हत्या गरेर श्रीमानलाई जमिनमा गाडिन्, त्यहाँ बनाइन् शौचालय
जेष्ठ १८ गते, २०७२ सोमवार 1st June, 2015 Mon१७:१८:४३ मा प्रकाशित
मुम्बई, दैनिक हुने झगडाबाट हैरान भएर एक महिलाले एक निकै डरलाग्दो घटनालाई निम्त्याएकी छिन् । महिलाले पहिले आफ्ना श्रीमानलाई कुटीकुटी मारेकी छिन् र पछि हत्या गरेर शवलाई जमिनमा गाडेकी छिन् । यतिमात्र होइन, आफ्नो अपराध सार्वजनिक हुने डरले त्यस ठाउँमा शौचालय बनाइदिइन् ।
यो घटना भारतको मध्यप्रदेशको हो । आरोपी महिलाले हप्ता दिनसम्म आफ्नो अपराध लुकाएर राखिन् । तर आइतबार महिलाले आफैं पुलिस थाना गएर आफ्नो अपराध स्विकार गरेकी छिन् ।
महिलाको बयान पछि पुलिसले शव निकाल्नको लागि गाडेको ठाउँमा खने । उनीहरुले शवलाई एउटा ड्रममा बन्द भएको पाए । पुलिसले पोष्टमार्टमका लागि शवलाई अस्पतालमा पठाएको छ ।
पुलिसका अनुसार महिलाका श्रीमान पेशागत रुपमा ड्राइभर थिए । श्रीमान एकाएक गायब भएपछि मानिसहरुले ती महिलालाई सोध्थे । उनी केही न केही बहाना बनाउने गर्दथिन् । छिमेकीको बारम्बारको प्रश्नले डराएकी उनले अन्ततः पुलिससमक्ष आफ्नो अपराध स्विकारेकी छिन् । महिलालाई पक्राउ गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: