जेष्ठ २० गते, २०७२ बुधवार 3rd June, 2015 Wed११:५८:५० मा प्रकाशित
नेपाललगायत भारतमा समलैंगिकता एक निकै ठूलो बहसको मुद्दा हो । समलैंगिकको विषयमा हामीले धेरै सुनिसकेका छौं तर भर्खरै बेंगलरमा एक महिलाले आफ्नो छोरो को समलैंगिकतालाई हटाउन जे गरेकी छिन् त्यसको ठूलो विवाद सृजना गर्नेछ ।
आरोपित महिलाले आफ्नो तेसा्रेलिङ्गी छोराको बलात्कार गरेकी छिन् । आफूले छोरालाई उनको अवस्थाबाट पार गर्नको लागि बलात्कार गरेको बताएकी छिन् । यो भन्दा पहिले दिल्लीमा केही डाक्टरहरुले समलैंगिकतालाई भगाउनको लागि बिजुलीको झट्का र हर्मोनल ट्रिटमेन्टको बाटो अपनाउन सकिन दाबी गरेका थिए ।
आजकाल भारतमा आफ्नो सन्तानलाई यस्तो अवस्थाबाट छुटाउनका लागि ‘करेक्टिभ रेप’ गरिँदैछ । यस्तो कुकृत्य गर्नका लागि साधारण रुपमा आफ्नै परिवारको कुनै सदस्यलाई छान्ने गरिन्छ, विशेषगरि काकाको छोरा । तेलंगनामा काम गर्ने संस्था एलजीबीटी कलेक्टिभको क्राइसिस इन्टरवेन्सन टीमका अनुसार पीडितलाई आघात पुर्याउने यस्तो कुकृत्यविरुद्ध रिपोर्ट दर्ता पनि हुँदैन ।
दीप्ति ताडंकीले ‘करेक्टिभ सेक्स’ मा डकुमेन्ट्रीको लागि अनुसन्धान सुरु गरिन् जसका कारण यो घटना सार्वजनिक भयो । यो अनुसन्धानको क्रममा अर्को चकित पारिदिने घटना सार्वजनिक भएको छ । आफ्नी समलैंगिक बहिनीलाई पाठ सिकाउन उनका आफ्नै भाइले बलात्कार गरे । यस्तै केही घटनाहरु सार्वजनिक भए जसमा महिलाका आमा–बुवाले उनको समलैंगिकता भगाउनका लागि आफ्नै अथवा काकाको छोरालाई शारिरिक सम्बन्ध स्थापित गर्न दबाब दिइरहेका छन् ।
संगठनका अनुसार पछिल्लो पाँच वर्षमा उनीहरुसँग करेक्टिभ सेक्सको १५ घटना दर्ता भएका छन् । क्राइसिस इन्टरवेन्सनकी सदस्य वजयन्ती मोगली मान्छिन् कि यस्तो अझ थुप्रै घटना हुनसक्छन् जसको कुनै रिपोर्ट दर्ता गरिएको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: