Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

विद्यालयको कमजोरीका कारण विद्यार्थी परीक्षाबाट वञ्चित

काठमाडौँ, बल्खुस्थित जनविकास उच्च माविको कमजोरीका कारण यस वर्ष त्यहाँ अध्ययनरत कक्षा ११ का २२ विद्यार्थी परीक्षा दिनबाट वञ्चित हुने भएका छन् ।

यही जेठ २० गतेदेखि कक्षा १२ र आगामी असार १ गतेदेखि कक्षा ११ को परीक्षा हुँदैछ । गत फागुन १५ गतेभित्र परीक्षाको आवेदन फाराम बुझाउनुपर्नेमा विद्यार्थीले त्यसअगावै आफ्ना कागजात दिएपनि विद्यालयले उच्च माध्यमिक शिक्षा परिषद्मा समयमा पेस नगर्दा उनीहरूको एक वर्षको पढाइ खेर गएको छ । न्यायका लागि उनीहरुले अदालतको ढोका गुहारेको भएपनि समय गुज्रिएकाले परिषद्लाई कुनै आदेश दिन नमिल्ने फैसला भएको थियो ।

पीडित विद्यार्थी मनोज परियारले विद्यालयको कमजोरीका कारण यस वर्ष परीक्षा दिन नपाइएपछि अब निजी उमाविमा भर्नाको तयारी गरिरहेको बताए । अर्का पीडित विद्यार्थी राजन सापकोटाले आफूहरुले रोजेको उमाविमा दुई वर्षसम्म पढ्नका लागि कमजोरी गर्ने जनविकास विद्यालयले पढाइको व्यवस्था गर्ने सहमति भएको जानकारी दिए । तर के कारणले त्रुटि भयो र ती विद्यार्थीको पढाइ खर्च कुन स्रोतबाट मिलाउने भन्नेबारेमा जिज्ञाशा राख्न खोज्दा प्रधानाध्यापक शिवशङ्कर यादव सम्पर्कमा आउएनन् ।

परिषद्को परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक जयन्ती सत्यालले समयमा नआएका फारमबारे आफूहरुले केही गर्न नसक्ने जनाए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending