Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

‘लिपुलेक सम्झौता’ विरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने विज्ञहरूकाे चेतावनी

  काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा गएका बेला नेपाली भूमि लिपुलेकमा व्यापारिक नाका खोल्ने भनी दुई देशबीच भएको सम्झौतविरुद्ध विज्ञहरु आक्रोशित भएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले बुधबार राजधानीमा आयोजना गरेको ‘भारत–चीन नयाँ व्यापार सम्झौता, लिपुलेक र नेपाली राष्ट्रियता’ विषयक अन्तत्र्रिmया कार्यक्रममा उनीहरुले आवश्यक परे अन्तर्राष्ट्रिय अदालत, हेगमा जाने चेतावनी समेत दिएका छन् । नेकपा मओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले पहिलेदेखि नै भारतको विस्तारवादी नीतिबाट नेपाली जनता प्रताडित हुँदै आएकोमा चीनले पनि भारतीय हस्तक्षेपकारी भूमिकामा सहमति जनाउनुले आफ्नो पर्र्टीलाई गम्भीर बनाएको बताए । अब कालापानीबाट भारतीय सेना फर्केर जाने दिन अएको उल्लेख गर्दै बास्तोलाले अहिलेसम्मको क्षतिपूर्ति भारतले दिनुपर्ने बताए । \"Dharmendra\"परराष्ट्र मामिलाका जानकार हिरण्यलाल श्रेष्ठले सन् १९६२ मा चीनलाई ‘वाच’ गर्न नेपाली भूमि कब्जा गरेर लिपुलेकमा बसेको भरतीय कुदृष्टिको हेक्का नगरी चीनले हस्ताक्षर गर्नुले नेपालाई पीडाबोध भएको बताए । श्रेष्ठले कुनै पनि हालतमा उक्त सहमति खारेज हुनुपर्ने बताउँदै अन्यथा अन्तर्राष्ट्रिय अदालतमा जान नेपाली देशभक्तहरु बाध्य हुने चेतावनी दिए । सीमाविद् बुद्धिनारायण श्रेष्ठले छिमेकी मुलुकहरुबाट राष्ट्रहितविपरीत कार्य हुँदा पनि सरकार वा राजनीतिक दलहरु चुप बस्नुलाई नलायकीपन बताउँदै लिपुलक मात्र नभई लिम्पियाधुरासम्म नेपाली भूमि रहेको तथ्य आफूले दिन सक्ने बताए । उनले पनि चीन र भारतले नेपाललाई ‘सानो देश’ ठान्दै पेलेर जान नमिल्ने बताए । उनले नेपाल सरकारले विरोधपत्र दिनुपर्ने बताउँदै ‘काले–काले मिलेर खाउँ भाले’ को स्थितिमा छिमेकी मुलुकहरु लागेको आशंका गरे । प्राध्यापक डा. सुरेन्द्र केसीले भारत–चीनको लिपुलेक सम्झौताले कुनै हालतमा नेपालको हित नगर्ने दाबी गर्दै यसमा नेपाल सरकारसामु कडा प्रतिवाद गर्नुको विकल्प नरहेको बताए । उनले भने ‘लिपुलेकमाथिको भारत–चीन सम्झौता’ तत्काल खारेज गर्न कूटनीतिक पहल जरुरी छ ।’ आवश्यक परे संघर्षमा उत्रनुपर्ने केसीको भनाइ छ । चीनका लागि नेपाली पूर्वराजदूत राजेश्वर आचार्यले नेपालको एक इन्च भू–भग कसैले हडप्ने कुचेष्टा गर्छ भने चुप लागेर बस्नु पूर्खाहरुको अपमान हुने बताए । विज्ञहरु डा. द्वारिकानाथ ढुङ्गेल, सीमाविद् चेतेन्द्रजंग हिमाली, फणिन्द्र नेपाल, सूर्यनाथ बास्तोलालगायतले लिपुलेक मात्र नभई लिम्पियाधुरासम्म नेपालको भूमि भएको यथेष्ठ प्रमाण भएकाले राष्ट्रियताविरोधी सम्झौताको विरोध गर्नुपर्ने बताए । उनीहरुले सरकारले भारत र चीनसँग सिधा वा कूटनीतिक पहलकदमी लिनुपर्ने धारणा राखे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending