Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

प्रहरी हाकिमहरुले गरे आ–आफ्नै समीक्षा

काठमाडौं, भूकम्पपश्चात उत्पन्न विपद व्यवस्थापनमा नेपाल प्रहरीबाट राहत, उद्धार र पुनस्र्थापनामा भएका कामकारबाही, प्राप्त उपलब्धि एवं चुनौतीको समीक्षा गर्न उच्च प्रहरी अधिकृतहरुको क्षेत्रीय सम्मेलन प्रहरी प्रधान कार्यालयमा शुक्रबार सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले विपदको अवस्थामा खोज तथा उद्धारमा नेपाल प्रहरीले आफ्नो प्रतिबद्धता र लगनशीलता देखाई समुदायको मन जितेकाले त्यसलाई कायम राख्न अहिलेको अवस्थामा पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । महाविपत्तिमा सीमित साधनस्रोतका बाबजुद खाली हात भए पनि प्रहरीबाट साहस र धैर्यताका साथ प्रदर्शित भूमिका एवं समुदायमा दिन सकेको सुरक्षा र सहयोगका कारण समाजले गरेको विश्वास एवं धन्यवादका भावहरु अनुभूत गर्न पाउँदा आफू हर्षित भएको उनले बताए । उनले आगामी दिनमा पनि विपद व्यवस्थापनमा सरकारबाट भएका निर्णय कार्यान्वयनमा तदारुकताका साथ लाग्न सबै क्षेत्रीय प्रमुखहरुलाई निर्देशन समेत दिए । प्रहरीको मुल्याङ्कन समाजले गर्ने भएकाले धन्यवाद र स्याबासी पाउनु निश्चय नै खुशीको कुरा भएको जनाउँदै उनले यो विश्वास र धन्यवादलाई कायम राख्नु अबको मुख्य चुनौती भएकाले यसलाई अवसर र हौसलाको रुपमा लिनुपर्ने बताए । भूकम्पपश्चात नेपाल प्रहरीले गरेका कामको राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायबीच निकै चर्चा भएबाट नेपाल प्रहरी बलियो, पारदर्शी र नागरिकमैत्री संगठन भएको ठोस सम्भावनाहरुको रुपमा लिएको चर्चा गर्दै प्रहरी महानिरीक्षक अर्यालले पीडा पोख्न आएका सर्वसाधारणलाई थप प्रताडित बनाउने काम कसैबाट नहोस् भने । मातहत प्रहरी कर्मचारीका पीर मर्का सुन्ने, काउन्सेलिङ गर्ने, आवश्यकताअनुसार बिदा र घरपायक खटाई मनोबल बढाउने काम गर्नुपर्ने उनले बताए । छलफलका क्रममा क्षेत्रीय प्रमुखहरुले आ–आफ्नो क्षेत्रमा भएका क्षतिको अवस्था, विपद व्यवस्थापनमा गरिएका गतिविधि, भोग्नुपरेका समस्या र चुनौती एवं शान्ति सुरक्षा, अपराध अनुसन्धान लगायतका विषयमा क्षेत्रगत  विवरण प्रस्तुत गरेका थिए । सम्मेलनमा प्रहरी प्रधान कार्यालयका सबै विभागीय प्रमुखहरु, महानगरीय प्रहरी कार्यालयका प्रमुख, पाँचवटै क्षेत्रका प्रमुखहरुलगायत प्रहरी नायव महानिरीक्षक तहका उच्च प्रहरी अधिकृहरुको सहभागिता थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy