नाइजेरियाः बसस्टपमा ठोक्कियो फ्युल ट्याङ्कर, ७० मानिस जिउँदै जले
जेष्ठ १९ गते, २०७२ मगलवार 2nd June, 2015 Tue०९:०९:३४ मा प्रकाशित
नाइजेरिया, एक फ्युल ट्याङ्कर व्यस्त बस स्टेशनमा ठोक्किँदा भएको आगलागीले ७० मानिसहरु जिउँदै जलेका छन् । घटना नाइजेरियाको एक दक्षिण–पूर्वी शहर ओनित्शामा भएको रेड क्रसका अधिकारीहरुले जनाएका छन् ।
आइतबार अपरान्ह भएको उक्त दुर्घटनामा कयौँ घाइते भएका छन् भने १३ गाली जलेर खरानी भएका छन् । प्रारम्भिक सूचनाका अनुसार, फ्युल ट्याङ्कर नियन्त्रण बाहिर हुँदा सडक किनारामा बनेको एक बस स्टपमा ठोक्किन पुग्यो । जसका कारण ट्याङ्करमा आगलागी भयो । यो दुर्घटनामा बस–स्टपका रहेको १३ मोटरहरु पनि जलेको छ ।
‘धेरैजना मानिसहरु चिन्नै नसकिने गरि जलेका छन्,’ स्थानीय रेडक्रसका उपाध्यक्ष इमेका काची बताउँछन् । ‘डिएनए परिक्षणको लागि शवलाई टिचिङ हस्पिटलमा सारिँदै छ ।’
स्रोतः रोयटर्स
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: