Ntc summer Offer
Khabar Dabali १९ मंसिर २०८१ बुधबार | 4th December, 2024 Wed
Investment bank

आँखाको ज्योती बढाउन चाहनुहुन्छ ? यी तरिका अपनाउनुस्

दिनभरी कम्प्युटर र ल्यापटपमा बसिरहँदा आँखालाई धेरै असर पुर्याइरहेको हुन्छ । यो असरलाई पूर्ती गर्नका लागि आहार र आँखाको लागि आवश्यक कुराहरुमा ध्यान दिन जरुरी छ । आँखाको ज्योती बढाउन र त्यसलाई कायम राख्नका लागि केही टिप्स यहाँ दिइएका छन् ।  \"1१. आहारमा ध्यान दिनुहोस्ः हप्तामा कम्तीमा पनि तीनपटक माछाको सेवन गर्नुहोस् । यसले आँखामा ड्राइ–आई सिन्ड्रोमको समस्या टाढा रहने गर्दछ । यसका साथै पालुङ्गोको सेवन गर्नुहोस् । यो पोषक तत्वले भरिपूर्ण भएका कारण आँखाको ज्योती बढाउनमा सहयोग गर्दछ । आफ्नो आहारमा अण्डालाई पनि समावेश गर्नुहोस् किनभने यसमा पाइने ल्यूटिन र जियाक्सिाथिनले आँखाको ज्योती बढाउने गर्दछ । \"2२. नियमित जाँचः यदि तपाईंको आँखाको ज्योती राम्रै छ, पढ्नमा कुनै पनि प्रकारको समस्या छैन भने पनि कम्तिमा वर्षमा एकपटक आँखाको उपचार गर्नुहोस् । यो आँखालाई स्वस्थ बनाउने सबैभन्दा राम्रो तरिका हो । यसले आँखामा हुने समस्याबाट पनि टाढा राख्दछ र यदि केही समस्या भएमा पनि समयमा नै उपचार गर्न सकिन्छ । \"3३. आँखा झिम्काइरहनुस्ः आँखालाई लगातार झिम्काउनु नियमित प्रक्रिया हो । यसले आँखालाई ताजा राख्छ र आँखाको तनावबाट पनि मुक्त राख्ने गर्दछ । कम्प्युटरमा काम गर्ने मानिसहरु आफ्नो आँखालाई कम झिम्काउने गर्दैछन्, यस्ता मानिसहरुले एक सेकेन्डमा कम्तीमा पनि तीनदेखि चार पटक आँखा झिम्काउनुपर्छ । \"4४. आँखाको व्यायामः आफ्नो दुबै हातलाई एक आपसमा रगड्नुहोस् र जब हात तातो हुन्छ तब त्यसलाई आँखामा राख्नुहोस् । यस्तो गर्नाले आँखाको तनाव निकै कम हुने गर्दछ । यसका साथै आँखालाई तनावबाट टाढा राख्नका लागि आँखा बन्द गरेर कुनै सुन्दर ठाउँमा भएको कल्पन गर्नुहोस् । यसो गर्नुभयो भने निकै थाकेको अवस्थामा पनि आराम मिल्दछ । \"5५. पानी छर्कनुहोस्ः पानीले तपाईंको धेरैजसो समस्यालाई निदान गर्ने गर्दछ । समय–समयमा आफ्नो आँखालाई धोइरहनुहोस् । यसले आँखामा डिहाइड्रेसन कम गर्दछ भने आँखालाई स्वस्थ राख्दछ । कतै बाहिर गएर आएपछि आँखामा अवश्य पनि पानी छर्कनुहोस् । \"6६. ड्राइ एयरबाट बच्नुहोस्ः आँखाको मोइस्चरलाई कम गर्ने सबै प्रकारको हावाबाट बच्नुहोस् । आफ्नो घर, अफिस अथवा गाडीको एसी प्यानललाई सधंै तल राख्नुहोस् ता कि यसको हावा सिधै आँखामा नपरोस् । ड्राइ एयरले अन्धोपन र आँखाको कोर्नियामा क्षती पुर्याउने गर्दछ । \"7७. ब्राइटनेस कम राख्नुहोस्ः यदि तपाईं कम्प्युटर अथवा मोबाइलको प्रयोग बढि गर्नुहुन्छ भने त्यसको ब्राइटनेसलाई कम राख्नुहोस् । यसो गर्नाले तपाईंको आँखामा धेरै असर पर्दैन । स्क्रिनको तेज प्रकाशले आँखालाई थुप्रै असर पुर्याउने गर्दछ । \"8८. सनग्लास लगाउनुहोस्ः बाहिर घाममा निस्कदाँ सधै सनग्लास लगाउनुहोस् । यसले तपाईंको आँखालाई हानिकारक किरणबाट बचाउने गर्दछ । जब तपाईं सनग्लास किन्दै हुनुहुन्छ तब त्यसमा युवी प्रोटेक्सन छ कि छैन भन्ने सुनिश्चित गर्नुहोस् । \"9९. पर्याप्त निन्द्राः पर्याप्त सुत्नुहोस् यसले तपाईंको आँखाको ज्योती राम्रो बनाउने गर्दछ र तपाईंको टाउको पनि दुख्दैन । आँखा धमिलो देख्ने समस्या पनि टाढा हुने गर्दछ । यसका साथै आँखाको मांसपेशीहरुलाई पनि आराम मिल्ने गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy