Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

मर्न पनि बन्देज ? छक्कै पार्ने विश्वका १२ प्रतिबन्ध

भनिन्छ, मानिसलाई जे नगर भन्यो त्यहि गर्नुपर्छ । जहाँ जे कुरामा बन्देज लगाइएको छ, त्यहि कुरामा नै मानिसहरुको विशेष रुची हुन्छ । २१ औँ शताब्दीमा आइपुग्दा मानिसहरुले धेरै अधिकार जन्मजात पाएका हुन्छन् तर यहाँ हामी जे कुराको बारेमा जानकारी दिँदै छौँ त्यो अलि भिन्न प्रकारको छ । विश्वमा यस्ता देशहरु छन् जहाँ विभिन्न किसिमको प्रतिबन्ध लगाएको छ । कसैलाई हानी पुर्याउने कुरामा प्रतिबन्ध लगाएको त ठिकै हो तर कुनै देशहरु यस्ता पनि छन् जहाँ निकै साधारण तथा हास्यास्पद वस्तुहरुमा पनि प्रतिबन्ध लगाइएका छन् । हेरौँ विश्वमा केही अनौठा प्रतिबन्धहरुः सोमालियामा समोसाः सोमालियाको जिहादी आतंकवादी समूह अल–शबाबले सोमालियामा समोसा प्रतिबन्ध गरेको छ । समोसामा हुने तीन चुच्चो ‘इसाई होली ट्रिनिटी’ सँग मिल्दोजुल्दो हुने भएका कारण यसलाई ‘इसाई’ भएको भन्दै अतिवादी जत्थाले प्रतिबन्ध लगाएको हो । कुकुरको अगाडि रिसाउनः अमेरिकाको एउटा राज्य ओक्लाहोमामा कसैले पनि कुकुरको अगाडि रिसाउन पाइँदैन । रिसाएको वा मननपरेको जस्तो अनुहार पारे मात्र पनि कारवाहीमा पर्ने पक्का छ । कारवाहीमा जेल सजायँ वा जरिवान ताेकिएकाे छ । भारतमा जिमेल चलाउनः भारतीय सरकारले आफ्नो कर्मचारीको गतिविधि मूल्याङ्कन गर्न सजिलो होस् भनी जिमेल प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । आफ्नो देशको सरकारी जानकारी अर्को कुनै देशको कम्प्युटरमा हुनु देशको लागि राम्रो नभएको उनीहरुको तर्क छ । फ्रान्समा केचअपः केचअपले आफ्नो नागरिकको स्वास्थ्यमा नकारात्मक असर पुर्याएको भन्दै फ्रान्स सरकारले यसमा प्रतिबन्ध लगाएको छ । यसले फ्रान्समा चलिआएको परिकारको जग नै बिगारेको भन्दै केचअप प्रयोगमा प्रतिबन्ध लगाएको हो । संयुक्त राज्य अनि सिंगापुरमा खुर्सानी स्प्रे गर्ने साधन: केही देशहरुमा आत्मरक्षाको लागि भनि खुर्सानी छर्ने साधन प्रयोगमा ल्याइन्छ। तर केही देशहरु भने यसलाइ हतियारको रुपमा प्रयोग गर्न सकिने भन्दै प्रतिबन्ध गरेको पाइन्छ। संयुक्त राज्य अनि सिंगापुरमा खुर्सानी छर्न प्रयोग गरिने कुनै पनि साधन प्रयोग गर्न पाइँदैन। साउदी अरबमा \'बार्बी डल\': विश्वमा निकै चर्चित बार्बी डल (गुडिया) कसलाई पो मन नपर्ला तर सबैको यसलाई मनपराउने र आफूसँगै राख्ने भाग्य हुँदैन । साउदी अरबमा बार्बी डल प्रतिबन्ध लगाइएको छ । यहाँ निकै आकर्षक देखिने उक्त डल किन्न पाइदैन । यसको सट्टा ‘फुला डल’ भन्ने गुडिया बनाइएको छ जसलाई उनीहरुले निर्धक्क किन्न सक्छन् । चीनमा पुनर्जन्मको लागि पूर्व अनुमति चीनमा यदि अर्को जन्म लिनु छ भने यो जन्ममै अनुमति लिनु पर्ने हुन्छ। यसो गर्नुको पछाडि केही ठोस् कारण भने छैन । साउदी अरबमा भ्यालेन्टाइन्स डे: मुस्लिमहरुको विश्वासमा आघात पुग्ने भन्दै साउदीमा भ्यालेन्टाइन डे प्रतिबन्ध गरिएको छ। मानिसहरुले एक अर्कालाइ चिठी र गिफ्ट दिन नसकुन् भनि भ्यालेन्टाइन डेको अघिपछि सबै गिफ्ट अनि फुलका पसलहरुमा प्रतिबन्ध लगाइन्छ। तर अचम्म के छ भने प्रतिबन्धित हुँदा हुँदै पनि यो दिनमा गिफ्ट र फुलका अत्यधिक कालोबजारी हुने गर्दछ । इरानमा महिलाले फुटबल हेर्न: छोटा कपडामा हुने पुरुषहरुको खेल हेर्दा महिलामा वासना बढ्ने अनि मस्तिष्कमा राम्रो प्रभाव नहुने भन्दै फुटबल हेर्न महिलालार्इ प्रतिबन्ध गरिएको छ। तर सन् २०१४ को फिफा मा भने यो नियमको विरोध गर्दै महिलाहरुले फुटबल हेरेका थिए। विजुलीको बल्ब परिवर्तन गर्न नपाइने भिक्टोरिया: अस्ट्रेलियाको दोस्रो धेरै जनसंङ्ख्या भएको राज्य भिक्टोरियामा लाइसेन्स प्राप्त इलेक्ट्रिसियनले बाहेक अरुले  विजुलीको बल्ब परिवर्तन गर्न पाउँदैनन्। यो नियम नमान्नेलाइ १० डलर सम्म जरिवाना तिराइन्छ। मर्न प्रतिबन्ध: इङल्याण्डको ‘हाउस अफ पार्लियामेन्ट’ मा मर्न प्रतिबन्ध लगाइएको छ। यो भवन राजकीय भएको हुँदा यहाँ मर्न नपाइने नियम नै बनाइएको छ। यदि कसैको मृत्यु भएको खण्डमा भने उसलाइ राज्यले राजकीय सम्मानसहित दाहसंस्कार गर्नेछ। चीनमा ज्यास्मिन फूल: ट्युनियाको ज्यास्मिन क्रान्ति पछि चीनमा प्रदर्शनकारीहरुले अर्को छुट्टै क्रान्ति सुरु गरेका थिए। यी प्रदर्शनकारीहरु ज्यास्मिन क्रान्तिबाट प्रभावित भएको भन्दै प्रदर्शनकारीसहित ज्यास्मिन फूल नै प्रतिबन्धित गरियो। यहाँ फूल अनि बोटसहित ज्यास्मिन शब्द भएका गीत, म्यासेज पनि प्रतिबन्धित छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies