आन्तरिक उडानमा रहेको एउटा विमानमा खिचेको आफ्नो तस्बिरमा \'आतङ्कवादी\' शब्द लेख्ने एक यात्रुलाई विमानबाट निकालेर पक्राउ गरिएको छ। योगवेदान्त पोद्दार नामक ती व्यक्तिले रुमालले आधा छोपेको आफ्नो अनुहारको तस्बिर प्रेषित गर्दा \'उडानमा आतङ्कवादी, म महिलाहरूको हृदय ध्वस्त पार्छु\' भन्ने आशयको वाक्य लेखेका थिए।
भारतमा जेट एअरवेजको सो विमान कोलकाताबाट मुम्बई उड्न लागेको थियो। विमानमा रहेका अर्का यात्रुले त्यो तस्बिर देखेपछि चालक दललाई सूचित गरेका थिए। पोद्दारले त्यो तस्बिर स्न्याप्च्याटबाट आफ्ना साथीलाई पठाउन लागेको प्रहरीले जनाएको छ। सूचना पाएपछि चालकले विमानलाई धावनमार्गतिर नलगी फर्काएका थिए। त्यसपछि सुरक्षाकर्मीले ती यात्रुलाई हिरासतमा लिएका थिए। बीस वर्षको छेकोमा भएका ती व्यक्तिलाई विमानभित्र सुरक्षाव्यवस्थालाई चुनौती पुग्ने खालको भाषा प्रयोग गरेर \'उपद्र्याहा गतिविधि\' गरेकाले समातिएको विमानस्थलले एउटा विज्ञप्तिमा जनाएको छ। योगवेदान्त पोद्दारले ठट्टा गर्न खोजेको उनका बुवाले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्। सो उडानमा सय जनाभन्दा बढी मानिस चढेका थिए। घटनाका कारण उडान नियमित समयभन्दा डेढ घण्टा ढिलो उडेको थियो। बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: