Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

भुइँचालोमा किचिएका यी दुई मन्त्री

  काठमाडौं, वि.सं. २०७२ सालको सुरुआतसँगै नेपाल राष्ट्र र नेपाली जनताको जीवनमा तत्कालीन तथा दीर्घकालीन दुवैथरी प्रभाव पार्ने घटनाक्रम सुरु भए । वैशाख १२ गतेको विनाशकारी भूकम्पले झन्डै १० हजार नागरिकको ज्यान लियो, हजारौंलाई घाइते बनायो र लाखौंलाई घरबारविहीन तुल्यायो । त्यति मात्र नभई यो भुइँचालोले नेपाली राजनीतिका सदाबहार खेलाडी ठानिने वर्तमान सरकारका दुई वरिष्ठ मन्त्रीहरुलाई समेत सम्भवतः जीवनभर तंग्रिनै नसक्नेगरी किचिदिएको छ । भुइँचालोको धरापमा नराम्ररी थिचिएका दुई मन्त्री हुन्– एमालेका उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम र कांग्रेसका प्रभावशाली नेता एवम् अर्थमन्त्री डा. रामशरण महत । एमालेको संसदीय दलको चुनाव तथा पार्टी महाधिवेशनमार्फत खड्गप्रसाद ओलीलाई दुवै पदमा विजयी गराउन सर्वाधिक महत्वपूर्ण भूमिका निर्वाह गरेका उपाध्यक्ष वामदेव गौतम यसपालिको भुइँचालोमा नराम्ररी किचिएका छन् । ओली–गौतम समीकरणकै कारण वर्तमान सरकारको उपप्रधान एवम् शक्तिशाली गृहमन्त्री बनेका गौतमको पद भुइँचालोकै कारण गुम्ने स्थितिमा पुगेको छ । भुइँचालोको धरापले गौतमको सरकारी पदलाई मात्रै किचिदिएको छैन, यसले ओली–गौतम समीकरण ध्वस्त पारेर उनलाई ‘सदासर्वदा अवसरवादी र सन्देहास्पद भूमिका खेल्ने खलनायक’ को संज्ञा दिँदै आएका माधवकुमार नेपाली एमालेको शीर्षासनमा फेरि उदाउने तर गौतमको राजनीति सधैंका लागि समाप्त पार्ने वातावरण सिर्जना गरिदिएको छ । ओली पक्षले ‘नेपाली राजनीतिका एक कुटिल पात्र र धूर्त खेलाडी’ को आरोप लगाउँदै आएका माधवकुमार नेपाल नै हुन् भुइँचालोले सिर्जित गरेको नयाँ सन्दर्भमा सबैभन्दा पहिले कोइराला सरकारको विकल्पमा राष्ट्रिय सरकारको आवश्यकता औंल्याउने । एकातिर अध्यक्ष ओली कोइराला सरकार गिराएर आफू पदासिन हुने अवसरको ताकमा रहेका अनि अर्कातिर वरिष्ठ नेता नेपालले सार्वजनिक रुपमै राष्ट्रिय सरकारको मुद्धा उठाएर त्यो स्थिति सिर्जना गरिदिएका हुनाले एमालेमा ओली–गौतम गठजोड भत्किएर ओली–नेपाल गठजोड कायम हुन पुगेको छ । र, नयाँ समीकरणको ‘अचानो’ बन्न पुगेका छन् वामदेव गौतम । त्यसैगरी वैशाख १२ को भूकम्पद्वारा किचिएका वर्तमान सरकारका अर्का मन्त्री हुन्– अर्थमन्त्री डा. रामशरण महत । पदले अर्थमन्त्री भए पनि आफूलाई उपप्रधानमन्त्रीभन्दा माथि, प्रधानमन्त्री सरहकै हैसियमा रहेको ठान्ने महतलाई पनि भूकम्पको धरापले नराम्ररी किचिदिएको छ । आफूलाई भावी प्रधानमन्त्रीका रुपमा समेत पेस गर्दै आएका अर्थमन्त्री महत सिंगै देशका अर्थमन्त्री भए तापनि भूकम्पले सिर्जना गरेको महाविपत्तिका सन्दर्भमा उनले आफूलाई नुवाकोट क्षेत्र नं २ मात्रैको मन्त्रीका रुपमा सीमित गराए; त्यहाँको पनि सबैको होइन– कांग्रेसको मात्रै । र, सबै कांग्रेसको समेत होइन– आफ्नो गुटकाको मात्रै । भूकम्पको त्रासदीलगत्तै प्रारम्भिक उद्धार तथा राहतका क्रममा डा. महतले सिंगै नेपालाई बिर्सेर नुवाकोट २ नंं लाई मात्रै सम्झे । राहत वितरणका निम्ति दलबलसहित आफ्नो निर्वाचन क्षेत्र पुगेका महतले भूकम्पपीडितसँग अत्यन्तै घृणास्पद व्यवहार देखाए कांग्रेस समर्थकलाई मात्रै छानीछानी राहत बाँडे । त्यस क्रममा उनले सबै कांग्रेसलाई पनि राहत नबाँडी आफ्नो गुटकालाई मात्रै बाँडेको नुवाकोटबाटै प्रतिनिधित्व गर्ने कांग्रेसका अरु केन्द्रीय नेताहरुले सार्वजनिक रुपमै बताइरहेका छन् । अर्थमन्त्री महतले राहत वितरणका क्रममा देखाएको यस्तो सौतेलो व्यवहारसँगसँगै उनका भतिजा एवम् स्वकीय सचिव रमेश महतले पीडितहरुका निम्ति नेपाल इन्भेस्टमेन्ट बैंकले उपलब्ध गराएको जस्तापाता समेत राजधानी नै फर्काएर बेचीखाने हर्कत देखाए । अर्थमन्त्री महतकै त्यस्तो नीचतम हर्कतमा समेत अर्थमन्त्री महतसम्मकै साँठगाँठ र अप्रत्यक्ष संलग्नता रहेको तथ्य उद्घाटित हुन पुग्नुले डा. महतको राजनीतिक जीवनलाई लगभग समाप्तिको अवस्थामा पुर्यायो । जस्तापाता प्रकरणलगत्तै डा. महतले ‘म ६ चोटि अर्थमन्त्री भैसकेको र सबै चुनावमा लगातार जित्दै आएको व्यक्ति हुँ, चुनावका बेला के–कसो गर्नुपर्छ त्यो कुरा म राम्ररी जान्दछु, त्यसका निम्ति पर्याप्त सामर्थ्य मसँग छँदै छ त्यसैले पछि आउने चुनावका कुरा छाड्नोस्’ भनेर आफूलाई अझै नांगो ढंगले पेस गरे । यसरी निकै ठूलो महत्वाकांक्षा पालेका वर्तमान राजनीतिका अर्का चतुर खेलाडी अर्थमन्त्री महतलाई समेत ०७२ सालको भूकम्पले नराम्रोसँग किचिदिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies