Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

प्रहरी हाकिमहरुले गरे आ–आफ्नै समीक्षा

काठमाडौं, भूकम्पपश्चात उत्पन्न विपद व्यवस्थापनमा नेपाल प्रहरीबाट राहत, उद्धार र पुनस्र्थापनामा भएका कामकारबाही, प्राप्त उपलब्धि एवं चुनौतीको समीक्षा गर्न उच्च प्रहरी अधिकृतहरुको क्षेत्रीय सम्मेलन प्रहरी प्रधान कार्यालयमा शुक्रबार सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले विपदको अवस्थामा खोज तथा उद्धारमा नेपाल प्रहरीले आफ्नो प्रतिबद्धता र लगनशीलता देखाई समुदायको मन जितेकाले त्यसलाई कायम राख्न अहिलेको अवस्थामा पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । महाविपत्तिमा सीमित साधनस्रोतका बाबजुद खाली हात भए पनि प्रहरीबाट साहस र धैर्यताका साथ प्रदर्शित भूमिका एवं समुदायमा दिन सकेको सुरक्षा र सहयोगका कारण समाजले गरेको विश्वास एवं धन्यवादका भावहरु अनुभूत गर्न पाउँदा आफू हर्षित भएको उनले बताए । उनले आगामी दिनमा पनि विपद व्यवस्थापनमा सरकारबाट भएका निर्णय कार्यान्वयनमा तदारुकताका साथ लाग्न सबै क्षेत्रीय प्रमुखहरुलाई निर्देशन समेत दिए । प्रहरीको मुल्याङ्कन समाजले गर्ने भएकाले धन्यवाद र स्याबासी पाउनु निश्चय नै खुशीको कुरा भएको जनाउँदै उनले यो विश्वास र धन्यवादलाई कायम राख्नु अबको मुख्य चुनौती भएकाले यसलाई अवसर र हौसलाको रुपमा लिनुपर्ने बताए । भूकम्पपश्चात नेपाल प्रहरीले गरेका कामको राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायबीच निकै चर्चा भएबाट नेपाल प्रहरी बलियो, पारदर्शी र नागरिकमैत्री संगठन भएको ठोस सम्भावनाहरुको रुपमा लिएको चर्चा गर्दै प्रहरी महानिरीक्षक अर्यालले पीडा पोख्न आएका सर्वसाधारणलाई थप प्रताडित बनाउने काम कसैबाट नहोस् भने । मातहत प्रहरी कर्मचारीका पीर मर्का सुन्ने, काउन्सेलिङ गर्ने, आवश्यकताअनुसार बिदा र घरपायक खटाई मनोबल बढाउने काम गर्नुपर्ने उनले बताए । छलफलका क्रममा क्षेत्रीय प्रमुखहरुले आ–आफ्नो क्षेत्रमा भएका क्षतिको अवस्था, विपद व्यवस्थापनमा गरिएका गतिविधि, भोग्नुपरेका समस्या र चुनौती एवं शान्ति सुरक्षा, अपराध अनुसन्धान लगायतका विषयमा क्षेत्रगत  विवरण प्रस्तुत गरेका थिए । सम्मेलनमा प्रहरी प्रधान कार्यालयका सबै विभागीय प्रमुखहरु, महानगरीय प्रहरी कार्यालयका प्रमुख, पाँचवटै क्षेत्रका प्रमुखहरुलगायत प्रहरी नायव महानिरीक्षक तहका उच्च प्रहरी अधिकृहरुको सहभागिता थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending