Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

वाईफाईभन्दा फास्ट चल्ने बन्दैछ मोबाइल नेटवर्क

विश्वका विभिन्न देशहरुमा वाईफाई इन्टरनेट भन्दा मोबाइल नेटवर्कको इन्टरनेट गति तीव्र रहेको एक अध्ययनले देखाएको छ । विभिन्न ८० वटा देशमा गरिएको इन्टरनेटको डाउनलोड स्पीड परीक्षणमा ३३ वटा देशमा मोबाइल डाटाको इन्टरनेट भन्दा वाईफाईको गति कम देखिएको छ । वायरलेस कभरेज म्यापिंग कम्पनी ओपन सिग्नलका अनुसार भविष्यमा फाइभ जी नेटवर्क आउँदा मोबाइल डाटाको गतिमा झनै वृद्धि हुनुपर्नेछ । सर्भेक्षण गरिएकामध्ये बहुमत मुलुकमा भने अनलाइन सर्फिङका लागि वाइफाइ नै सबैभन्दा छिटो गतिको माध्यमको रुपमा रहेको छ । ओपन सिग्नका अनुसार धेरै देशमा वाइफाइ गति कमजोर हुनुमा वाइफाइ सिग्नलको ‘कन्जेसन’ पनि एक कारणको रुपमा रहेको छ । एकै ठाउँमा धेरैवटा वाइफाई नेटवर्क रहँदा वाइफाइ तरंगहरु आपसमा जुध्ने वा गति कमजोर हुने समस्या उत्पन्न हुन्छ । विश्वका धेरै देशमा वाइफाई भन्दा मोबाइल इन्टरनेटको गति बलियो हुँदा समेत आममानिसमा मोबाइल नेटवर्क भन्दा वाइफाई नै उत्कृष्ट रहेको भन्ने धारणा रहेको र त्यस्तो आम धारणा गलत रहेको रिपोर्टमा उल्लेख छ । अष्ट्रेलिया जस्तो मुलुकमा वाइफाइ भन्दा मोबाइल डाटाको डाउनलोड स्पिड १३ एमबिपिएस फास्ट छ । त्यस्तै कतार, फ्रान्स, मेक्सिको, टर्की तथा दक्षिण अफ्रिकामा पनि मोबाइल नेटवर्क वाइफाई भन्दा तिव्र गतिको छ । उता हंगकंग, अमेरिका, थाइल्याण्ड, इजरायल तथा रुस जस्ता मुलुकमा भने मोबाइल इन्टरनेट स्पीड भन्दा वाइफाइ स्पीड झण्डै दोब्बर बढि छ । रिपोर्ट अनुसार फोर जी नेटवर्क उपलब्ध ५० मुलुकमध्ये ६३ प्रतिशतमा मोबाइल नेटवर्क नै वाइफाइ भन्दा तिव्र रहेको पाइयो । फाइभ जी आउँदा गतिको यो फरक झनै फराकिलो हुनेछ । तर विश्वका सबै भागमा फाइभ जी नेटवर्क पुग्न धेरै समय लाग्ने हुनाले दुनियाका सबै ठाउँमा मोबाइल नेटवर्क वाइफाई भन्दा तेजिलो बन्न समय लाग्ने छ । ओपन सिग्नलका अनुसार अब स्मार्टफोन निर्माताका लागि प्रयोगकर्तालाई मोबाइल नेटवर्कबाट वाइफाइ सिग्नलतर्फ धकेलिनबाट रोक्ने चुनौति रहेको छ । हालै चिनिया स्मार्टफोन कम्पनी हुवावेले यस्तो फोन पनि बनाइसकेको छ जसले सबैभन्दा फास्ट नेटवर्क समात्न सक्दछ । त्यस्तै सामसुङले पनि यस्तो स्मार्टफोन बनाउने प्रयास गरेको छ जसले ब्राउजिङ स्पीड बढाउनका लागि वाइफाइ र मोबाइल नेटवर्क दुबैको इन्टरनेट प्रयोग गर्दछ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: