Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

बुढीगण्डकी क्षेत्रका बस्तीको पुनर्वास गराउँछु : कोइराला

काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालाले प्रस्तावित बुढीगण्डकी जलविद्युत आयोजना क्षेत्रका बासिन्दालाई उचित मुआब्जा दिइ पुनर्बास गराउने कार्यलाई उच्च प्राथमिकता दिइने बताएका छन् । उनले सो कुरा भूकम्पपीडितलाई राहत तथा पुनस्थापना सम्बन्धी माग लिएर सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको नेपाली कांग्रेस जिल्ला कार्य समिति गोरखाका प्रतिनिधिहरुसंग बताएका हुन् । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य कमला पन्तको नेतृत्वमा आएको सो प्रतिनिधि मण्डलले बुढीगण्डकी आयोजना निर्माण हुँदा डुबानमा पर्र्ने घरहरु पनि हालै गएको भूकम्पमा भत्केकोले ती घरहरुको पुननिर्र्माण र मर्मत संभारमा तत्काल खर्च दिई पुनस्र्थापना गरिएमा आयोजना सञ्चालन गर्ने समयमा जग्गा अधिग्रहण गर्दा पुनः मुआब्जा दिदा सरकारलाई दोहोरो आर्थिक भार पर्न जाने उल्लेख गरिएको छ । प्रतिनिधि मण्डलले अहिले नै राहत रकम र डुबानयोग्य क्षेत्रको मुआब्जा प्रदान गरी प्रभावित स्थानीयको पुनर्वास गर्न आग्रह गरेको छ । यसो गर्दा सरकारलाई आर्थिक बोझ कम हुने दाबी उनीहरुको रहेको छ । १२ सय मेगावाट क्षमतामा विकास गर्ने लागिएको नेपालको हालसम्मको सबैभन्दा ठूलो बुढी गण्डकी जलाशययुक्त आयोजनाको डिपीआर सकिएको छ । आयोजनाको विस्तृत अध्ययन गरिरहेको फ्रान्सको ट्रयाकवेल कम्पनीले यो आयोजनाबाट विस्थापित हुनेहरुलाई प्राथमिकता दिने गरी गोरखाको सिउरेनीटारमा नयाँ शहर बसाल्न सकिने संभावना औल्याएको छ । सम्बद्ध पक्षका अनुसार काठमाण्डौं,पोखरा र तराइको मध्यक्षेत्र नारायणगढको बीचमा पर्ने यो क्षेत्रमा सुन्दर शहर बसाउन सकिनेछ । १२ सय मेगावाट क्षमताकाको विद्युत निकाल्ने यो जलाशय नौका विहार र पर्यटकीय दृृष्टिले पनि चित्ताकर्षक रहने बताइन्छ  । गोर्खाको प्रतिनिधिमण्डलले बुढीगण्डकी पुनर्बासको अलवा भूकम्पले तहसनहस भएका बस्तीहरु, ऐतिहासिक, पुरातात्विक, धार्मिक महत्वका स्थलहरु , विद्यालय स्वास्थ्य चौकी र सरकारी भवनका साथै खानेपानी सडक र सिंचाइ जस्ता पूर्वाधारको पुनर्निर्माणको विषय पनि उठाएको थियो । सो प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भुकम्पले क्षतिग्रस्त भएका आरुटार, थापाटार मुच्चोक, मान्बुबेसी लगायतका सिंचाइ आयोजनाहरुको पुनर्निर्माण र  मर्मत तथा पुननिर्माण हुन नसक्ने स्थानमा वैकल्पिक व्यवस्था गर्न, गोरखकाली र मनकामना लगायतका मन्दीरहरुको शीघ्र संरक्षणको व्यवस्था गर्न, ध्वस्त भएका बस्तीहरुको एकीकृत र व्यवस्थित बसोबासको लागि गुरुयोजना तयार पारी पुननिर्माण गर्न, मनास्लु र चुमभ्याली जस्ता पर्यटकीय स्थान जाने मार्ग खोल्न उच्च प्राथमिकता दिन, हिमाली क्षेत्रका केरौजा, उहिया,सिर्दिबास,चुन्चेत,छेकम्पार,बिही,प्रोक,ल्हो र सामाका लागि राहत र जस्तापाता लैजान आरुघाटमा हेलिकोप्टर तैनाथी अवस्थामा राख्न र भूकम्प पीडितलाई अस्थायी आवासका लागि दिइने १५ हजार रुपैया पीडितहरुको हातमा पु¥याउन थप कर्मचारी खटाउने व्यवस्था गर्न माग गरेको छ । गोरखाली प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, नेपाली कांग्रेस गोरखाका सभापति हरि घले,पूर्वसभासद जीवनप्रेम श्रेष्ठ, नेपाली कांग्रेसका तर्फबाट गोर्खा १ मा संविधानसभाका  प्रत्याशी किरणबाबु मल्ल र मुस्लिम संघ नेपालका केन्द्रीय अध्यक्ष अब्दुल सतार लगायत सम्मिलित थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending