Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

बन्ला त राष्ट्रिय सरकार ?

बैशाख १२ गतेको महाभुकम्प पश्चात् त्यसको सामना गर्न भन्दै एक ठाउँमा आएका नेपालका प्रमुख राजनीतिक दलहरु हिजो आज राष्टिय सरकारको चर्चा गर्न शुरु गरेका छन् । राष्टिय सरकारको विषय बाहिरबाट सुन्दा जति कर्णप्रिय लाग्दछ, प्रमुख पार्टीका शीर्ष नेताहरुको दाउपेच हेर्दा त्यो त्यति नै असम्भव लाग्दछ । प्रधानमन्त्री सुसील कोइरालाले भन्ने गरेको राष्टिय सरकार आफ्नै नेतृत्वको सबै पार्टी सम्मिलित सरकार हो जुन ओली र प्रचण्ड दुबैका लागि अस्वीकार्य छ । काग्रेसभित्रको कोइराला गूट त्यो सरकारलाई लम्ब्याएर पार्टीको महाधिवेशनसम्म पुर्याउन चाहन्छ । त्यसो गर्दा सुसील गूटलाई पार्टी सत्ता कब्जा गरिरहन सहज हुन्छ । तर देउवा गूट त्यसको पूरै विपक्षमा छ । देउवा सुसीललाई अविलम्ब हटाएर आफै हाल बहसमा रहेको राष्टिय सरकारको नेतृत्व गर्न चाहन्छन् । संविधान निर्माण पछि हुने राष्टपति पदको निर्वाचनमा एमाओबादी अध्यक्ष प्रचण्डलाई अघि सार्ने उधारो आस्वासन दिइएमा देउवाले प्रचण्डको समर्थन लिन सक्लान् तर त्यसलाई ओलीले किमार्थ समर्थन गर्ने छैनन् ।
सुसील कोइरालाको बहिर्गमन पछि प्रधानमन्त्रीका प्रबल दावेदार  ओली र शेरबहादुर देउवावीच ब्यबस्थापिका —संसदमा निर्वाचन हुने लगभग पक्का छ
एमालेका शीर्ष नेताहरुको दाउपेच पनि कम रोचक छैन । केही समय अघिसम्म तल्लो स्तरको गालीगलौजमा उत्रेका ओली—प्रचण्डवीच भएको सम्बन्ध सुधारले कांग्रेसलाई झस्काएको मात्र छैन,एमालेका बरिष्ठ नेता झलनाथ खनाल र एमाओबादी बरिष्ठ नेता बाबुराम भट्टराईलाई समेत बेचैन बनाई दिएको छ । झलनाथ खनालले आफूलाई राष्टपतिको उम्मेद्वार बनाउने ओलीको आश्वासन पछि माधव नेपाललाई जान सक्ने ७० भोट रद्द गराएका थिए । एमालेको नवौं महाधिवेशनमा ओलीको विजयको प्रमख कारण त्यही थियो । त्यही कारण खनालको बेचैनी ओली प्रधानमन्त्री बन्ने हुन ्कि भन्नेमा छ । ओली प्रधानमन्त्री भएमा उनको झिनो आशामाथि समेत तत्काल तुषारापात हुनेछ । अर्कातिर एमालेका अर्का प्रभावशाली नेता माधव नेपाल ओली—प्रचण्डको गठबन्धन बनाएर ओलीलाई प्रधानमन्त्री बनाउन चाहन्छन् । यसो गर्दा आफ्नो पार्टीको नेतृत्वमा सरकार पनि बन्ने कार्यबाहक अध्यक्ष बनेर पार्टी हाँक्न पनि पाइने दुइटा फाइदा देखेका छन् उनले । उता एमाओबादी बरिष्ठ नेता बाबुराम भट्टराई एमाले—एमाओबादी सम्भावित गठबन्धनप्रति त्यति सकारात्मक देखिदैनन् । त्यसका पनि दुई कारण छन् । संविधानसभाको सबभन्दा ठूलो र सत्ताको प्रमुख खेलाडी कांग्रेसलाई बाहिर राखेर निर्माण गरिने गठबन्धन कमजोर हुन्छ भन्ने उनको धारणा छ । यही मौकामा पार्टीभित्र र बाहिर परिणाममुखी भूमिका खेल्न नसकेका प्रचण्डलाई राष्टपति बनाउन सके पार्टीको गिरेको साख पनि माथि उठ्ने तथा आफूलाई निर्विरोध पार्टी सत्ता प्राप्त हुने उनको बुझाई छ । यसो भन्न सकिन्छ, राष्टिय सरकारको चर्चा कसैलाई सत्ता टिकाउन आवश्यक भएको छ भने कसैलाई बर्तमान सत्ता गिराउन । संविधान निर्माणमा असफल भई सकेको बर्तमान सरकार महाभूकम्पको व्यबस्थापनमा त झन असफल भयो । त्यसकारण यो सरकारलाई विस्थापन गर्न ढिलो भईसकेको छ । सुसील कोइरालाको बहिर्गमन पछि प्रधानमन्त्रीका प्रबल दावेदार  ओली र शेरबहादुर देउवावीच ब्यबस्थापिका —संसदमा निर्वाचन हुने लगभग पक्का छ । र, एमाओबादी नेतृत्वको मोर्चाको मत प्राप्त जसले गर्छ, उसैको सिंहदरबार यात्रा सुनिस्चित हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies