मलाई घेरा हालेर भनियो – ‘भाग्ने कुरा नगर्नुस्, ज्यानमाथि जे पनि हुन सक्छ’
जेष्ठ २१ गते, २०७२ बिहिवार 4th June, 2015 Thu१५:२०:४८ मा प्रकाशित
काठमाडाैं, जेठ १८ गते कलेजहरुको तस्बिर संकलन गर्ने क्रममा चापागाउँको बज्रबाराही उच्च मावि पुगेको थिएँ । विद्यार्थीकोे अवस्था विद्यालयक भवनको अवस्था बारे तस्बिर खिच्दै थिएँ । एउटा भवन देखेँ सँगै विद्यार्थी पनि । असुरिक्षत भनेर जिल्ला शिक्षा कार्यलयले रातो स्टिकर टाँसेको थियो । भवितव्य दुर्घटना भयो भने, के होला भनेर सोचें । खतरापूर्ण अवस्था देखेपछि तस्बिर लिएँ । अफिसमा त्यो फोटो दिइनँ । भोलीपल्ट राजधानीका धेरै विद्यालयमा समस्या भएको समाचार छापामा आयो ।
भोलीपल्ट सम्पादक मण्डलले एउटा तस्बिरको खोजी गरे । असुरिक्षत भएको तस्विर खोजी गरे । मैले क्याप्सन लेखेर दिएँ । दुईवटा भवनमा खतरा थियो । फोटो राजधानी दैनिकको पहिलो पृष्ठमा छापियो । त्यो तस्बिर सानोसानो बच्चाहरुका लागि खिचेको थिएँ । प्रेसले देखाउनुपर्ने जिम्मेवारी निभाएको थिएँ ।
भोलीपल्ट अफिस आउने क्रममा कुपन्डोलको ओरोलो झर्दै थिएँ । चापागाउँबाट फोन आयो । उठाएँ । ‘अशोकजी तपाईं तुरुन्त आउनुस् ।’ एक्कासी यस्तो आवाज आयो । मैले ‘को बोल्नु भयो, के काम थियो’ भनेर सोधेँ । ‘तपाईंले तस्बिर छाप्नुभयो, त्यो किन छाप्नुभयो, अनुमति कोसँग लिनु भयो ।’ यस्तै आवाज आइरह्यो ।
फोटो पत्रकारले सार्वजनिक स्थलमा फोटो खिच्न कसलाई सोध्नुपर्ने हो र ?’ मैले जवाफ फर्काएँ । तर तुरुन्त आउनस् भनेर दबाव आइ नै रह्यो । तर सम्भव थिएन । ‘आउन सक्ने अवस्था छैन’ मैले भनेँ । म आएर केही पनि हुँदैन । राजधानी दैनिकको कार्यलयमा आउनस् ,सम्पादकसँगै बसेर सल्लाह गर्नुस् अनि खण्डन छाप्नुस् भनेँ । तर उहाँले ‘तपाईं बदमासी गर्ने, फोटो छाप्ने, तुरुन्त आउनुस्’ यस्तो आदेश गर्नुभयो । मलाई फोन गर्ने सोही विद्यालयका प्रधानाध्यापक रामेश्वर महर्जन रहेछन् ।
मैले उहाँलाई ‘मलाई धम्कीपूर्ण भाषा प्रयोग गरेर बोलाउनु भएको छ, म कसरी आउँ’ भनेको थिएँ । उहाँले ‘बडिगार्ड लिएर आउनुस्’ भन्नुभयो । ‘म गुण्डागर्दि गर्दिनँ साधारण मान्छे कसो गरुँ ?’ मेरो जवाफ थियो ।
‘तपाईं आउनुहुन्न भने तपाईं माथि जे सुकै हुन सक्छ ।’ यो अन्तिम वाक्य बोलेर उहाँले फोन राख्नु भयो ।
त्यो दिन कल आएन । त्यतिबेलै प्रमुख संवाददातालाई फोन गरेँ । घटनाको विवरण सुनाएँ । सो विद्यालयको ५ वटा भवन मध्ये २ वटा असुरक्षित थियो । अन्य सुरक्षित थियो । निकै दबाब आएपछि राम्रो फोटो छाप्ने भन्ने कुरा भयो ।
राम्रो फोटो छापिदिने उद्देश्यसहित म बुधबार बिहान १० बजे सोहि विद्यालय गएँ । टिटि खेल्ने कार्यक्रम रहेछ । गेटमै उभिएँ । रामेश्वर सरले हातको इशाराले आदेशपूर्ण तरिकाले बोलाउनुभयो । म अगाडि गएँ । अफीस भित्र छिरेपछि ‘यहाँ बस्नुस्’ भनेर ठाउँ देखाउनुभयो । एकछिनपछि अर्को कोठातर्फ त्यसरी नै बोलाउनु भयो । अर्को रुममा गएँ । बीचमा थिएँ । चारैतिर सरहरु हुनुहुन्थ्यो । सबै जनाले घेरिरहेका थिए । घेराबीच ‘यो तस्बिर किन छाप्नुभयो ?’ भनेर सोध्नुभयो । डिस्कसन सुरु भयो । मैले आफ्नो कुरा राखेँ । उहाँले भन्नुभयो – ‘तपाईंको बाट परिचालित हुनुहुन्छ ?’ मैले भने – ‘प्रमाणित गर्नुस्, झुण्डिन तयार छु ।’
अन्यले ‘पत्रकारिता हामीले पनि जानेका छौं भनेर सिकाउँदै थिए । धेरै सरहरु एकपछि अर्को पालैपालो सबैले कराउन थाले । ‘तपाईंले के सोच्नु भयो, तपाईंलाई यहिँबाट अपहरण गर्न सक्छु । तपाईंलाई जे पनि हुन सक्छ । तपाईंको ज्यानमाथि जे पनि हुन सक्छ । यो भाग्ने कुरा नगर्नुस् । हाम्रा मान्छे बोलाउँछौं ।’ यस्तै शब्दहरुले मलाई धम्क्याउन थालियो ।
मैले तस्बिर छाप्ने कुरा मेरो होइन । सम्पादक मण्डल को कुरा हो भनेँ । खण्डन छाप्ने कुरा पनि सम्पादक कै कुरा हुन्छ भनेको थिएँ । ‘रातो किन छाप्नु भयो, अब हरियो छाप्नुस ।’ यस्तै भनाईहरु ममाथी बर्सिरहे ।
सबै विद्यार्थीहरु थिए । बेइज्जतिपूर्ण अवस्था आयो । धम्की दिएर बेइज्जत गरेपछि तस्बिर छाप्ने उद्देश्यले गएको मेरो भावना बदलियो । धम्कीपछि छाप्न पर्छ भन्ने लागेन । त्यहाँबाट निस्किन पनि दिनुभएन । गाली गरिरहने भएपछि मलाई असह्य भयो । अनि प्रमुख संवाददाता डिल्ली आचार्यलाई फोन गरेँ । ‘मलाई निस्कन दिएनन्’ भनें । उनीहरुसँग आचार्यले कुरा गर्न खोज्दा मानेनन् । आचार्यले सुनिरहेका थिए । ‘म सक्दिनँ भनेर आउनस्’ भन्न भनेपछि मैले फोन राखेँ ।
अमृत नाथ तिमल्सिनाको फोन आयो । स्थानीय पत्रकार हुन् । के छ अप्ठेरोे भन्नुभयो । त्यो बीचमा रिस पोख्दै हुुनुहुन्थ्यो । तपाईं चिन्ता नगर्नुस्, पुलिस आउँछ भन्नुभयो । एक छिनमा त्यो खबर व्यवस्थापन समितिका अध्यक्ष समक्ष पुगेछ । उहाँ आउनुभयो । ‘किन गर्नुभयो,’ भनेर प्रश्न गर्नुभयो । अब राम्रो तस्बिर छाप्नुस् भन्नुभयो । बाहिर आएर फोटो खिचेँ । ‘यसरी हुन्न विद्यार्थी देखाउनुस्’ भन्दै फेरी धम्की दिए । विद्यार्थी लाइन लगाउन थाले । एउटा मात्रैले हुन्न अरु पनि छाप्नुस् भनेर पछाडी लगेर दुइटा विल्डिङ देखाउनुभयो । खिच्न लगाउनुभयो ।
दुई जनाले बाहिर निकाले । गेटबाट निस्कँदा पनि दबाब दिइरहेका थिए । ‘होस गर्नुस् तपाईंलाई जे पनि हुनसक्छ’ यस्तो भनाई पछाडीबाट आईरहेको थियो ।
त्यहाँबाट निस्केर आफिस आएँ । सम्पादकसँग कुरा गरेँ । उजुरि गर्नु भन्नु भयो । फोटो पत्रकार संघका अध्यक्ष विकास कार्कीलाई फोन गरेँ । उहाँले खेलकुद पत्रकार संघको कार्यालयमा बोलाउनुभयो । घटना विवरण बताएँ । प्रेस विज्ञप्ति जारि भयो । आज जिउ ज्यानको सुरक्षा पाउ भनेर निवेदन दिएको छु । आजको दर्ता नम्बर २०९ हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: