Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

यी नायिकाहरुले परिवारको इच्छाविरुद्ध पूरा गरेरै छाडे आफ्नो सपना

बलिउडमा यस्ता थुप्रै नायिकाहरु छन् जो आफ्नो परिवारको इच्छाविरुद्ध यो क्षेत्रमा लागेका छन् । यी नायिकाहरुले बोल्ड कदम उठाउँदै आफ्नो परिवारविरुद्ध गएर आफ्नो सपनालाई साकार पारेका छन् । यीमध्ये यस्ता नायिकाहरु पनि छन् जसले आफ्नो भूमिकाका लागि अभिभावकको गालीसमेत सुन्नु परेको थियो । \"2कंगना रनौत: बलिउडकी ‘क्विन’ भनेर चिनिने कंगना रनौत यो सूचीको पहिलो स्थानमा पर्छिन् । उनी एक हिमाचलको मन्डी जिल्लाको सानो गाउँकी हुन् । उनको परिवारको कोही पनि सिनेमा क्षेत्रमा छैनन् । उनलाई उनको परिवारले मेडिकल क्षेत्रमा करियर बनाएको हेर्न चाहन्थे तर कंगना अरु केही नै चाहन्थिन् । यो विषयमा उनी र उनको परिवारबिच थुप्रै विवाद भयो र उनको बुवाले उनलाई यो फिल्डको लागि पैसा दिन पनि अस्विकार गरिदिए । तर कंगनाले हार मानिनन् र आफ्नो मनको कुरा सुनेर अगाडि बढिन् । आज उनलाई बलिउडकी ‘क्वीन’ को रुपमा चिनिन्छ । \"3सोहा अली खानः सेफ अली खानकी बहिनी सोहा अली खान फिल्मी ब्याकग्राउन्डकी हुन् । उनकी आमा शर्मिला टेगोर आफ्नो जमानामा निकै चर्चित नायिका थिइन् । २५ वर्षको हुँदा फिल्मी क्षेत्रमा लाग्ने सोच राख्दा सोहाको परिवारले उनलाई रोकेको थियो । परिवारको साथ नहुँदा पनि उनले बलिउडमा प्रवेश गरेरै छाडिन् । यता सोहाकी बहिनी सबा लाइमलाइटबाट टाढा नै बस्ने गर्दछिन् । \"4मल्लिका सेरावतः मल्लिका सेरावतको घर हरियाणाको एउटा सानो गाउँमा थियो जहाँ महिलालाई काम गर्ने अनुमती थिएन । उनको परिवारमा सिनेमालाई राम्रो नजरले हेरिँदैन । यस्तो अवस्थामा मल्लिका फिल्मी क्षेत्रमा आउनु उनको बुवालाई सह्य थिएन । उनले मल्लिकालाई आफ्नो थरसमेत प्रयोग गर्न दिएनन् जसका कारण उनी रिमा लाम्बाबाट मल्लिका सेरावत बनिन् । \"5सिन्धु लोकनाथः साउथ एक्ट्रेस सिन्धु लोकनाथ पनि यही सूचीमा समावेश छिन् । फिल्मी क्षेत्रमा उनको करियर उनको परिवारले पनि स्विकार नगरेको उनी बताउँछिन् । उनी भन्छिन् – ‘मेरो बुवा मैले रोजेको करियरका बिरुद्ध थिए । तर पनि म यो क्षेत्रमा आएँ जसका कारण मेरो परिवार महिनौँसम्म मसँग बोल्नुभएन ।’ \"1सन्नी लियोनः सन्नी लियोनको अतितसँग सबैजना परिचित छन् । उनी एक पोर्न स्टार थिइन् र यो कुरा उनको अभिभावकलाई मनपरेको थिएन । जब सन्नीले आफ्नो पेसाको बारेमा आफ्नो परिवारलाई जानकारी दिइन् तब उनीहरु अचम्ममा परे । तर पछि उनीहरुले सन्नीले रोजेको करियर स्विकारे । \"6शर्लिन चोपडाः मोडल–नायिका शर्लिन चोपडा हैदराबादकी हुन् । उनले सबैभन्दा पहिले आन्ध्रा कन्टेस्टमा भाग लिइन् । त्यसपछि उनी मोडलिङमा आइन् । मोडलिङ र फिल्ममा उनको अंगप्रदर्शन उनको परिवारलाई मन परेन । उनको परिवार उनको करियरको विरुद्ध थिए । \"7करिश्मा कपुरः करिश्मा कपुर ‘कपुर खानदान’ की पहिलो छोरी थिइन् जसले बलिउडमा पाइला टेकिन् । करिश्माको यो निर्णयसँग उनको परिवार खुसी थिएनन् । तर उनले आफ्नो मेहनतले फिल्मी क्षेत्रमा सफलता हात पारिन् । करिश्मा पछि उनकी बहिनी करिना कपुरलाई फिल्मी क्षेत्रमा आउन परिवारबाट कुनै समस्या झेल्नुपरेन । \"8सुरवीन चावलाः कामुक नायिका सुरवीन चावलाले एडल्ट रोमान्टिक थ्रिलर ‘हेट स्टोरी २’ बाट बलिउडमा डेब्यु गरिन् । यो फिल्ममा उनले मज्जाले अंगप्रर्दशन गरेकी छिन् भने कामुक दृश्य पनि दिएकी छिन् । सुरवीनका परिवारले यो फिल्ममा उनको एक्सोपोजलाई पचाउन सकेनन् । उनीहरुले यो विषयमा सुरवीनसँग झगडा नै गरे । \"9अमिषा पटेलः सुपरहिट फिल्म ‘कहो ना प्यार हे’ बाट आफ्नो करियर सुरु गर्ने अमिषा पटेलको जिन्दगीमा यस्तो समय पनि आयो जब उनले आफ्नो परिवारविरुद्ध अदालतमा मुद्दा दर्ता गरिन् । उनले आफ्नो आमाबुवामाथि आफ्नो अकाउन्टको १२० मिलियनको सम्पत्तीलाई मिसम्यानेज गरेको आरोप लगाएकी थिइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending