Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

अनु मलिक इन्डियन अाइडलबाट अाउट

भारतीय चर्चित संगीत कम्पाेजर अनु मलिक अब इन्डियन आइडलको निर्णायकबाट हटाइएका छन् । मि टू अभियानका क्रममा गायिका सोना महापात्रा र श्वेता पण्डितले अनु मलिकमाथि यौन उत्पीडनको आरोप लगाएका कारण साेनी टेलिभिजनले उनलार्इ हटाएकाे हाे । यौन उत्पीडनको आरोप लागेपछि सोनी टेलिभिजनले एक विज्ञप्ति जारी गर्दै अनु मलिकलाई इन्डियन आइडलको निर्णायक मण्डलबाट हटाएको हो ।

सोनी टिभीले भनेको छ, ‘अनु मलिक अब इन्डियन आइडलको जूरी प्यानलमा छैनन् । शो पहिलेजस्तै नै चलिरहन्छ । हामी शोमा भारतीय संगीत क्षेत्रका कैयौँ ठूला नामलाई पाहुनाका रुपमा बोलाउनेछौँ । उनीहरुले विशाल र नेहासँग मिलेर इन्डियन आइडल–१० का प्रतिभाशाली प्रतियोगीहरु छान्ने छन् ।’\"\"

तर समाचार एजेन्सी पीटीआईसँग अनु मलिकले भनेका छन्, ‘मैले इन्डियन आइडलबाट ब्रेक लिने निर्णय गरेको छु । किनकि मैले आफ्नो काममा समय दिनै भ्याएको थिइनँ । च्यानल मेरो निर्णयसँग सहमत छ ।’ अनु मलिक सन् २००४ देखि इन्डियन आइडलसँग जोडिएका थिए ।

केही दिनअघि गायिका श्वेता पण्डितले अनु मलिकले आफूमाथि यौन उत्पीडन गरेको बताउँदै ट्विटरमा लेखेकी थिइन्, ‘सन् २००० मा ‘मोहब्बते’ फिल्मसँगै मेरो करियरको शुरुवात भयो । म आफ्नो सफलतालाई कायमै राख्न राम्रो नयाँ गीतको खोजीमा थिएँ ।

त्यसैबेला मलाई अनु मलिकको म्यानेजरको फोन आयो । सन् २००१ मा मलाई अंधेरीको एम्पायर स्टुडियोमा बोलाइयो । म एकदमै उत्साहित थिएँ । एउटा क्याबिनमा म र अनु मलिक थियौँ । बिना संगीत उनले मलाई गीत गाउन भने ।

गीत सुनेपछि अनुले भने – म तिमीलाई शान र सुनिधिसँग एउटा गीत गाउने मौका दिनेछु तर त्यसभन्दा पहिले तिमीले मलाई किस गर । यो भन्दै गर्दा अनु मुस्कुराइरहेका थिए । मेरो सम्झनामा त्यो एकदमै खराब मुस्कान थियो । त्यतिबेला म केवल १५ वर्षकी थिएँ । विद्यालय जान्थेँ । म कल्पनै गर्न सक्दिनँ कि त्यो कस्तो पल थियो ?’

हेर्नुहाेस् उनकाे ट्वीट \"\"

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy