Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

अफगान सुरक्षाफौजको मृत्युदर बढ्यो, नयाँ भर्नामा समस्या

काबुल । तालिबानी लडाकूसँगको भिडन्तमा अनगिन्ती साथीहरु गुमाएसँगै अफगानी सुरक्षाकर्मीहरु सेवाबाट पलायन हुन थालेका छन् । अझ, कतिपय सैनिकको तलब सेनाका उच्च अधिकारीले नदिएको उनीहरुको गुनासो छ । अफगानी सेनामा कार्यरत बेग मात्र होइन त्यस्तो सोचाईमा धेरै अफगानी सेना पुगेको पाइएको छ । विगत १७ वर्षदेखिको हिंसात्मक द्वन्द्वमा तालिबानले एकपछि अर्को सफलता प्राप्त गर्नुका साथै अफगानी सेनाको मृत्युको संख्या पछिल्लो समय एकाएक ह्वात्तै बढेको छ । सन् २०१५ देखि मुलुकको सुरक्षा जिम्मेवारी पाएको अफगानी सेना र प्रहरीका झण्डै ३० हजारको मृत्यु भइसकेको छ । अफगान राष्ट्रपति अस्ररफ घानीले हालैमात्र सार्वजनिक गर्नुभएको यस तथ्यले सरकार र विद्रोही पक्षमा भएको हताहत हुने ठूलो संख्या देखाएको छ । अर्थात् दैनिक करिब २० अफगान सैनिकको मृत्यु भइरहेको छ । “यहीक्रमले अफगानी सेनाको मृत्यु भइरहने हो भने नयाँ भर्ना हुने व्यक्ति नै फेला पार्न कठिन छ,” सैनिक विश्लेषक अतिकुल्लाह अमरखाइलले बताए । भयावह मृत्युदरले पहिल्यै कमजोर रहेको फौजको मनोबल अझ खस्केको छ । सन् २०१८ को तेस्रो चौमासिकमा करिब ९ हजार सैनिक कटौती भएको छ, र सैनिक परिचालनको कूल संख्या तीन लाख १२ हजार मात्र भएको छ । सैनिक कटौती हुनुको प्रमुख कारण बढ्दो चोटपटक र घर बिदामा गएकाहरु नफर्किनु रहेको बताइएको छ । अफगानी सैनिक बेग पनि घर बिदाबाट काममा नफर्केका एक जना हुन् । “लडाइँमा दिनहुँ ५ देखि १० जना साथी गुमाएको देखेको छु” २६ वर्षीय बेगले बताए । उनी उत्तर प्रान्त जोजानमा खटिएका थिए । “मेरो युनिटमा तालिबानले दुईपटक आक्रमण गरेका थिए, तर इश्वरको कृपाले मात्र बाँच्न सफल भएँ । अब त फेरि त्यहाँ जान्नँ । म अब गाउँमै फर्किएर श्रमिक काम गर्नेछु,” उनी भन्छन् । एक विवरण अनुसार सन् २०१५ मा मात्र पाँच हजार अफगान सैनिक मारिएका थिए । युद्धमा कठिन हुने देखिएपछि सन् २०१७ यता सरकारले मृत्यु भएका सेनाको विवरण सार्वजनिक गर्न बन्द गरेको छ । अमेरिकी संस्था सिगारलाई अफगानिस्तानमा तैनाथ नेटोले दिएको विवरणमा विगतभन्दा परिस्थिति अझ विकराल बनेको उल्लेख छ । एकजना २४ वर्षीय सैनिक आशीकुल्लाह भन्छन्, “हरेक दिन हाम्रा साथीहरु मरिरहेका छन् । हामीसँग राम्रा उपकरण पनि छैनन् । त्यही कारण धेरै साथीहरुले सैनिक सेवा छाडेका छन् वा मारिएका छन् ।” मृत्यु हुने र घाइते हुनेक्रम बढेसँगै अफगानिस्तानका कतिपय क्षेत्रमा नयाँ भर्ना गर्न कठिन भएको छ, गृहमन्त्रालयका भर्ना प्रमुख मोहम्मद दाउदले स्वीकार गरे । नाम नबताउने शर्तमा एक जना अधिकारीले भने– उत्तरी प्रान्त बाल्खको प्रहरी भर्ना केन्द्रमा झण्डै ८० प्रतिशतले कमी आएको छ । तर जलालाबाद राजधानी रहेको नान्गरहरको एक केन्द्रले भने भर्ना हुन चाहनेको संख्या बढी रहेको जनाएको छ । रक्षा मन्त्रालयका प्रवक्ता जावद अहमद गफोरले सेनामा भर्ना हुन चाहनेको संख्यामा कुनै कमी नआएको दाबी गरे । नान्गरहरमा भेटिएका २४ वर्षीय फज्लुल्लाहले आफू मुलुकको सुरक्षाका लागि प्रतिबद्ध रहेको र सेनामा भर्ना हुन चाहेको बताए । अफगान र अमेरिकी सैनिकले भने विद्रोही लडाकूतर्फ पनि ठूलो क्षति भएको बताएका छन् । तर जतिसुकै लडाकू मारिए पनि लडाइँमा कुनै कमी आएको छैन । “उनीहरुले हरेक रात आक्रमण गरिरहेकै छन्,” घाज्नीका २९ वर्षीय एकजना प्रहरी अधिकारी इनायातुल्लाहले बताए । बारुदी सुरुङ विस्फोटमा उनी दुईपटक घाइते भइसकेका छन् । “केही दिनभित्रै मेरो जागिर सकिँदैछ र म फेरि भर्ना हुन्न ।”  एएफपी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies