Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

रुस-युक्रेन तनाव: इयुद्वारा रुसी नियन्त्रणमा रहेका युक्रेनी जहाज र चालक दलको रिहाइको माग

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई क्राइमियासँग नौसैनिक संघर्ष गरी सन् २०१९ मा हुने निर्वाचनअघि आफ्नो क्षमता प्रदर्शन गर्न खोजेको आरोप लगाएका छन्।

रुसी राष्ट्रपति पुटिनले दुई देशबीच तनाव चर्काउन युक्रेनी नेताले त्यसो गरेको बताएका छन्। तर युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले युक्रेनी जहाजमाथिको रुसी नियन्त्रण घटनालाई रुसको उद्दण्ड कार्य भनेका छन्। युरोपेली संघ \'इयु\'ले युक्रेन र रुसबीच चर्किँदै गरेको तनावबारे गम्भीर चासो देखाउँदै रुसको कदम अस्वीकार्य भएको जनाएको छ। रुसविरुद्ध नयाँ प्रतिवन्धहरूबारे उसले कुनै उल्लेख गरेको छैन। उसले युक्रेनको सार्वभौमिकताको सम्मान गर्दै रुसी नियन्त्रणमा रहेका युक्रेनी नौसैनिक जहाज र तिनका चालक दलका सदस्यहरुलाई रिहाइ गर्न रुसलाई भनेको छ। पोल्यान्डले मस्कोमाथि नयाँ प्रतिबन्ध चाहेको थियो भने फ्रान्स र जर्मनीले जारी तनाव न्युनीकरणको कामना गरेका थिए। ब्ल्याक सी र सी अफ आजोभबीचको एक मात्र जलमार्ग कर्च स्ट्रेटमुनि एउटा ट्याङ्कर राखेर अवरोध सिर्जना गरी जहाजहरू नियन्त्रणमा लिएपछि चर्किएको तनावका कारण कम्तीमा ३ जना युक्रेनी नाविकहरू घाइते भएका थिए। रुसले सन् २०१४ मा युक्रेनबाट खोसेर क्राइमिया प्रायद्वीपलाई आफ्नो भूभागमा गाभेको थियो। युक्रेनका तीनवटा नौसैनिक डुङ्गाहरू ओडेसाबाट युक्रेनको प्रमुख बन्दरगाह मारियुपोलतर्फ अघिबढिरहँदा रुसी फौजले तिनीमाथि आक्रमण गरेका थिए। सन् २००३ मा मस्को तथा कियभस्थित सरकारहरूबीच भएको सन्धिअनुसार कर्च स्ट्रेट जलमार्ग र सी अफ आजोफ दुवै देशका साझा समुद्री क्षेत्र हुन्। तर यो वर्ष रुसले सी अफ आजोभतर्फ अघि बढ्ने क्राइमियाको कर्च स्ट्रेट जलमार्ग र रुस जोड्ने पुल खुलाएपछि तनाव बढेको हो। रुसले नियतबस कर्च स्ट्रेट जलमार्गमा अवरोध खडा गरिरहेको युक्रेनको आरोप छ। क्राइमियाको अदालतले नियन्त्रणमा रहेका २४ नौसेनाका सदस्यहरूलाई पुर्पक्षको लागि २ महिना थुनामा राख्ने आदेश सुनाएको छ। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE