Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

अदुवाले क्यान्सरबाट बचाउँछ, थाहा पाउनुस् यसका अविश्वसनीय फाइदा

अदुवामा आइरन, क्याल्सियम, आयोडिन, क्लोरिन र भिटामिनसहित थुप्रै पोषक तत्व पाइने गरिन्छ । अदुवालाई ताजा र सुख्खा दानाको रुपमा पनि प्रयोग गर्न सकिन्छ । अदुवा एक निकै बलियो एन्टिभाइरल पनि हो । आउनुहोस्, अदुवाको फाइदाको बारेमा जानौँः छालाका लागि: अदुवा खाँदा छाला आकर्षक र चम्किलो हुने गर्दछ । बिहान खाली पेटमा एक ग्लास मनतातो पानीसँगै अदुवाको टुक्रा खानुहोस् । यसले तपाईंको छालामा निखार आउनुका साथै तपाईं जवान देखिनुहुन्छ । खोकीका लागिः खोकीका लागि अदुवा निकै फाइदाजनक मानिन्छ । खोकी लाग्दा अदुवाको सानो टुक्रालाई बराबर मात्रामा महसँग तातो बनाएर दिनमा दुईपटक खानुहोस् । यसले घाँटीलाई पनि आराम दिने गर्दछ । भोक बढाउनका लागिः यदि तपाईंलाई भोक लाग्नमा समस्या छ भने अदुवाको नियमित सेवन गर्नुहोस् । अदुवालाई स–सानो टुक्रा बनाएर त्यसमा थोरै नुन हालेर दिनमा एकपटक लगातार आठ दिनसम्म खानुहोस् । यसले तपाईंको पेट सफा बनाउँछ भने तपाईंलाई अलि धेरै भोक लाग्न थाल्दछ । पाचनका लागिः पेट र कब्जियतका लागि अदुवा निकै फाइदाजनक मानिन्छ । अदुवालाई अजवाइन र कागतीनको रससँगै थोरै नुन हालेर खानुहोस् । यसले पेट दुख्न ठिक हुन्छ र झुसिलो डकार आउन बन्द हुन्छ । बान्ता हुन्छ भनेः यदि पटक–पटक बान्ता भइरहेको छ भने अदुवालाई प्याजको रससँगै दुई चम्चा पिउनुहोस् । यसले बान्ता रोक्दछ । रुघा, ज्वरोः रुघा र ज्वरोका लागि अदुवा निकै फाइदाजनक छ । रुघा लाग्दा अदुवा हालेको चिया पिउँदा निकै फाइदा पुर्याउँछ । यसका साथै अदुवाको रसलाई महमा मिसाएर तातो पारेर पिउँदा फाइदा मिल्छ । क्यान्सरका लागिः अदुवामा कोलेस्ट्रोलको स्तर कम गर्ने, रगतलाई जम्नबाट रोक्ने, एन्टी फंगल र क्यान्सर प्रतिरोधी गुण पनि पाइने गरिन्छ । अन्य रोगः अदुवालाई औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । अदुवाको सेवन गर्दा गाँठो, अर्थराइटिस, साइटिका, गर्दन र मेरुदण्डको हड्डीको रोग (सर्भाइकल स्पांसडिलाइटिस) को उपचारमा गर्न सकिन्छ । महिलाको मासिक धर्मको अनियमिततालाई टाढा राख्नमा पनि अदुवाले मद्दत पुर्याउँछ । अदुवाका अन्य फाइदाः अदुवा खाँदा मुखबाट हानिकारक ब्याक्टेरिया नष्ट हुने गर्दछ । अदुवाले कोलेस्ट्रोललाई पनि कन्ट्रोलमा राख्छ जसका कारण रक्तसंचार ठिक हुने गर्दछ । अदुवाको प्रयोग गर्दा शरिरमा रगतको ढिक्का जम्दैन । अदुवाको रस र पानी बराबर मात्रामा पिउँदा मुटुसँग सम्बन्धित रोग लाग्नबाट बचछ । अदुवाले गर्मी गराउँछ । गर्मी मौसममा यसको सेवन गर्नुहुँदैन र यदि आवश्यक परेमा थोरै मात्रामा प्रयोग गर्नुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies