Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

यसकारण हामीले हटायौं समाचार !

काठमाडौं, हामीले खबरडबली डटकममा सोमबार प्रकाशित गरेको ‘राहतका नाममा पीडितमाथि यस्तो ज्यादति’ शीर्षक समाचार सामाजिक सञ्जालहरुमा व्यापक प्रयोग भएको एक तस्बिरमा आधारित थियो । राहत वितरणको क्रममा एउटी महिलालाई पछाडिबाट टाउकोमा समातेर जबर्जस्ती क्यामेरातर्फ फर्काइएको तस्बिर देखेपछि समाज र नागरिकप्रति जागेको स्नेहभावकै कारण हामीले सोही तस्बिरमा आधारित रही संक्षिप्त समाचार प्रकाशित गरेका हौं । त्यसबारे आधिकारिक एवम् पूर्ण जानकारी हुने व्यक्ति–संस्था–पक्षको खोजी गरिरहेकै थियौं र उक्त समाचारमार्फत समेत त्यस्ता पात्रसँग सम्पर्कको आग्रह गरेका थियौं । यसै सिलसिलामा मंगलबार त्यस तस्बिरसम्बद्ध व्यक्ति अरुण कुँवर खबरडबलीको सम्पर्कमा आए । आफूले व्यक्तिगत तवरमा संकलन गरेको राहत साँखु, सिन्धुपाल्चोक र नुवाकोटको माझीगाउँमा पुगेर वितरण गरेको उनले बताए । सोही क्रममा खिचिएका केही तस्बिर अरु युवालाई समेत प्रोत्साहन मिलोस् भन्ने उद्धेश्यका साथ सामाजिक सञ्जालमा पोस्ट गरिएको खुलाउँदै उनले सो तस्बिरमा देखिएका महिलाको टाउको समाती क्यामेरातर्फ फर्काउने व्यक्ति राहतकर्ता नभई स्थानीय नागरिक भएको प्रष्ट्याए । त्यसरी महिलालाई जबर्जस्ती क्यामेरातर्फ फर्काउने कार्यमा राहतकर्ताको जोडबल नरहेको तर सामाजिक सञ्जालमा पोस्ट गर्ने क्रममा भने उनको असावधानी रहेको प्रष्ट भइसकेपछि हामीले राहतकर्ता स्वयमसेवकमा पर्नजाने मानसिक–सामाजिक असरलाई ख्याल गरी उक्त समाचार हटाएका छौं । र, यहाँ प्रस्तुत गरेका छौं तिनै अरुण कुँवरको भनाइ जस्ताको तस्तै । –सम्पादक । यस्तो छ अरुण कुँवरको भनाइ– ‘म अरुण कुँवर, एड्भान्स इन्जिनियरिङ कलेजमा पढाउँछु । मेरा साथी भागवत अधिकारी, मर्सिडिजमा सर्भिस इन्जिनियर हुन् । तपाईंको अनलाइनमा प्रकाशित तस्बिर व्यक्तिगत हिसाबले राहत संकलन गरी साँखु, सिन्धुपाल्चोक र नुवाकोटको माझी गाउँमा वितरण गर्दाको हो । यही क्रममा सो तस्बिर नुवाकोटमा खिचिएको हो । हामीले जो सामान संकलन गरेका थियौं, तिनका दातालाई रिपोर्ट बुझाउनका लागि त्यो तस्बिर खिचिएको थियो । तस्बिरमा देखिएकी एक स्थानीय महिलाको टाउकोमा समात्ने व्यक्ति स्थानीय बासिन्दा हुन्, राहत वितरण गर्ने हाम्रो टोलीका मान्छे होइनन् । उनले हाँसीमजाककै क्रममा क्यामेरातिर नजर लगाउन आग्रह गर्दै ती महिलाको टाउकोमा हात पुर्याएकै अवस्थामा तस्बिर खिचिएछ । समाचारमा भनिएजस्तो राहतकर्ताले सस्तो प्रचारवाजीका निम्ति ती महिलालाई जबर्जस्ती क्यामेरातर्फ फर्काएको होइन । अरु युवाहरुलाई पनि राहत वितरणका निम्ति उत्प्रेरणा मिलोस् भन्ने उद्धेश्यका साथ हामीले उक्त तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थियौं । यो तस्बिरको परिणामबारे हामीले सावधानी अपनाउन सकेनौं । तर, सफा नियतका साथ अरुलाई समेत उत्प्रेरित गराउनुबाहेक हाम्रो अन्य उद्धेश्य थिएन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending