ब्रिटेन र अमेरिकाले साउदी अरेबियामा हुने एउटा अन्तर्राष्ट्रिय सम्मेलन साउदी पत्रकार जमाल खशोग्गीलाई बेपत्ता पारिएको घटनालाई लिएर बहिष्कार गर्ने विषयमा विचार गरिरहेको बीबीसीलाई थाहा भएको छ ।
टर्कीको इस्तानबुलस्थित अक्टोबर २ मा साउदी वाणिज्य दूतावास पुगेका खशोग्गी त्यसपछि बेपत्ता भएका थिए । खशोग्गीले खासगरी साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानका कतिपय नीतिको आलोचना गर्दै आएका थिए । इस्तानबुलस्थित अधिकारीहरूको विश्वास छ, साउदी अरेबियाले नै खशोग्गीको हत्या गराएको हुनुपर्छ । सो आरोपलाई रियादले चाहिँ \'झूट\' भन्ने गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी अरेबियाले खशोग्गीको हत्या गराएको पुष्टि भए उसलाई \'दण्डित\' गर्ने बताएका छन् । खशोग्गी बेपत्ता प्रकरणलाई लिएर कैयौँ प्रायोजक र सञ्चार समूहले यसै महिना रियादमा हुने लगानी सम्मेलन बहिष्कार गर्ने निर्णय गरिसकेका छन् । कूटनीतिक स्रोतहरूले बताएअनुसार अमेरिकी अर्थमन्त्री र अन्तर्राष्ट्रिय व्यापार मामिलासम्बन्धी ब्रिटिशमन्त्री सम्मेलनमा नजान सक्छन् । साउदी अरेबियाले खशोग्गीको हत्या गराएको पुष्टि भए त्यसको भर्त्सना गर्दै संयुक्त रूपमा वक्तव्य जारी गर्ने विषयमा पनि अमेरिकी र युरोपेली कूटनीतिज्ञहरूले विचार गरिरहेका छन् । सुधारका मुद्दाहरूलाई प्रवर्धन गर्ने उद्देश्यका साथ साउदी राजकुमारले सम्मेलनको आयोजना गर्न लागेका हुन् । अमेरिकी अर्थमन्त्री र अन्तर्राष्ट्रिय व्यापार मामिलासम्बन्धी ब्रिटिशमन्त्री दुवैजना सम्मेलनमा सहभागी नभए साउदी अरेबिया आफ्ना दुई महत्त्वपूर्ण साझेदारबाट बहिष्कृत भएको रूपमा हेरिनेछ । अन्तर्राष्ट्रिय व्यापार मामिलासम्बन्धी ब्रिटिश मन्त्रालयका एकजना प्रवक्ताले सम्मेलनमा सहभागी हुनेबारे अझै टुङ्गो लागिनसकेको बताए । बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: