थियो ।       [caption id=\"attachment_20896\" align=\"alignleft\" width=\"300\"]\"अर्थमन्त्रीका अर्थमन्त्रीका पिए रमेश महत[/caption] हामीले केहि समयको प्रयासपछि हारालुछ हुनबाट जोगायौं । प्रहरी प्रशासनलाई खबर गर्यौं । प्रहरीले जिल्ला प्रशासनमा लैजान खोजे तर जनताले फेरि रोके । रातभरि त्यही बस्यौं । भोलीपल्ट विहान पत्रकार बोलायौं । कब्जाकाे २५ घण्टा सम्म पनि त्यो जस्ता कसको भनेर दावी गर्ने कोहि पनि आएन । जिल्ला प्रशासनले चासो देखाएन । स्थानिय मिडियाले खबर बजाउन चाहेन । नुवाकोट एफएमका सञ्चालक पदम उप्रेतिले दिएको समाचार पनि प्रशारण भएन । किनभेन भनेर सोध्दा माथिको आदेश भन्दै बजाउन मानेन रे । त्रिसुली टिभि लगायत सबैलाई रोक लगाइयो ।  भोलीपल्ट विहान यथार्थ घटना बारे बजाएनन् । दिउसो सम्म ती महत सम्पर्क आएनन् । हाम्रो फोन पनि उठाउनु भएन । प्रशासनलाई भन्दा माथिको आदेश भन्दै चुप लागेर बसेको अवस्था थियो  । सिडियो कहिल्यै फोन उठाउदैनन् । डिएसपीलाई फोन गर्यो माथिको आदेश भन्दै केहि पनि नगर्ने अवस्था आयो । शनिबार राति १० बजे जिल्ला प्रहरी कार्यलयबाट इन्सपेक्टरको टोली आएर जनतालाई लाठीचार्ज र तितर वितर पारेर त्यो जस्ता सदरमुकाम त्रिसुली लग्यो । आज विहान  जिल्ला दैविक उद्धारकोषमा सो जस्ता  आज हस्तान्तरण गरिएको छ  । आजै मात्री १०० जनाले रमेश महत विरुद्ध उजुरि दिएका छौं ।

सुदीप विश्वकर्मासँगको कुराकानीमा आधारित

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies