Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

म हुँदाहुँदै श्रीमान त अर्कैसँग पल्किएका रहेछन्

म सँधै सोच्थें, मेरो वैवाहिक जीवन ठिकठाक चलिरहेको छ । बिहे भन्दा केहि अघिदेखिनै हामीसँगै थियौँ र विवाहपछि दुई दशक संगै बितायौं । हाम्रा छोराछोरी पनि भए । मेरो श्रीमान एक सफल व्यापारी थिए, जो कामको सिलसिलामा थुप्रै पटक यात्रामा निस्कने गर्थे । त्यसैले म आफ्नो सन्तान हुर्काउन र बढाउनमै व्यस्त रहेँ । यद्यपि, उनी प्रत्येक बिदामा घर आउँथे । मैले यसलाई निक्कै सरल र सामान्य सम्बन्धको रुपमा लिएको थिएँ । उनी घरमा हुँदा सँधै खुसी देखिन्थे । यसबाहेक अरु के भइरहेको थियो, त्यसबारे मलाई अलिकति पनि संकेत थिएन । एकदिन अचानक म उनको अध्ययन टेबलमा केही खोज्न पुगे, त्यहाँ उनको ल्यापटप खुल्लै थियो । यसअघि मैले उनलाई कहिल्यै शंका गरिन त्यसैले पनि उनमाथि चियो चर्चो गरिन । तर त्यतिबेला उनको ल्यापटपमा इमेल खुल्ला थियो । एउटा इमेलमा लन्डनको एक होटल रिजर्भ गरिएको देखिएको थियो । उसले अघिल्लो दिनमात्रै आफू केही साथीसँग बिदा मनाउन जाने बताएको थियो । मलाई अचम्म लाग्यो, त्यसो भए त किन उनले होटल बुक गरे ? भन्ने प्रश्न उठ्यो मनमा । दिनभरी म त्यही कुराका बारेमा सोचिरहें । साँझ जब म ओछ्यानमा ऊ संगै पल्टिरहेको थिए, मेरो दिमागबाट त्यो कुरा जाँदै गएन । त्यसैले भएभरको साहस बटुलेँ र सोधेँ, उसले किन होटल बुक गर्यो ? तर, जवाफ आएन । उनी मौन हुनुले केही गम्भिर संकेत मिल्थ्यो । आधा घन्टापछि, म उठेँ र सोधेँ, ‘के भइरहेको छ यहाँ ?’ मलाई उसले बोलेको शब्द ठ्याक्कै याद छैन । उसले अरु कसैलाई भेट्न खोजेको थियो र यसप्रति उसले माफी मागेको थियो । म आफ्नो गाउन पक्रेर तल झरँे र बेस्सरी रोएँ । म ऊसँग एउटै कोठामा बस्न सक्ने अवस्थामा थिइन् । मेरो पछिपछि ऊ पनि तल झर्यो । म तिर फर्केर ऊ मेरो अघिल्तिर बस्यो र माफी माग्यो । उनले केही समय अगाडिदेखि आफू ट्रिप क्लब जान थालेको बताए, जहाँ उनले एक नृत्यांगनालाई भेटे । ऊ नृत्यांगनासँग नजिकिन थाले र सम्बन्धलाई अगाडि बढाउनका लागि ती महिलालाई भेट्न उनले होटलको कोठा बुक गरेको बताए । त्यसपछि मैले उसलाई सोधेँ, यौनसम्बन्ध पनि राख्ने गर्थ्यौ ? उसले आफूहरुबीच जिस्कनेबाहेक त्यस्तो नभएको बताए । म उनीमाथि विश्वास गर्न चाहन्थे । इमेल भेटेको तीन सातापछि मैले उसलाई सोधे, मेरो आँखामा हेरेर भन ती महिलासँग शारीरिक सम्बन्ध भएको थियो कि थिएन ? त्यसपछि उसले आफूहरुबीच यौनसम्बन्ध भएको स्विकार्यो र यो हप्तौँ, महिनौँदेखि चलिरहेको थियो । अहिले म सोच्छु, म उसलाई विश्वास गर्न आतुर थिएँ । म पूरै निराश थिएँ, तर पनि केही आशा थियो, मैले सोचँे, ‘ठिक छ, हामी दुवै मिलेर यसलाई समाधान गर्न सक्छौँ । यो एक अधबैँसे उमेरको खेल हो, हामी यसबाट निक्लने छौँ ।’ यता मेरा महिला साथीहरु हाम्रो बिदा ट्रिपमा मलाई सहभागी गराउन आतुर थिए । त्यसैले मैले सोचेँ, मेरो आफ्नो विचारलाई अघि बढाउन म ऊदेखि केही दिन टाढा रहनुपर्छ । यसबारे मेरा साथीहरुलाई बताएँ । मैले मसँग भएका कुरा आफूमै सीमित राख्न चाहेँ । ती केही दिन निक्कै गाह्रो र तिता थिए । म राम्ररी सुत्न सकिन, न खान नै । फर्केर हेर्दा, त्यो समयलाई मैले कसरी पार गरेँ त्यति दिमागमा छैन । जब म घर पुगेँ, धेरै कुराकानी भयो । म धेरै नै रोएँ । तर, सत्य यो हो, कुनै पनि यौनसम्बन्ध राख्नका लागि होटल बुकिङ गरिँदै गरेको इमेलको अगाडि पुग्नु त्यो एक संयोग मात्रै थिएन भन्ने मलाई लागिरहेको थियो । त्यो एक संयोगभन्दा निक्कै परको कुरा थियो । इमेल भेटेको तीन सातापछि मैले उसलाई सोधे, मेरो आँखामा हेरेर भन ती महिलासँग शारीरिक सम्बन्ध भएको थियो कि थिएन ? त्यसपछि उसले आफूहरुबीच यौनसम्बन्ध भएको स्विकार्यो र यो हप्तौँ, महिनौँदेखि चलिरहेको थियो । मलाई यी पुरुषलाई हेर्दा लाग्छ, यतिका वर्षसँगै व्यक्तिले कसरी लुकाउन सक्यो यो सब ? मैले कसरी थाहा पाउन सकिन केही गलत भइरहेको छ, भनेर । जुन मान्छेलाई म चिन्छु भन्थेँ उसले आफूलाई जुन कुरामा संलग्न गरायो, मैले कसरी थाहा पाउन सकिन भन्ने कुरा बुझ्न सकिरहेकी थिइन् । मेरो दिमागमा केही सुझिरहेकै थिएन । त्यसपछि मैले सबै मेल हेर्न थालेँ । उसले मलाई बताएको समयभन्दा अगाडिदेखिको मिति भेटेँ । अन्य थुप्रै मितिमा होटल बुक गरिएको थियो, एक दुई वर्ष अगाडिका इमेल पनि हेरँे, उसले बताएको कहानीसँग मेल खाँदैन, उसले कहिलेबाट महिलाहरुसँग भेटिरहेको थियो । एकदिन नयाँ मोड आयो, जब हामी बाहिर हिड्न निस्केका थियौं । मैले उसलाई भने, ‘मलाई सबै जान्नुछ । म दबाब दिइरहनेछु, किनकि मलाई लाग्दैन मलाई सबै कुरा थाहा भइसक्यो ।’ मैले उसलाई बैंकको जानकारी, उसका सबै इमेल देखाउन दबाब दिएँ । मैले सत्य कुरा जान्न पाउनुपर्ने बताएँ । त्यसपछि उसले भन्यो, ‘तिमी साँच्चिकै सत्य जान्न चाहन्छौ ?’ त्यसपछि उसले जे भन्यो त्यो निक्कै भयानक थियो मेरा लागि । \"\" हाम्रो विवाह भएपछि यौन व्यवसायी महिलासँग सम्बन्ध बनाइरहेको, प्रशस्तै अश्लिल फिल्म हेर्ने गरेका, विदेश भ्रमणमा रहँदा स्ट्रिप क्लब, सेक्स क्लब र सेक्स सिनेमा गएको, सबै एक एक गर्दै भन्यो । यी कुरा मैले कसैलाई भनिन्, एक–दुई जना साथीले शंका गर्थे र सबै ठिक छ नि भनी सोध्थे । तर मैले ‘म थाकेको छु, आमालाई सन्चो छैन’ जस्ता बाहना बनाउँथे । ‘म निक्कै हतास थिएँ, मानिसहरु के भन्छन् होला यदि मैले उनीहरुलाई यो कुरा भनेँ, भने । उनीहरु के सोच्छन् होला श्रीमान्को बारेमा र मेरो बारेमा । हाम्रो वैवाहिक सम्बन्धका बारेमा आलोचना गर्छन् होला र कति लज्जास्पद वैवाहिक जीवन सोच्छन् होला, मान्छेहरु श्रीमानलाई खुसी राख्न नसक्ने, नराम्री महिला भन्छन् होला मलाई,’ यस्तै कुरा दिमागमा खेलिरहन्थ्यो । त्यसो त म एक आत्मविश्वासी महिला हुँ । त्यो अर्धबैंसे उमेरमा केही मोटो हुन, छाला चाउरी पर्नु, बुढी हुँदै जानु स्वाभाविक थियो । तर, यी कुराले मेरो आत्म–सम्मानमा धक्का पुग्यो । मैले अलि बढी मेकअप लगाउन थालँे, जतिसक्दो सुन्दर देखिन प्रयास गरे । मेरो केही तौल घटिसकेको थियो । मलाई केही खाने कुरा खान मन लाग्ने हुन केही समय लाग्यो । केही नयाँ कपडा किनेँ, कपाललाई नयाँ रुप दिए । हिजोआज ऊ (श्रीमान्) राम्रो महशुस गरिरहेको छैन भन्ने मलाई थाहा थियो । उसलाई मेरो सहयोगको खाँचो छ भन्ने लाग्यो । वास्तवमा ऊ बिरामी थियो । जब मैले उसलाई क्लिनिक लगेँ, त्यहाँ उसको व्यवहार हेर्दा उसलाई ‘सेक्स एडिक्ट’ रहेको बताइयो । मैले सोचेँ, ‘ऊ बिरामी छ, केही गलत भइरहेको छ ।’ ‘यो हुनु नै थियो’ भनी आफूलाई आश्वास्त पार्थे । तर, जब ऊ एकपटकको काउन्सिलिङ सेसनबाट आयो, उसले आफूलाई सेक्स एडिक्सन नभएको वा केही खराब बानी मात्रै भएको बतायो । तर, मलाई उसको यो भनाई सुन्न गाह्रो भयो, दुई–तीन दिनसम्म असर पुर्यायो । जब हामीले ‘म्यारिज गाइडेन्स’ को सहयोग लिन थाल्यौँ, विस्तारै सुधार आउँदैथ्यो । उसको एउटा कुरा राम्ररी सम्झन्छु, मैले सत्य थाहा पाउनुअघि उसको जीवन अँध्यारो सुरुङभित्र रहस्य बोकेर लुकाउँदै र झुटो बोल्दै हिड्नुजस्तै भएको बताएको थियो । अहिले ऊ सुरुङको अन्तिम विन्दुमा आशाको मधुरो किरण देख्छ । र म उसलाई हेरेर सोच्छु, ‘यो तिम्रो लागि राम्रो हो, तर म अँध्यारोमा छु, मेरा लागि सबै कुरा अँध्यारो र मधुरो छ र अहिले म रहस्य बोकेर हिँडेको छु, किनकि म कसैलाई के भइरहेको छ भन्न सक्दिन ।’ त्यो निक्कै अन्यायपूर्ण थियो भन्ने महशुस गर्छु । अहिले हाम्रो वैवाहिक सम्बन्ध विगतमा भन्दा राम्रो छ, सुन्दा अचम्म लाग्नसक्छ, तर हामीले ‘म्यारिज गाइडेन्स’ सँग केही महिना बितायौँ । हामी पहिलेको भन्दा बढी खुल्छौँ एक–अर्कामा । हामी धेरै कुरा गर्छौ, विशेषगरी महशुस, स्नेह, प्रेमका कुरा गर्छौ । अहिले पनि कहिलेकाही आफूलाई कमजोर पाउँछु । हाम्रो वैवाहिक सम्बन्ध र मेरो भावना उल्टो चलिरहेको छ । के म उसलाई माफ गर्न सक्छु होला ? थेरापिस्टसँग मैल धेरैजसो कुरा गरेको विषय यही हो र मलाई थाहा छैन, माफी दिने के हो । मलाई लाग्दैन, म उसलाई माफी दिनसक्छु । उसले दिएको चोट गहिरो छ । तर पनि म ऊसँग हुन चाहन्छु, म उसलाई प्रेम गर्छु र ऊसँगको जीवन राम्रो लाग्छ । के यसलाई माफी दिनु भनिन्छ ? मलाई थाहा छैन । हामी एक–अर्कासँग सहज छौँ, हामी एक असल साथी हौँ, म अझै पनि उत्तिकै माया गर्छु र उसले पनि त्यसरी नै सधैं माया गरेको बताउँछन् । म मेरा छोराछोरीलाई लिएर चिन्तित छु, उनीहरुले आफ्नो पितालाई दिने सम्मान गुमाइसके भन्ने लाग्छ । बीबीसी र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE