Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

बजार निरन्तर ओरालो लागेपछि म्युचअल फण्डकाे अवस्था खराब

काठमाडौँ। धितोपत्र बजार निरन्तर ओरालो लागेपछि सामूहिक लगानीका लागि स्थापना भएका म्युचअल फण्ड (सामूहिक कोष)को अवस्था पनि खराब देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १३ वटा त्यस्ता फण्डमध्ये तीन वटाको मात्रै अवस्था राम्रो रहेको छ भने बाँकी रहेका १० को भने अवस्था आधारभूत मूल्यभन्दा तल रहेको पाइएको छ । शेयर बजारमा धेरैभन्दा धेरैको प्रवेश होओस् र सामूहिक लगानीका लागि सहज होस् भनेर स्थापित म्युचुअल फण्ड कार्यान्वयनमा ल्याइएको हो । स्टकका अनुसार सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको प्रतिइकाइ मूल्य रु ११ रहेको छ । यस्तै एनएमबी सुलभ इन्भेसटमेन्ट फण्ड एकको प्रतिएकाइ मूल्य ११ रुपैयाँ २५ पैसा रहेको छ । त्यस्तै लक्ष्मी भ्यालु फण्डको प्रतिएकाइ मूल्य १० रुपैया २५ पैसा रहेको छ । त्यसबाहेक अरु सबै सामूहिक लगानी कोषको अवस्था आधारभूत मूल्यभन्दा तल रहेको छ । त्यस्ता कोषको प्रतिएकाइ मूल्य रु १० रहने गरेको छ तर शेयर बजार निरन्तर ओरालो लाग्दा त्यस्तो कोषमा समेत प्रभाव परेको छ । सिटिजन म्युचअल फण्ड एकको प्रतिएकाइ मूल्य नौ रुपैयाँ ५२ पैसा रहेको छ । बजार घटेपछि सो फण्डको अवस्था समेत खराब रहेको छ । सो कोषको बजार पूँजीकरण रु ७८ करोड ६४ लाख रहेको छ । स्टकका अनुसार ग्लोबल आइएमइ समुन्नत स्कीम एक पनि आधारभूत मूल्यभन्दा तल रहेको छ । रु ९० करोड ६० लाख बजार पूँजीकरण रहेको सो म्युचअल फण्डको बजार मूल्य प्रतिएकाइ नौ रुपैयाँ छ पैसा रहेको छ । बजार घट्दै जाँदा लक्ष्मी इक्विटी फण्डको अवस्था पनि अरुको भन्दा फरक छैन । सो योजनाको बजार मूल्य प्रतिएकाइ आठ रुपैयाँ ५६ पैसा रहेको छ । रु एक अर्ब ७० करोड बराबरको बजार पूँजीकरण रहेको सो कोष केही समय पहिले आर्कषक मानिन्थ्यो । यस्तै लक्ष्मी बैंककै अर्को योजनाको रुपमा रहेको लक्ष्मी भ्याल्यू फण्ड भने नाफामा रहेको छ । प्रतिएकाइ १० रुपैयाँ १५ पैसा रहेको सो कोषको बजार पूँजीकरण रु पाँच अर्ब ७५ करोड रहेको छ । बजार पूँजीकरणमा दोस्रो स्थानमा रहेको नबिल बैंकको नबिल इक्विटी फण्डको अवस्था भने खराब रहेको छ । प्रतिएकाइ मूल्य आठ रुपैयाँ ६४ पैसा रहेको सो कोषको बजार पूँजीकरण रु एक अर्ब ८० करोड रहेको छ । सोही बैंकको अर्को योजनाको रुपमा रहेको नबिल प्रगति फण्डसमेत आधारभूत मूल्यभन्दा तल रहेको छ । सो कोषको प्रतिएकाइ मूल्य आठ रुपैयाँ ६८ पैसा रहेको छ । सो योजनाको बजार पूँजीकरण रु ६५ करोड १० लाख रहेको छ । त्यस्तै नबिल बैंकको नबिल समृद्धि फण्ड एक पनि आधारभूत मूल्यभन्दा कम रहेको छ । बजार पूँजीकरण रु ७२ करोड रहेको सो एकाइको बजार मूल्य नौ रुपैयाँ ६० पैसा रहेको छ । एनआइसी एशिया बैंकको प्रवद्र्धनमा रहेको एनआइसी एशिया ग्रोथ फण्डको प्रतिएकाइ मूल्य नौ रुपैयाँ २६ पैसा रहेको छ । सो योजनाको बजार पूँजीकरण रु ७७ करोड ३३ लाख ९५ हजार २०० रहेको छ । एनएमबी बैंकको प्रवद्र्धनमा रहेको एनएमबी हाइब्रिड फण्ड पनि शेयर बजार घटेसँगै आरोलो लागेको छ । प्रतिएकाइ मूल्य नौ रुपैयाँ ४२ रहेको सो योजनाको बजार पूँजीकरण रु नौ अर्ब ४२ करोड रहेको छ । लगानीकर्ताको मुख्य आर्कषणको रुपमा रहेको सो योजनामा समेत पछिल्लो समय आधारभूत मूल्यभन्दा तल आइपुगेको छ । सोही बैंकको प्रवद्र्धनमा रहेको एनएमी सुलभ इन्भेस्टमेन्ट फण्ड एकको अवस्था भने सकारात्मक रहेको छ । प्रतिएकाइ रु तीन रुपैयाँ २५ पैसा नाफामा रहेको सो योजनाको बजार पूँजीकरण रु ९९ करोड ३७ लाख ५० हजार रहेको छ । सानिमा बैंकको प्रवद्र्धनमा रहेको सानिमा इक्विटी फण्ड पनि आधारभूत मूल्यभन्दा तल रहेको छ । प्रतिएकाइ मूल्य नौ रुपैयाँ २३ पैसा रहेको सो योजनाको बजार पूँजीकरण रु एक अर्ब १९ करोड ९९ लाख रहेको छ । सिद्धार्थ बैंकले प्रवद्र्धन गरेको दुई वटा योजनामध्ये एकको प्रतिएकाइ रु एक नाफामा छ भने अर्कोको घाटामा रहेको छ । सिद्धार्थ इक्विटी ओरियन्टेड स्किममा रु एक नाफा देखिन्छ । सो योजनाको बजार पूँजीकरण रु एक अर्ब १० करोड रहेको छ । यस्तै सिदार्थ इक्विटी फण्डको अवस्था कमजोर रहेको छ । प्रतिएकाइ नौ रुपैयाँ २३ पैसामा कारोवार भएको सो योजनाको बजार पूँजीकरण भने रु एक अर्ब ३८ करोड ४५ लाख रहेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy