Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

क्रिकेट विकास बोर्ड गठन प्रस्तावमा पुनःविवाद सुरु

काठमाडौँ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामाले नेपाल क्रिकेट सङघ (क्यान)मा रहेको लामो समयदेखिको विवादलाई हटाउने उद्देश्यले क्रिकेट विकास बोर्ड गठन गरेको बताए पनि विवाद उत्पन्न भएको छ ।

यसअघि पनि क्यानमा नियुक्तिको विषयलाई लिएर युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र राखेप सदस्यसचिव युवराज लामाबीच द्वन्द्व चलेको थियो ।

त्यसपछि पनि मन्त्री पौडेल र सदस्यसचिव लामाबीच एसियाली खेलकुद, सदस्यसचिव बर्खास्तीलगायत विभिन्न सात मुद्दामा विवाद उत्पन्न भएपछि लामा सर्वाेच्च अदालतमा पुगेका थिए । तर केही समय मन्त्री पौडेल र राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पा एउटा मञ्चको कार्यक्रममा देखिएपनि क्रिकेट विकास बोर्ड प्रस्तावपछि पुनः विवाद सुरु भएको छ ।

प्रस्ताव सार्वजनिक भएको दिनदेखि नै हाल विवाद चुलिएको छ । तर क्रिकेटमा राजनीतिक हस्तक्षेप आइसिसीले मान्दैन जसको कारण बेलाबेलामा नेपाललाई चेतावनी पनि आउने गरेको छ ।

क्रिकेट विकास बोर्ड प्रस्तावबारे युवा तथा खेलकुद मन्त्रालयका सचिव दीनानाथ शर्माले सदस्यसचिवले ल्याएको प्रस्ताव सल्लाहबमोजिम भएपनि प्रस्तावका सबै प्रक्रिया नहेरी भन्न नसकिने बताए । राखेपबाट प्रस्ताव आइपुगेको छैन आएपनि राखेपको बोर्ड बैठक नबसी आएको प्रस्ताव कार्यान्वयन हुने सम्भावना कम हुने शर्मा बताउँछन् ।

राखेपका सदस्यसचिवले अघि सारेको क्रिकेट विकास बोर्ड नै नेपालको आधिकारिक क्रिकेट निकाय हुनसक्ने सम्भावना प्रबल देखिएको पनि राखेपकै उपाध्यक्ष लामा टेन्डी शेर्पाले सदस्यसचिवले सो बारे गरिरहेको काममा असन्तुष्टी जनाए ।

नेपाल क्रिकेट सङ्घकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले खेलकुदको नीतिनिर्माण गर्ने तहबाट प्रस्ताव आएकाले धेरै कुरा नबोल्ने बताए पनि नेपाली नागरिकको हैसियतले विवाद उत्पन्न भएर क्रिकेट विकास हुन्न, विवाद भएमा विकास बोर्ड बोर्डमा मात्र सीमित हुने बताए ।

परिषद्का सदस्यसचिव लामाले नेपाल क्रिकेट सङ्घ, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ( आइसिसी), एसियाली क्रिकेट काउन्सिल (एसिसी), खेलविज्ञ, कानुनविद्, खेलाडी, मन्त्रालयका सचिवसँग सल्लाह भइसकेको जनाउँदै यो बोर्ड नै आधिकारिक हुने बताए ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान राखेप बोर्ड र क्याबिनेटबाट पास भएपछि यसबारे प्रतिक्रिया दिन सहज हुने बताउँछन् ।

यसअघि, युवराज लामा सदस्यसचिव भइसकेपछि विनयराज पाण्डेको नेतृत्वमा रहेको नेपाल क्रिकेट सङ्घ विघटन गर्दै टङ्क आङबुहाङको नेतृत्वमा तदर्थ समिति चयन भएको थियो । तर तत्कालीन अध्यक्ष पाण्डेले तदर्थ कमिटीको सल्लाहकार हुन स्वीकार गरेपछि क्यानमा विवाद सुरु भएको थियो ।

केही समयपश्चात् क्यानका पदाधिकारी भ्रष्टाचार प्रकरणमा मुछिएपछि बर्खास्तीमा परेका थिए । त्यसपछि अध्यक्ष बनाइएका टिबी शाहको निधन भएपछि दीपक कोइराला कार्यवाहक अध्यक्ष बनाइएका थिए जसको कारण अझ पनि मन्त्रीपक्षका पदाधिकारी विरोधमा छन् । तर क्यानको विवादलाई कम गर्न विकास बोर्डको प्रस्ताव अघि सारिए पनि यसमा पनि विवाद उत्पन्न भइसकेको छ जसको कारण क्रिकेटको विकासमा धेरै असर परिसकेको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending