Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

को हुन् ती महिला ? जसलाई समात्दा दुई महाशक्तिको तनाव बढ्यो

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चिनियाँ फोन कम्पनी ह्वावेइकी वरिष्ठ अधिकारीको पक्राउमा कुनै राजनीतिक हस्तक्षेप नभएको बताए ।

उनलाई शनिवार भ्यान्कुभर विमानस्थलबाट समातिएपछि अमेरिका र चीनबीच तनाव बढेको ठानिएको छ भने विश्वका प्रमुख सेयर बजारमा पनि त्यसको प्रभाव परेको छ ।

आखिर को हुन् त मङ्ग वान्जू ?

मङ्ग वान्जू चीनको अग्रणी टेलिकम कम्पनी ह्वावेइकी आर्थिक मामिलासम्बन्धी प्रमुख र सोही कम्पनीका संस्थापककी छोरी हुन्। ह्वावेइ सञ्चार सामग्री र सेवा प्रदान गर्ने संसारकै सबैभन्दा ठूलो त्यस्तो कम्पनी हो। हालै मात्र उसले एप्पल कम्पनीलाई उछिनेर स्मार्टफोन उत्पादनमा सामसुङपछि विश्वकै दोस्रो ठूलो कम्पनी बनेको छ। मङ्ग १ डिसेम्बरमा भ्यानकुभरबाट पक्राउ परेकी थिइन् जुन दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिङपिनबीच जी २० सम्मेलनको अवसरमा अर्जेन्टिनामा दुईपक्षीय व्यापारबारे कुराकानी हुँदै थियो । उनीहरूले व्यापारिक तनाव कम गर्न एक उल्लेख्य सम्झौता पनि गरेका थिए । तर अब उनको पक्राउको लगत्तै चीनले आक्रोशपूर्ण प्रतिक्रिया दिएको छ।  क्यानाडामा मङ्ग समातिनुको सङ्केत र गम्भीरता निकै धेरै छ। ह्वावेइ चिनियाँ प्रविधि क्षेत्रको एक मुकुट नै मानिने र मङ्ग त्यसको राजकुमारी मानिने उनी बताउँछिन्। उनका अनुसार पक्राउको कारण स्पष्ट भइसकेको छैन। तर यसलाई एक जना महिला समातिएको वा एउटा कम्पनीलाई नियन्त्रण गर्न खोजिएको भन्ने अर्थमा मात्र सीमित गर्न नसकिने उनको ठम्याइ छ। अब पर्दा उघ्रिएको र विषयले नाटकीय मोड लिने उनले बताइन्।

किन पक्राउ परिन् उनी ?

उनको पक्राउको विस्तृत कारण खुलाइएको छैन। अमेरिकामा सुपुर्दगीको अनुरोधको आधारमा उनलाई क्यानाडाको भ्यान्कुभरबाट समातिएको बुझिएको छ। क्यानाडाका प्रधानमन्त्री ट्रुडोले उनको गिरफ्तारीमा उनको सरकारले कुनै राजनीतिक हस्तक्षेप नगरेको भन्दै उचित कानुनी निकायहरूले आफ्ना कारबाही गर्ने सन्दर्भमा सो पक्राउ गरिएको बताए। उनले क्यानाडामा स्वतन्त्र न्यायपालिका रहेको भन्दै यो प्रकरणमा राजनीतिक संलग्नता वा हस्तक्षेप नभएको भनेका थिए। तर त्यहाँको कानुन अनुसार मुद्दा चलेको विषयमा आफूले यो भन्दा बढी टिप्पणी गर्न नमिल्ने उनले बताए। शुक्रवार त्यहाँको अदालतमा उनको जमानतसम्बन्धी सुनुवाई हुँदैछ।

अधिकार हनन्

चीनले उनको पक्राउलाई मानव अधिकारको उल्लंघन भन्दै तत्काल रिहाइको माग गरेको छ। चिनियाँ विदेशमन्त्रालयका एकजना प्रवक्ताले संवाददाताहरूसँग कुरा गर्दै कुनै कारण नखुलाई व्यक्तिको गिरफ्तारी हुनुले उसको मानव अधिकार हनन् भएको ठहर्ने बताए। चीनले क्यानाडा र अमेरिकालाई गिरफ्तारीको कारण स्पष्ट पार्न आग्रह गर्दै आफ्नो गम्भीर चासो दर्शाएको जनाएको छ। ह्वावेइ कम्पनीले मङ्गले गल्ती गरेको बारे कुनै जानकारी नभएको बताएको छ। यसअघिका विवरणहरूमा उनको पक्राउ इरानविरुद्ध अमेरिकी प्रतिबन्धको सम्भावित उल्लंघनको विषयसँग जोडिएको बताइएको थियो।

चिन्ता

तर अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले पत्रकारहरूसँग उक्त विषयबारे थप बोल्न अस्वीकार गरे। बरु उनले चिनियाँ कम्पनीहरूको व्यापारिक व्यवहार तथा तिनलाई चिनियाँ सरकारले उसको समग्र कारबाहीका निम्ति कतै अस्त्रका रूपमा प्रयोग गरिरहेको छ कि भन्ने सम्भावनालाई लिएर आफूमा ठूलो चिन्ता रहेको बताए। मङ्गको पक्राउपश्चात् अमेरिका तथा चीनबीचको व्यापारिक युद्ध चर्कने चिन्ताका माझ युरोपेली सेयर बजार दुई वर्षयताकै न्यून विन्दुमा झरेको छ भने एसियाली बजारमा पनि गिरावट आएका छन्। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending