Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

यसरी नजिकिए ओली, नेपाल र प्रचण्ड

काठमाडाैं,पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी ओलीबीचको रुखो सम्बन्ध अपत्यारिलो ढंगले लचक र निकट बन्नुमा रोचक घटनाक्रम छन् । एमालेभित्रै ओली र नेपालबीचको सम्बन्ध हार्दिक नभइरहेका बेला ओली–प्रचण्ड सम्बन्ध विकसित हुनु झनै गाह्रो थियो । कारण, प्राय: महत्त्वपूर्ण राजनीतिक संवादका बेला प्रचण्डले नेपाललाई खोज्ने गरेका छन् । प्रचण्डले एमालेमा प्राय: संवाद गर्ने नेता पनि नेपाल नै हुन् । यसबीचमा प्रचण्ड–नेपाल, नेपाल–बाबुराम भट्टराईबीच पटकपटक संवाद भएका छन् । त्यही सिलसिलामा भूकम्पपछि नेपालले प्रचण्डलाई बोलाएर छलफल गर्न ओलीलाई सुझाव दिए । ओलीले नेपालका कुरा सहजै पत्याएनन् । वास्तविक कुरा के हो भन्नेबारे बुझ्न ओलीले विष्णु पौडेललाई नेपालकहाँ पठाए । नेपालले एमाओवादीको मन:स्थिति र सम्भावित रणनीतिबारे पौडेलमार्फत् ओलीलाई जानकारी गराए । त्यसपछि ओली निवासमै वरिष्ठ नेता झलनाथ खनाल, नेपाल, पौडेललगायतको बैठक बस्यो । त्यहीँ राष्ट्रिय सहमतिको सरकारको आवश्यकतालाई प्रमुख एजेन्डा बनाउने निधो भयो । यसबाट एमाओवादी पनि खुसी हुने उनीहरूको निचोड रह्यो । कारण, एमाओवादीले सुरुदेखि नै राष्ट्रिय सहमतिको सरकारको माग गर्दै कोइराला सरकारको विपक्षमा आन्दोलन गरिरहेको थियो । अब समस्या आयो, यसबारे कसले सार्वजनिक रूपमा बोल्ने भन्नेमा । यसैमा विवाद भयो । खनाल, महासचिव ईश्वर पोखरेल वा पौडेलमध्ये एकजनालाई बोल्न लगाउने प्रस्ताव नेपालले राखे । तर, ओलीले मानेनन् । ‘अरूको कुरा कसैले पत्याउँदैनन् । तपाईं नै बोल्नूस्,’ ओलीले नेपाललाई भने । त्यसपछि नेपालले नै प्रचण्ड, भट्टराई, खनाल र आफूले सल्लाह गरेर चारै जना पूर्वप्रधानमन्त्रीको हैसियतमा यी कुरा राख्ने बताए । त्यसमा सबैको मतो मिल्यो र २५ वैशाखको संसद् बैठकमा समान लबजमा उनीहरू प्रस्तुत भए । अनि, प्रधानमन्त्री कोइराला पनि जानेर वा नजानेर राष्ट्रिय सहमतिको कुरा गर्न बाध्य भए । महासचिव पोखरेलको भूमिका अझ रोचक छ । सुरुमा पोखरेललाई थाहै नदिई पार्टीका रणनीतिक छलफल र वार्ताहरू भइरहेका थिए । भित्रभित्रै राष्ट्रिय सहमतिको सरकारको खिचडी पाक्न थालेको सुइँको उनले ढिलो गरी पाए । लगत्तै उनी नेपालकहाँ पुगेर भने, ‘अब पार्टीको जिम्मा लिन तपाईं अघि सर्नुपर्‍यो । राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउन दबाब दिनुपर्‍यो ।’ स्रोतका अनुसार नेपालले पोखरेललाई त्यही भनेका थिए, ‘यस्तो वाहियात कुरा अहिले नगर्नूस् । पहिला पार्टीको नेतृत्वमा सरकार बनाउने हो । त्यही अनुसार तपाईं पनि चल्नूस् ।’  नेपाल साप्ताहिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending