Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

प्रवासमा नेकपाको संगठन कस्तो बनाउने ?

नेपालका दुई कम्युनिस्ट पार्टी ने. क. पा एमाओबादी केन्द्र  र एमालेबिच एकता पछि बिदेशमा रहेका संगठन पनि एकताको प्रकृयामा रहेका छन संगठनको नाम प्रबासी नेपाली एकता मन्च राख्ने निर्णय गरिएको छ।  एकता संगै प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्च बिघटन हुनेछन भने एकिकृत एकता मन्च बिदेशमा रहेका नेपाली समुदाय माँझ नेकपाको संगठनको रुपमा आउनेछ । एकता प्रकृया अगाडी बढाउदै गर्दा  कहि सहमतिमा नेर्तित्व निर्माणको लागी सिफारिस भएका छन भने कहि चरम विबाद र कहि केन्दले नै तोकेर पठाउने गरि दुबै तर्फबाट नेर्तित्वको लागी दाबी गरिएको छ । केन्दमा एकता भइसके पछि बिदेशमा पनि एकता त अपरिहार्य नै रह्यो सोंचे जस्तो सजिलो भने पक्कै छैन ।हिजोको तिक्तता ,बर्गिय बिचलन ,संगठनहरुबाट आरक्षित गलत प्रबृतिहरुले सरल र सहज हुन दिने छैनन केही समय धमिलो पानीमा माछा मार्न तम्सिनेहरु अगाडी आउन खोज्नेछन , गलतहरु हावी हुने प्रयाश गर्नेछन , पदलोलुपहरु यता र उता गर्नेछन र नेर्तित्वमा पुग्ने गलत बाटो नेकपाको मुल नेर्तित्वको ढोका कुरेर बस्ने काम पनि हुनेछ केन्दले सहि र गलत पहिचान गर्नु जरुरी छ अन्तत संग्लिएर अगाडी बढनेछ । एकले अर्कैको अस्तित्व स्वीकार्र गर्दै जालझेल नगरी इमान्दारिताका साथ निर्मम तरिकाले संगठन निर्माणमा लाग्नुको विकल्प छैन । एकता पछि संगठन ठुलो पनि बन्ने नै भयो तर ठुलो बनेको संगठन कसरी अगाडी बढला ? उदेस्य के राख्ला ? साच्चै कम्युनिस्टहरुको संगठन बन्ला त ? मजदुरहरुको हक र हितको लागी लडने औकात राख्ला कि नराख्ला ?गैर आबासिय नेपाली संघ संग संगठानिक प्रतिस्पर्धा गर्ला कि त्यहॉ पुग्नको लागी संगठनलाइ भर्र्याङ्  बनाउनेहरु हाबी होलान र सहयोगी संगठनको रुपमा स्थापित होला ? मजदुरहरुको हक र हित चहानेहरुको लागी चिन्ताको बिषय बनेको छ के प्रबासी नेपाली एकता मन्च बिदेसमा रहेका नेपालीहरुको ढुकढुकी बन्ला त ? यहि सबाल नै यहॉ अहिलेको प्रमुख बहस हो । हाम्रा संगठनहरु एकाध बाहेक नाच्न ,गाउन र रमाउन मै सिमित छन मनोरन्जन आबस्यक होला तर प्रमुख उदेस्य पक्कै होइन । कला र संस्कृति जोगाउने भन्दै बन्द कोठामा गरिने कार्यक्रमले खासै अर्थ राख्दैन कार्यक्रमहरु खुला ठॉउमा गरियोस जहॉ नेपाली संस्कृतिहरु झल्किउन । कुरा भन्दा पनि ब्यबहारमै लागु गर्न सक्ने गरि योजना सहित अगाडी बढनु र त्यसको लागी गतिशिल र इमान्दार नेर्तित्व चयन गर्न सक्नु पर्छ जसले संगठनका सदस्यहरुलाइ एकता पछि एकै किसिमको ब्यबहार गर्न सकोस। सबैको कुरा सुन्न सक्ने र बिदेशमा रहेका नेपालीहरुको बिश्वास  जित्न सकोस । केन्द्रको त्यान्द्रो समाएर इमान्दार संगठकहरु  प्रति डन्डा लगाएर गलत प्रवृतिलाइ संरक्षण गर्नेहरुलाइ यसको नेर्तित्वमा पुग्न दिनु हुदैन । बिदेसमा नेकपाको संगठन के को लागी यसको जवाफ ब्यबहारमै  दिन सकेन भने संगठनको अर्थ रहने छैन । गैर आवासीय नेपाली संघको पुच्छर बन्न र त्यहॉ पुग्न आतुरहरुको प्रयोग गर्ने स्थलको रुपमा स्थापित हुने प्रबल संभावना देखिन्छ । नेपालको प्रमुख पार्टीहरुका संगठन लगाएत जातिय क्षेत्रीय संगठनहरु, कलाकार ,पत्रकार देखी गॉउ गॉउका संगठनहरु निर्माण भइरहेको पाइन्छ । बैचारिक संगठनहरु प्राय गैर आवासीय नेपाली संघको बरिपरि घुमिरहेको अनुभुति गर्न सकिन्छ जसरी सरकार निर्माण गर्न राजनैतिक दलहरु लागी पर्छन ठ्याक्कै गैर आवासीय नेपाली संघको नेर्तित्व निर्माण पनि संगठानिक प्रतिस्पर्धा रहन्छ शक्ति प्रदर्शन साम ,दाम, दन्ड भेद नेपालको चुनाव जस्तै ।  गैर आवासीय नेपाली संघले मजदुर हरुको नेर्तित्व गर्न सक्दैन मजदुरहरु पनि समाहित छन किनभने बिकल्प दिन सक्ने संगठन छैन होइन भने सरकारबाट काम गर्ने अनुमति लिएर बिदेसिएका नेपालीहरु गैर आवासीय हुदै होइनन परिभाषा समय अनुकुल वनाइएका मात्र हुन ।धनाढ़्यहरुको संगठनको रुपमा बिकसित र संचालित छ धन बिनाका मनहरु नेर्तित्वमा पुग्नै सक्दैनन ।त्यसैले बिकल्पको रुपमा नेकपाको संगठन प्रबासी नेपाली एकता मन्चलाइ निर्माण गर्नु पर्छ । गैर आवासीय नेपाली संघको नेर्तित्वमा पनि मन्च समर्थक साथीहरु नेर्तित्व तहमा रहेर काम गर्नु भएको छ अब त्यतै अल्झिने की संसार भरि रहेका मजदुरहरुको संगठन निर्माणको पहल गर्ने करोडौ खर्च गरेर पॉचतारे होटलहरुमा गरिने सम्मेलनहरुले मजदुरहरुको बिषयमा निर्णय र कार्यदिशा पास गर्नै सक्दैन गरिहाले पनि लागु गर्न सक्दैनन। बिदेसमा रहेका नेकपा समर्थकहरु र प्रगतिशील बिचार राख्नेहरुलाइ संगठित गर्दै देसमा  नेकपाको स्थिर सरकार र पार्टीलाइ साथ दिने जुझारु नेर्तित्व सहितको बलियो संगठन अहिलेको आवस्यकता हो । देश निर्माणमा बिदेशमा रहेका नेपालीहरुको सहभागिता अपरिहार्य छ बिदेशमा कमाएको पैसा र सिप देशको लागी अत्याबस्यक छ । आर्थिक सम्वृर्द्दी र समाजबाद तर्फको यात्रा सहज पक्कै छैन सरकार र नेकपालाइ चौतर्फी आक्रमण भइरहेको छ । दुइ तिहाइको सरकार सोंचे जस्तो काम गर्न  सकिरहेको छैन यो असफल भयो भने हामीले पनि नाक लुकाउनु पर्ने स्थिती  सृजना हुनेछ । सरकारलाई बाताबरण बनाउन सुझाउने र विदेशमा कमाएको रकम देशमै लगानीको लागी गर्न पहल गर्ने  काम संगठनले गर्नु पर्छ । प्रत्येक देशका संगठनहरुले कम्तिमा पनि एक ठॉउमा संयुक्त लगानी गर्न सक्ने गरि अगाडी बढ़ने हो भने देशको आर्थिक उन्नतिमा सहयोगी भुमिका रहनेछ । धेरै देशहरुमा संगठन स्थापित छ साथै नयॉ स्थापना हुदैछन संगठनलाइ सहि दिसामा लैजानु हामी सबैको दायित्व हो । मजदुर हितको लागी काम गरौ । देशको आर्थिक उन्नतिक लागी सहयोगी बनौ । बिदेसमा रहेका नेपालीहरुको हक र हितको लागी लड्ने सक्षम र निस्ठाबान नेर्तित्व सहितको संगठन निर्माण गरौ ।नेकपाका कार्यकर्ता साथै प्रगतिशील बिचारकहरुको ठुलो समूह रहेको प्रवासी नेपाली एकता मंच आफ्नो अगुवाइमा बिदेसमा रहेका ७० लाख श्रमजीवी नेपालीको संगठन बन्न सक्नु पर्दछ । (लेखक तत्कालीन नेपाली जनप्रगतिशील मन्च युरोपका महासचिव हुन् )
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies