Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

राष्ट्रिय सरकारको नेतृत्वमा आफ्नै दावी रहेको बाबुरामको संकेत

काठमाडौं, एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता डा. बाबुराम भट्टराईले अहिले चर्चामा रहेको राष्ट्रिय सरकारको नेतृत्व आफैंले दावी गर्न चाहेको संकेत दिएका छन् । केही दिनयता डा. भट्टराईले एमाले अध्यक्ष खड्गप्रसाद ओलीलाई प्रधानमन्त्री र आफूलाई प्रस्तावित पुनर्निर्माण प्राधिकरणको नेतृत्वका रुपमा प्रस्ताव गरेको भनी सञ्चार माध्यममा आएका समाचारहरुको खण्डन गर्दै उनले अप्रत्यक्ष ढंगबाट राष्ट्रिय सरकारको नेतृत्व आफैंले गर्ने मनशाय प्रकट गरेका हुन् । सानेपास्थित आफ्नै निवासमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता भट्टराईले राष्ट्रिय सहमतिको सरकारका लागि आफ्नो पार्टी र आफूले एमाले अध्यक्ष खड्गप्रसाद ओलीलाई प्रस्ताव नगरेको स्पष्ट पारेका हुन् । सञ्चारकर्मीहरुसँग भट्टराईले भने–  ‘हाम्रो तर्फबाट कुनै दलविशेषको नेतृत्वबारे प्रस्ताव गरिएको छैन, केपी ओलीलाई एमाओवादीले प्रधानमन्त्री बनाउन लागेको भनी आजभोलि चर्चामा आएको खबर गलत हो ।’ सुरुदेखि नै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भन्दै आइरहेकै लाइनबाट डा. भट्टराईले भने– ‘पहिले संविधान निर्माणका निम्ति आधारभूत अन्तर्वस्तुमा सहमति कायम गरेपछि मात्रै राष्ट्रिय सरकार गठन गर्नुपर्छ । त्यसका लागि नेतृत्वका निम्ति यो वा ऊ हुनुपर्छ भनेर हामीले अहिल्यै कसैसँग प्रस्ताव गरिसकेका छैनौं ।’ राष्ट्रिय सरकारको गठनले भूकम्पमा भएका भौतिक क्षतिको पुनर्निर्माण गर्ने कार्यमा सहयोग पुग्ने र त्यसका निम्ति उपयुक्त पात्रको छनौट उतिबेलै गर्नुपर्ने उनले बताए । संघीयताबारे प्रदेशको सीमांकन र संख्यामा सहमति  गर्न सकिए ‘फास्ट ट्र्याक’ बाट तत्कालै संविधान जारी गर्न सकिने दावी गर्दै डा. भट्टराईले अबको केही हप्तामै जनताले नयाँ संविधान पाउने बताए । उनले भने– ‘त्यसो हुन सक्यो भने संविधानका प्रत्येक धारालाई मतदान गरेर टुंग्याउने नियमावलीलाई निलम्बन गरेर सिंगो संविधान नै एकमुष्ट पारित गर्न सकिन्छ ।’ भूकम्पले आहत तुल्याएका कारण यतिबेला नेपाली जनता संविधानका विषयमा खास धेरै सुझाव दिने मनस्थितिमा नरहेको भन्दै भट्टराईले संविधानको मस्यौदा जनताबीच लगिराख्नु आवश्यक नभएको बताए । ‘तपाईंले त पुनर्निर्माण प्राधिकरणको नेतृत्व आफूले लिन चाहेको बताइसक्नुभयो नि ?’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा भट्टराईले भने– ‘भूकम्पले सिर्जना गरेको विषम परिस्थितिले त्यस्तो प्राधिकरण अपरिहार्य भएको कुरा मैले बताउँदै आएको छु तर त्यसको नेतृत्व या अन्य कुनै जिम्मा पाउनुपर्छ भन्दै मैले कुनै दावी गरेको छैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy