Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

बागडोलस्थित एसफाल्ट प्लान्ट बन्द गर्न निर्देशन

काठमाडौँ, ललितपुरको बागडोलमा सञ्चालित एसफाल्ट प्लान्ट (रोडा र अलकत्रालाई तताएर मिसाउने उपकरण) बन्द गर्न व्यवस्थापिका–संसद्को वातावरण संरक्षण समितिको निर्देशन दिएको छ ।

नेपाल आदर्श निर्माण कम्पनी प्रालिको नाममा सञ्चालिन सो उपकरणले बस्ती वरपरको वातावरण प्रदूषण गरेको भन्दै समितिले बागडोलमा हाल सञ्चालनको कार्य तत्काल गर्न बन्दका लागि सरकारलाई निर्देशन दिएको हो ।

समितिको आजको बैठकमा सांसदहरुले सडक निर्माण भएका स्थानमा सीमित समय राखेर कार्य सम्पन्न भएपछि सार्नुपर्ने त्यस्तो उपकरण १८ वर्षदेखि कानुनको अटेर गरी बागडोलमा नै राखेको गुनासो गरेका थिए ।

कामको आवश्यकताअनुसार घुम्ती सेवाका रुपमा रहनुपर्ने सो उपकरणले कानुन मिचेर कार्य गर्नुका साथै वातावरण प्रदूषित गरेकाले तत्काल कार्य बन्द गर्नका लागि समितिले सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।

समितिका सभापति जनकराज चौधरीले सो स्थानमा तत्काल कार्य बन्द गर्नुका साथै तोकिएको मापदण्डमा रहि निश्चित स्थानमा मात्र काम गर्न पाउने समितिको निर्णय सुनाएका थिए ।

बैठकमा सरकारका मुख्यसचिव लिलामणि पौड्यालले गैरकानुनी रुपमा कार्य सञ्चालन गर्ने जोसुकैलाई छुट नभएको भन्दै तत्काल कानुनी कारबाहीका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए ।

मुख्यसचिव पौड्यालले वाग्मती सरसफाइ अभियानका क्रममा आफूले वातावरण प्रदूषण गर्ने कैयौँ उद्योगलाई बन्द गर्न गरेको प्रयासको अनुभव सुनाउँदै वातावरण प्रदूषण गर्ने छुट कसैलाई नभएको विचार व्यक्त गरे ।

बैठकमा नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रामशरण देउजाले एसफाल्ट प्लान्ट वातावरणका लागि रसायनजस्तो हानीकारक नभएको जानकारी दिँदै सडक निर्माणका लागि आवश्यक भएकाले निश्चित मापदण्ड र स्थान तोकेर काम गर्न सुझाव दिए ।

सो प्लान्टका सञ्चालक वीरेन्द्र पाण्डेले पाँच वर्षअघि विष्णुमति लिङ्क सडक निर्माणका लागि डल्लुमा रहेको सो उपकरण त्यसपछि सार्कका बेला सडक निर्माण गर्दा बागडोलमा राखेको जानकारी दिए ।

उनले काम पाएको स्थानसँगै उपरकरण सारिँदै आएको बताउँदै हाल थानकोट–नौबिसे सडक निर्माणका लागि बागडोलबाटै काम हुँदै आएको बताए ।

उद्योग विभागले सो प्रालिलाई उद्योगको वर्कसप तथा ग्यारेज नगरपालिका क्षेत्र बाहिर साविकको कीर्तिपुर गाविसमा राख्नुपर्ने सर्तका आधारमा दर्ता प्रमाणपत्र दिएको थियो । पछि सर्त पालना नगरेको र प्रदूषण गरेकाले सरकारले उद्योगलाई पाँच लाख जरिवानासमेत गराइएको विभागले जनाएको छ ।

विभागले सर्त विपरीत ललितपुर उपमहानगरपालिका–४ बागडोलमा कानुन विपरीत सञ्चालन भएको भन्दै आसफाल्ट प्लान्ट तत्काल हटाई उद्योग दर्ता प्रमाणपत्रमा उल्लेखित सर्तबमोजिम सञ्चालन गर्न यही जेठ १८ गते निर्देशनसमेत दिइसकेको छ ।

मुलुकभर यस्ता प्लान्ट १५ देखि २० को सङ्ख्यामा छन् भने काठमाडौँ उपत्यकामा मात्र पाँचवटा सञ्चालनमा रहेका छन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending