Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

अफगान सुरक्षाफौजको मृत्युदर बढ्यो, नयाँ भर्नामा समस्या

काबुल । तालिबानी लडाकूसँगको भिडन्तमा अनगिन्ती साथीहरु गुमाएसँगै अफगानी सुरक्षाकर्मीहरु सेवाबाट पलायन हुन थालेका छन् । अझ, कतिपय सैनिकको तलब सेनाका उच्च अधिकारीले नदिएको उनीहरुको गुनासो छ । अफगानी सेनामा कार्यरत बेग मात्र होइन त्यस्तो सोचाईमा धेरै अफगानी सेना पुगेको पाइएको छ । विगत १७ वर्षदेखिको हिंसात्मक द्वन्द्वमा तालिबानले एकपछि अर्को सफलता प्राप्त गर्नुका साथै अफगानी सेनाको मृत्युको संख्या पछिल्लो समय एकाएक ह्वात्तै बढेको छ । सन् २०१५ देखि मुलुकको सुरक्षा जिम्मेवारी पाएको अफगानी सेना र प्रहरीका झण्डै ३० हजारको मृत्यु भइसकेको छ । अफगान राष्ट्रपति अस्ररफ घानीले हालैमात्र सार्वजनिक गर्नुभएको यस तथ्यले सरकार र विद्रोही पक्षमा भएको हताहत हुने ठूलो संख्या देखाएको छ । अर्थात् दैनिक करिब २० अफगान सैनिकको मृत्यु भइरहेको छ । “यहीक्रमले अफगानी सेनाको मृत्यु भइरहने हो भने नयाँ भर्ना हुने व्यक्ति नै फेला पार्न कठिन छ,” सैनिक विश्लेषक अतिकुल्लाह अमरखाइलले बताए । भयावह मृत्युदरले पहिल्यै कमजोर रहेको फौजको मनोबल अझ खस्केको छ । सन् २०१८ को तेस्रो चौमासिकमा करिब ९ हजार सैनिक कटौती भएको छ, र सैनिक परिचालनको कूल संख्या तीन लाख १२ हजार मात्र भएको छ । सैनिक कटौती हुनुको प्रमुख कारण बढ्दो चोटपटक र घर बिदामा गएकाहरु नफर्किनु रहेको बताइएको छ । अफगानी सैनिक बेग पनि घर बिदाबाट काममा नफर्केका एक जना हुन् । “लडाइँमा दिनहुँ ५ देखि १० जना साथी गुमाएको देखेको छु” २६ वर्षीय बेगले बताए । उनी उत्तर प्रान्त जोजानमा खटिएका थिए । “मेरो युनिटमा तालिबानले दुईपटक आक्रमण गरेका थिए, तर इश्वरको कृपाले मात्र बाँच्न सफल भएँ । अब त फेरि त्यहाँ जान्नँ । म अब गाउँमै फर्किएर श्रमिक काम गर्नेछु,” उनी भन्छन् । एक विवरण अनुसार सन् २०१५ मा मात्र पाँच हजार अफगान सैनिक मारिएका थिए । युद्धमा कठिन हुने देखिएपछि सन् २०१७ यता सरकारले मृत्यु भएका सेनाको विवरण सार्वजनिक गर्न बन्द गरेको छ । अमेरिकी संस्था सिगारलाई अफगानिस्तानमा तैनाथ नेटोले दिएको विवरणमा विगतभन्दा परिस्थिति अझ विकराल बनेको उल्लेख छ । एकजना २४ वर्षीय सैनिक आशीकुल्लाह भन्छन्, “हरेक दिन हाम्रा साथीहरु मरिरहेका छन् । हामीसँग राम्रा उपकरण पनि छैनन् । त्यही कारण धेरै साथीहरुले सैनिक सेवा छाडेका छन् वा मारिएका छन् ।” मृत्यु हुने र घाइते हुनेक्रम बढेसँगै अफगानिस्तानका कतिपय क्षेत्रमा नयाँ भर्ना गर्न कठिन भएको छ, गृहमन्त्रालयका भर्ना प्रमुख मोहम्मद दाउदले स्वीकार गरे । नाम नबताउने शर्तमा एक जना अधिकारीले भने– उत्तरी प्रान्त बाल्खको प्रहरी भर्ना केन्द्रमा झण्डै ८० प्रतिशतले कमी आएको छ । तर जलालाबाद राजधानी रहेको नान्गरहरको एक केन्द्रले भने भर्ना हुन चाहनेको संख्या बढी रहेको जनाएको छ । रक्षा मन्त्रालयका प्रवक्ता जावद अहमद गफोरले सेनामा भर्ना हुन चाहनेको संख्यामा कुनै कमी नआएको दाबी गरे । नान्गरहरमा भेटिएका २४ वर्षीय फज्लुल्लाहले आफू मुलुकको सुरक्षाका लागि प्रतिबद्ध रहेको र सेनामा भर्ना हुन चाहेको बताए । अफगान र अमेरिकी सैनिकले भने विद्रोही लडाकूतर्फ पनि ठूलो क्षति भएको बताएका छन् । तर जतिसुकै लडाकू मारिए पनि लडाइँमा कुनै कमी आएको छैन । “उनीहरुले हरेक रात आक्रमण गरिरहेकै छन्,” घाज्नीका २९ वर्षीय एकजना प्रहरी अधिकारी इनायातुल्लाहले बताए । बारुदी सुरुङ विस्फोटमा उनी दुईपटक घाइते भइसकेका छन् । “केही दिनभित्रै मेरो जागिर सकिँदैछ र म फेरि भर्ना हुन्न ।”  एएफपी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE