भीमदत्तनगर, दार्चुलाको उच्च हिमाली भेगमा यार्सागुम्बा सङ्कलन गर्न जानेको घुइँचो नै लागेको छ ।
अपि नाम्पा संरक्षण क्षेत्रले दार्चुलाको उच्च भेगमा यार्सा सङ्कलन गर्नेको सङ्ख्या ३५ हजार नाघिसकेको जनाएको छ । वैशाखदेखि सुरु भएको यार्सा सङ्कलन कार्य अहिले मध्यमा पुगेको संरक्षण क्षेत्रले जनाएको छ । \'असारसम्म यार्सा सङ्कलन हुन्छ ।\' अपि नाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले भने– \'सङ्कलन गर्ने ठाउँमा निकै भीडभाड रहेको खबर आएको छ ।\'
दार्चुलाको राप्ला, घुसा खण्डेश्वरी, तितला र गुल्जर गाविसमा यार्सागुम्बा सङ्कलन गर्न दार्चुलाका स्थानीय, हुम्ला, बझाङ, धनगढी, महेन्द्रनगरलगायतका ठाउँबाट सर्वसाधारण त्यहाँ पुगेको जनाइएको छ । \'यार्सा सङ्कलकको सङ्ख्या ३५ हजार नाघेको छ ।\' प्रमुख संरक्षण अधिकृत रामले भन्नुभयो–‘गत बर्ष ५० हजार पुगेका थिए ।
त्यसैगरी यार्सा सङ्कलकले हिमाली भेगमा हिउँ परेकाले यार्सा सङ्कलनमा समस्या भएको बताएका छन् । \'जताततै हिउँका कारण यार्सा सङ्कलन गर्न सकिएको छैन ।\' खण्डेश्वरी स्थानीय नरेन्द्रबहादुर सिंहले भने–\'हिउँ पग्लिएको ठाउँमा मात्रै सङ्कलन हुँदैछ ।\' दार्चुलामा सबैभन्दा बढी लोलु क्षेत्रमा पनि यार्सा सङ्कलनमा समस्या भएको छ ।
त्यसैगरी अपि नाम्पा संरक्षण क्षेत्रले प्रवेश शुल्क नलिने बताएको छ । विद्यार्थी यार्सा सङ्कलनमा गएपछि विद्यालय बन्द गर्नुपर्ने जिल्ला शिक्षा कार्यालय दार्चुलाले जनाएको छ ।
सो क्षेत्रका ६० वटा विद्यालय बन्द भएका छन् । गत वर्ष दार्चुलामा साँढे आठ क्विन्टल यार्सा सङ्कलन गरिएको थियो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: