Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

‘ए’ डिभिजन लिग : दशाैं चरणका खेल आजदेखि

काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको १०औँ चरणका खेल आजदेखि हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार १०औँ चरणमा खेल शुक्रबार तीन, शनिबार र आइतबार दुई÷दुई खेल हुनेछन् । शुक्रबार पहिलो खेल सरस्वती युथ क्लब र मच्छिन्द्र क्लब तथा दोस्रो खेल हिमालयन शेर्पा क्लब र फ्रेण्ड्स क्लबबीच हुनेछ । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् । तेस्रो खेल जावलाखेल युथ क्लब र न्यूरोड टिम एनआरटीबीच हुनेछ । खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा हुनेछ । त्यसैगरी शनिबार दुई खेल हुनेछन् । पहिलो खेलमा थ्रीस्टार र च्यासल युथ क्लबबीच खेल हुनेछ भने दोस्रो खेल सङ्कटा क्लब र ब्रिगेड ब्वाइजबीच हुनेछ । दुवै खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा हुनेछ । दशौँ चरणको अन्तिम खेल आइतबार हुनेछन् । आइतबार पहिलो खेल दुई विभागीय टोली त्रिभुवन आर्मी र एपिएफबीच हुनेछ । दोस्रो खेल नेपाल पुलिस मनाङमस्र्याङ्दी क्लबबीच हुनेछ । लिगअन्तर्गत नवौँ चरणका खेल सकिँदासम्म मनाङ शतप्रतिशत नतिजासहित २७ अङ्कको साथ तालीकाको शीर्ष स्थानमा छ । मनाङलाई पछ्याइरहेको सङ्कटाको २४ अङ्क रहेको छ । २२ अङ्कका सात थ्रीस्टार तेस्रो, १८ अङ्कका साथ त्रिभुवन आर्मी चौथो, १५ अङ्कसहित नेपाल पुलिस पाँचौँ, १४ अङ्कका साथ हिमालयन शेर्पा छैटौँ, १३ अङ्कका साथ च्यासल युथ क्लब सातौँ स्थानमा छन् । यसैगरी १३ अङ्कका साथ एपिएफ आठौँ, १० अङ्कका साथ सरस्वती नवौँ, आठ अङ्कका साथ जावलाखेल युथ क्लब १०औँ, ब्रिगेड ब्वाइज, फ्रेण्डस, मच्छिन्द्र र न्यूरोड टिम (एनआरटी) क्रमशः ५, ५, ३ र १ अङ्कसहित ११औँ, १२औँ, १३औँ र १४औँ स्थानमा छन् । लिगको कूल ९१ खेलमध्ये हालसम्म ६२ खेल सकिइसकेको छ भने अब २९ खेल बाँकी रहेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending