Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

बाबुरामलाई च्याँख्ला र गुन्द्रक उपहार

खोटाङ ।  नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा  पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मकैको च्याँख्ला, कोदोको पीठो र गुन्द्रक उपहार दिइएको छ । पाँच दिनका लागि खोटाङ आएका नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री भट्टराईलाई यस्तो उपहार दिइएको हो ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–५ लफ्याङका वडाध्यक्ष निर्मल राईले मकैको च्याँख्ला, श्रीमावि बास्बोटेका प्रधानाध्यापक जसराज किराँतीले गुन्द्रुक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र राईले कोदोको पीठो उपहार दिएका हुन् ।

शनिबार बिहान दिक्तेलस्थित हाटडाँडामा भएको कार्यक्रममा पछिल्लो समय गाउँघरमा उत्पादन भएका यस्ता कृषिजन्य वस्तुको औचित्य घट्दो अवस्थामा रहेको भन्दै भट्टराईलाई यस्तो उपहार दिइएको वडाध्यक्ष राईले जानकारी दिए ।

यस्तै, लफ्याङको वडा शिक्षा समितिले शैक्षिक क्यालेण्डरमै उल्लेख गरिएअनुसार पाँच विद्यालयका विद्यार्थीले पहिलो पटक कृषि उपज सामग्री हाटडाँडामा लाग्ने हटियामा ल्याएका थिए । विद्यार्थीहरुले ल्याएका कृषि उपज भट्टराईले खरिद गरेका छन् । वडाले शिक्षा क्षेत्रलाई नमूनाका रुपमा विस्तार गरिरहेको छ ।

\"\"

‘हामीले किताबमा रहेको शिक्षा पढ्छौं, तर त्यसलाई जीवनोपयोगी बनाउन सकेका छैनौं,’ वडाध्यक्ष राईले भने, ‘अबको शिक्षालाई जीवनोपयोगी बनाउनका लागि कृषिजन्य वस्तु उत्पादन गर्दै बजारसम्म कसरी लगेर बिक्री गर्ने भन्ने विषयमा विद्यार्थीहरुलाई ‘प्राक्टिकल’ गराइएको हो ।’

उत्पादनमुखी र व्यवसायीमुखी शिक्षातर्फ विद्यार्थीलाई ध्यानाकर्षण गराउन वार्षिक कार्य योजना तयार गरी सञ्चालन भइरहेको कार्यक्रम अन्तर्गत विद्यालयहरुका विद्यार्थीले बजारमा ल्याएर कृषि उपजका सामग्री बिक्री गर्न लगाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र राईले जानकारी दिए ।

गएको भदौ १ गते करेसाबारी निर्माण गरी विद्यार्थी आफैंले उत्पादन गरेको ६० किसिमका कृषि उपज बिक्रीका लागि बजारमा ल्याइएको थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending